• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

द्रुतमार्गको छैठौं प्याकेज ठेक्कासम्बन्धी सक्कल फाइल पेश गर्न सर्वोच्चको आदेश

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २०, २०७९  १९:३६
1140x725

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत छैठौं प्याकेजको ठेक्कासँग सम्बन्धित सबै सक्कल फाइल पेश गर्न आदेश दिएको छ। मुद्दाबारे मंगलबार भएको सुनुवाईमा सर्वोच्चले चिनियाँ कम्पनीलाई ठेक्कामा सामेल गर्न संलग्न गराइएका सबै दस्ताबेज आउँदो सुनुवाईमा इजलासमा पेश गर्न आदेश दिएको हो।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले सार्वजनिक खरिद पुनरावलोकन समिति र नेपाली सेना अन्तर्गतको दु्रतमार्ग आयोजनालाई आदेश दिएको छ। 

नेपाली सेनाको शुरुवाती मूल्यांकनमा प्राविधिक प्रस्ताब अस्वीकृत भएको चीनको चाइना फस्ट हाइवे कम्पनीलाई ठेक्का प्रक्रियामा सामेल गराउने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयविरुद्ध अधिवक्ता सुजन रिजालले ८ मंसिरमा मुद्दा दायर गरेका थिए।

भारतीय कम्पनी अफ्कोन्स इन्फ्रास्ट्रक्च कम्पनीका तर्फबाट मुद्दा दायर गरेका थिए।  रिटमा सेनाको आयोजना, समिति, चाइना फस्ट हाइवेलगायत ६ वटा निकायलाई विपक्षी बनाइएको छ। 
अधिवक्ता रिजालका अनुसार आगामी सुनुवाई मंगलबारका लागि तय भएको छ। 

सुरुमा ठेक्का प्रक्रियामा सेनाले अस्वीकृत गरेको चिनियाँ कम्पनीले सार्वजनिक खरिद पुनरावलोकन समितिमा पुनरावेदनका लागि निवेदन दिएको थियो। यो कम्पनी र ठेक्का प्रक्रियामा सहभागी अर्को कम्पनी एउटा अर्को चिनियाँ कम्पनीका शेयर साझेदार भएको भन्दै स्वार्थको द्धन्द्धका कारण सेनाले चिनियाँ फस्ट हाइवे कम्पनीको प्राविधिक प्रस्ताब अस्वीकृत गरेको थियो। 

चिनियाँ कम्पनीले दिएको पुनरावेदन निवेदनमा समितिका अध्यक्ष मोहनकृष्ण सापकोटा र सदस्यहरू महेन्द्रबहादुर गुरुङ र वासुवेद शर्मा पौडेलको अर्धन्यायीक इजलासले असोज २५ गते चिनियाँ कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी गराउन सेनालाई निर्देशन दिएको थियो। त्यहीअनुसार सेनाले ठेक्का प्रक्रियामा सामेलमात्र गराएन, त्यही चिनियाँ कम्पनीलाई ठेक्कामा छनोट गरेको छ।  

द्रुतमार्गकाे अहिलेसम्म ठेक्का लागेका सातवटा प्याकेजमध्ये सबै चिनियाँ कम्पनीले पाएका छन्। छैठौं प्याकेजको टेन्डर प्रक्रियामा सेनाले सुरुमा गरेको निर्णय कार्यान्वयनका लागि भारतीय कम्पनीले मुद्दा दिएको छ। रिटमा सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद पूनरावलोकन समिति, काठमाडौं (तराई–मधेस फास्ट ट्रउाक परियोजना,  चाइना फस्ट हाइवे कम्पनी, नेपाली सेना र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ । 

यस्तो छ पृष्ठभूमि:

Ncell 2
Ncell 2
nimb
nimb

प्याकेज ६ का लागि सेनाले जेठ १८ गते टेन्डर आह्वान गर्दा १२ कम्पनीले प्रस्ताव पेस गरेको थियो। सेनाले १६ भदौमा प्राविधिक प्रस्तावमा पास भएका पाँचवटा कम्पनीलाई छनोट गरेको थियो, त्यसमा चाइना फस्ट हाइवे कम्पनी परेको थिएन।  चाइना फस्ट हाइवेका प्रतिनिधि ट्याङ गुओ लियाङले पुनरावेदनका लागि २८ भदौमा सार्वजनिक खरिद पुनरावलोकन समितिलाई निवेदन दिए। 

