काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पुगेको छ।
यसअघि गत साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार १०० र तेजाबी सुन ९८ हजार ६०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य पनि बढेको छ। तोलामा २५ रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।