काठमाडौं– यस वर्षको ‘हेमगंगा शारीरिक अपाङ्ग प्रतिभा पुरस्कार’ अपाङ्गता अधिकारकर्मी तथा सञ्चारकर्मी भूमिकला पौडेललाई प्रदान गरिएको छ।
समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषद्धारा प्रतिभाशाली अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कारहरूमध्ये ‘पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनीय प्रतिभा देखाउन सक्षम व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कार’ विधामा पौडेलले यो पुरस्कार प्राप्त गरेकी हुन्।
अपाङ्गता सवाललाई पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमार्फत सक्रिय रूपमा आवाज उठाउँदै आएकी पौडेल आफू पनि शारीरिक अपाङ्गता भएको व्यक्ति हुन्।
लामो समयदेखि नै अपाङ्गता क्षेत्रमा संलग्न रही अपाङ्गता भएका व्यक्तिहरूको आवाज बुलन्द पार्नमा उनले महत्त्वपूर्ण भूमिका खेलिरहेकी छन्।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा उक्त पुरस्कार प्रदान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।