पुनरावेदन निवेदन परेपछि सेनाले भदौ ३१ मा पुनरावलोकन समितिलाई कागजात र जबाफ पठाएको थियो। सेनाले जेठ १८ गते  बोलपत्र आह्वान गरेको र साउन २३ मा खोलुवा गरेर प्राविधिक परीक्षण गरी मूल्यांकनपछि नतिजा भदौ १६गते बोलपत्रहरूलाई दिएको जवाफमा उल्लेख छ।  मुख्य बिषय ठेक्का प्रक्रियामा सामेल भएका दुई कम्पनी चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी र एमएस शर्मा रसुवा जेडआइसिजी जेभी चीनको सिसिबी फाइनान्सियल एसेट इन्भेस्टमेन्ट कम्पनीका शेयर सदस्य थिए। एउटै मुख्य कम्पनीका दुई शेयर सदस्यले टेन्डमा सहभागिता जनाएका कारण दुई कम्पनीबीच स्वार्थको द्धन्द्ध रहने अवस्था भएको भन्दै सेनाले ती दुवैको प्राविधिक प्रस्ताब अस्वीकृत गरेको थियो। शर्मा रसुवा जेभीले भने स्वार्थको द्धन्द्धसम्बन्धी विषयमा कुनै आपत्ति जनाएको छैन भने अस्वीकृत गर्ने सेनाको निर्णय स्वीकार गरेको छ। 

सेनाले पुनरावेदन समितिमा पठाएको चिठीमा नतिजा प्रकाशन भइसकेपछि चिनियाँ कम्पनीले  बोलपत्रको प्रस्ताव पेश गर्दा विगतमा पेश गरेको कागजात भन्दा भिन्नै नयाँ कागजात पेश गरेको त्यसमाथि कानूनतः पुनः परिक्षण गर्न नमिल्ने जवाफ दिएको थियो। उसले सिसिबी फाइनान्सियल एसेट इन्भेस्टमेन्ट कम्पनीमा शेयर नभएको जवाफ पठाएको थियो तर त्यससम्बन्धी आधिकारिक प्रमाण भने पेश गरेको थिएन। मूल्यांकनका क्रममा पेश गरेको भन्दा बेग्लै कागजात पेश गरेर पुनः मूल्यांकनका लागि चाइना फस्ट हाइवेले माग गरेको भन्दै माग पूरा हुन नसक्ने सेनाको जिकिर थियो। 

सेनाको प्राविधिक प्रस्ताव पास भएका कम्पनीहरूमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड चाइना, अफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेड भारत, पोली चाङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेड चाइना तथा दुईवटा थप संयुक्त साझेदार कम्पनी थिए। जसमध्ये एउटामा सिओभिइसी–सिआरयजिसी जेभी (चाइना ओभर्सिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड, चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड) तथा सिनोहाइड्रो–पिसिसिडी (सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र पावर चाइना चेङ्दु इन्जिनियरिङ कर्पोरेसन लिमिटेड) थिए। 

चाइना हाइवेले पेश गरेको निवेदनमा २०७८ माघ १५ गते नै जोङ्डिङ इन्टरनेशनल कन्सट्रक्सन ग्रुप कम्पनीको शेयरहोल्डरको असाधारण बैठकले शेयर हस्तान्तरण गरेको उल्लेख छ। तर यससम्बन्धी माइन्युट वा पुष्टि गर्ने आधार कम्पनीले पेश नगरेको बरु पुनरावलोकन समितिले वेवसाइट हेरेर त्यसलाई नै आधार मानेको छ। पुनरावलोकन समितिको यो आधार कानूनसम्मत नभएको रिटमा उल्लेख छ। चिनियाँ वेबसाइटमा राखेको विवरण आफैं खोजेर चिनियाँ कम्पनीको दाबीलाई सही ठहर गर्दै उसलाई ठेक्का प्रक्रियामा सामेल गराउनु कानू सम्मत नहुने भन्दै रिट परेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १९:३६
  • #द्रुतमार्ग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए आइतबार, असोज ४, २०८३
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्