काठमाडौं– एक मात्र प्रतिनिधि सभा रहेको बाजुरामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
हालसम्म जारी मतगणनामा पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापाभन्दा ३ हजार २ सय ९४ मतान्तरले अग्रता लिएका हुन्।
उनले २६ हजार ८ सय ७४ मत ल्याउँदा एमालेका थापाले २३ हजार ५ सय ८० मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका उम्मेदवार जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।