काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ।
आइतबार सेयर बजार मापन नेप्से परिसूचक २.१६ अंकले बढेर १९६२.२२ प्रतिशतमा पुगेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको थियो।
गत साताको भन्दा यस साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार रकममा वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार १ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यस साताको पहिलो कारोबार दिन १ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।
नेप्सेका अनुसार आइतबार कारोबारमा आएका नौ समूहको सेयर मूल्य बढेको छ। बाँकी पाँच समूहको सेयर मूल्य भने घटेको छ। आइतबार सबैभन्दा धेरै जीवन बीमा कम्पनी समूहका लगानीकर्ताले कमाएका छन्।
यस समूहका लगानीकर्ताको सेयर मूल्य आइतबार १.९५ प्रतिशतले बढेको छ। यसैगरी आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनी समूह बैंकिङ रहेको छ। आइतबार बैंकिङ समूहको सेयर मूल्य ०.६८ प्रतिशतले घटेको छ।
आइतबार २४३ कम्पनीको ३६ लाख ९४ हजार कित्ता सेयर २६ हजार १५० पटक किनबेच भएको छ। कारोबारमा आएका २४३ कम्पनीमध्ये ९७ कम्पनीको सेयर मूल्य बढेको छ।
यसैगरी, ८९ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी १३ कम्पनीको सेयर मूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।