इस्लामाबाद– पाकिस्तानको सेनाले आतंककारीविरुद्ध जारी राखेको कारबाहीका क्रममा शनिबार १ आतंककारी समूहका कमाण्डरको ज्यान गएको बताइएको छ। पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएका पाकिस्तानी सेनाले जानकारी दिएको छ। शनिबार राति पाकिस्तानी सेनाले गरेको विशेष कारबाहीमा उनी मारिएका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ।
पाकिस्तानी सेनाको मिडिया विभाग, आइएसपीआरले सो कुराको जानकारी गराएको हो। उत्तरी वाजिरिस्तानको सेवा जिल्लामा सेना र आतंककारी समूहका सदस्यका बीचमा दुई पक्षीय भिडन्त भएको थियो।
दुवै तर्फबाट गोली प्रहार भएको र सैनिकको गोली लागेर ‘सरकाई’ छद्म नामले चिनिने मोहम्मद नुर नामक कमाण्डर मारिएका हुन्। उनले सो क्षेत्रका सर्वसाधारण तथा प्रहरीको हत्या गर्ने, मानिसलाई अपहरण गर्ने र फिरौती माग्ने जस्ता काम गरेका थिए।
उनी यहाँका सुरक्षा निकायको सर्वाधिक खोजीको सूचीमा रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ। पाकिस्तानी सेनाले यहाँका नागरिकको सर्वाधिक खोजीको सूचीमा रहेका मोहम्मद नुरको ज्यान गएको र त्यस कारबाहीका क्रममा अरु केही आतंककारी तथा पाकिस्तानी सेनाका सदस्य घाइते भएका पुष्टि गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।