काठमाडौं– निर्वाचन आयोगको निर्णयपछि १० वटा मतदान केन्द्रमा पुन: मतदान भएको दोलखामा नेका एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
सुरुवातीमा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिए पनि आइतबार बिहानसम्म भएको मतगणनामा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटी १५०३ मतले अघि छन्।
निर्वाचन कार्यालयका अनुसार ३६ हजार ३३६ मतगणना हुँदा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।