• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राजस्वको लोभले जथाभावी नदी दोहन गर्दै कैलालीका स्थानीय तह

ढुङ्गा र बालुवा उत्खनन् गर्न पालिकाबाटै कर्मचारी परिचालन
64x64
शेरबहादुर ऐर सोमबार, मंसिर १९, २०७९  १२:३२
1140x725

धनगढी– राजस्वको लोभले कैलालीका स्थानीय तहहरुले जथाभावी नदी दोहन गर्न थालेका छन्। वातावरीण प्रभाव मूल्याङ्कन नै नगरी पालिकाहरुले कर्मचारी खटाएर नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खनन् जारी राखेका छन्। स्थानीय तहहरुले आफ्नो आन्तरिक राजस्व बढाउने लोभले ठेक्का प्रक्रिया समेत पुरा नगरी कर्मचारी खटाएर नदीजन्य पदार्थ उत्खनन् जारी राखेका हुन्।

असोज १ गतेदेखि स्थानीय तहहरुले कर्मचारी नै खटाएर आफ्नो क्षेत्रका नदीबाट ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् सुरु गरेका हुन्। असार १ गतेदेखि असोज १ सम्मका लागि नदीजन्य पदार्थ उत्खनन्‌मा लगाइएको रोक फुकुवा भएसंगै स्थानीय तहहरुले जथाभावी उत्खनन् गराइ रहेका छन्। 

जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले स्थानीय तहको राजस्व गुमाउन नदिन ठेक्का प्रक्रिया वा कर्मचारी खटाएर नदीजन्य पदार्थ उत्खनन् गराउँदा केही फरक नपर्ने बताए। यद्यपि उत्खनन् अगाडि वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरीय परीक्षण भने गरिनुपर्ने उनको भनाइ छ। 

‘ठेक्कामा दिँदा स्थानीय तहको आम्दानी बढ्छ, तर कर्मचारी खटाएर नदीजन्य पदार्थ उत्खनन् गराउँदा खर्च बढ्ने देखिन्छ,’ जिसस कैलालीका सूचना अधिकारी जोशीले भने। 

River_Mining_kailali_21670222366.jpg

स्थानीय तहहरुले पटक–पटक बोलपत्र आह्वान गर्दा पनि आवेदन नपर्नु र रकम घटाएर सूचना जारी गर्नुमा जोशीले आशंका व्यक्त गरे। उनले भने, ‘वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा नदीजन्य पदार्थ उत्खनन् हुने हो। तर  रकम घटाएर सूचना जारी किन भइरहेको छ, बुझ्न सकिएको छैन।’

धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्की चुहा नगरपालिका तथा बर्दगोरिया गाउँपालिकाले कर्मचारीमार्फत् नदीजन्य पदार्थ उत्खनन् गराइरहेका छन्।

१३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा भजनी नगरपालिका, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बालुवा बाहेक अन्य नदीजन्य पदार्थ छैन। जोशीपुर गाउँपालिकामा भने नदी छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

डिभिजन वन कार्यालयले भन्यो– वन क्षेत्रमा उत्खनन् नगर
डिभिजन वन कार्यालय धनगढीले ५ वटा स्थानीय तहलाई वन क्षेत्रमा नदीजन्य पदार्थ उत्खन्न नगर्न परिपत्र गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी र गौरिगंगा नगरपालिका तथा कैलारी र चुरे गाउँपालिकालाई परिपत्र गर्दै वन जंगल तथा वातावरण संरक्षण एवं दिगो विकासमा सहयोग पुर्‍याउन वन क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खन्न नगर्न/नगराउन भन्दै परिपत्र गरिएको हो।

River_Mining_kailali_31670222367.jpg

‘वन ऐन २०७६, वन नियमावली २०७९, वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७७ जारी भइ कार्यान्वयनमा आइसकेको र सुदूरपश्चिम प्रदेशले पनि प्रदेशको वन तथा वातावरण संरक्षण गर्न आफ्नो क्षेत्राधिकारभित्र रहि सुदूरपश्चिम वन ऐन, वातावरण संरक्षण ऐन तथा सोसँग सम्बन्धित नियमावली जारी गरिसकेको छ,’ परिपत्रमा भनिएको छ, ‘ऐन तथा नियमावलीहरुले गरेको व्यवस्थाको पूर्ण पालना गर्दै सोसँग सम्बन्धित कार्यविधि, मापदण्डहरु आदि समेतको परिधिभित्र रहेर मात्र काम कारबाही अगाडि बढाई कानुन कार्यान्वयनमा सहयोग गरिदिन हुन अनुरोध छ।’

Xtrem

Xtrem

वन तथा वातावरणसँग सम्बन्धित ऐन तथा नियमावलीमा वन क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खनन् गराउन नपाउने व्यवस्था गरिएको छ। उसो त कैलालीमा नदीजन्य पदार्थ उत्खनन् हुने क्षेत्रहरु वनभित्रै पर्छन्। 

जिल्ला समन्वय समितिका सूचना अधिकारी जोशीले भने, ‘ऐनको प्रभावकारी कार्यान्वयन गर्ने हो भने जथाभावी हुने नदीजन्य पदार्थ उत्खनन्‌मा सुधार हुन्छ ।’ उनले विकासका लागि आवश्यक पर्ने नदीजन्य पदार्थका लागि ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने पनि बताए। 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्