काठमाडौं– महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि आन्दोलनमा उत्रेका दार्चुलाबासीले बन्द गराएको पुल प्रहरीले खुलाएको छ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दिउँसो स्थानीयहरूले केही समय पुल बन्द गराएका थिए।
‘अहिले पुल खोलिएको छ। यहाँको अवस्था सामान्य छ,’ उनले भने।
भारतको एकतर्फ खोलाको धार परिर्वतन गर्ने कार्यको विरोध गर्दै बांगाबगरका स्थानीय बासिन्दाले नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका थिए।
आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएका थिए।
उक्त क्षेत्रमा केही झडप पनि भएको थियो । केही स्थानीयहरू सामान्य घाइते भएका थिए। दार्चुलाका प्रजिअ उपाध्यायले अहिले त्यहाँको अवस्था सामान्य रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।