• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश सभामा १४ महिला सांसद, कुन प्रदेशमा कति?

64x64
धनु विश्वकर्मा आइतबार, मंसिर १८, २०७९  ०६:२०
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत १६३ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। बाजुरा र दोलखामा मतगणना जारी छ। परिणाम अनुसार प्रतिनिधि सभामा हालसम्म ८ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन्। 

प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्रमा छन्। हालसम्मको मतपरिणाम अनुसार प्रदेशतर्फ १४ जना महिला प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। मतगणना जारी भएका जिल्लामा ठूला दलका तर्फबाट महिला उम्मेदवार छैनन्।

प्रदेश १ मा २, मधेसमा ४, बागमतीमा ५, गण्डकीमा २ र लुम्बिनी प्रदेशमा १ जना महिला निर्वाचित भएका छन्। कर्णाली र सुदूरपश्चिममा भने प्रत्यक्षतर्फ महिलाको संख्या शून्य छ।

प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी र मनिसा खड्का, नेकपा एमालेकी शारदा थापा र सिताकुमारी सुन्दास, माओवादीकी राधिका तामाङ, कुमारी मुक्तान, पदमा जिसी र कृष्णा केसी, एकीकृत समाजवादीबाट खिन लिम्बू, वेची लुङगेली र रमा आले, राप्रपाबाट सविना बजगाईं, लोसपाबाट रानी कुमारी तिवारी र स्वतन्त्रबाट सुरिता साह निर्वाचित भएका छन्।

प्रदेश १
ईलाम–१ को प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीकी खिन लङ्गवा लिम्बू विजयी भएकी छन्। उनले १३ हजार ३७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार ३९५ मत ल्याइन्। 

झापा–१ को प्रदेश ‘ख’मा प्रदेश सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईं १३ हजार ६२१ मतसहित निर्वाचित भइन्। बजगाईंका प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामविर लिम्बूले १२ हजार २२५ मत पाए। 

मधेस प्रदेश
महोत्तरी–१ को प्रदेश ‘क’मा प्रदेश सभा सदस्यका लागि नेकपा एमालेकी शारदादेवी थापा ८ हजार ३०४ मतसहित विजयी भइन््। उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पिताम्बर महतोले ७ हजार ५८५ मत प्राप्त गरे। शारदा २०७४ मा यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएकी छन्।

महोत्तरी–२ को प्रदेश ‘ख’ स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साहले ८ हजार ५६८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले ६ हजार २०२ मत प्राप्त गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

साह अघिल्लो निर्वाचनमा यही क्षेत्रमा लोसपाबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।  गठबन्धनबीच सहमति गर्दा यो क्षेत्र कांग्रेसको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। यादव भने कांग्रेसका जिल्ला सभापति हुन्। 

महोत्तरी–३ को प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीले ६ हजार ४१४ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार उज्जवलकुमार झाले ५ हजार ४८९ मत प्राप्त गरेका छन्। 

तिवारीको पनि यो दोस्रो कार्यकाल हो। उनी २०७४ सालमा यही क्षेत्रबाट प्रदेश सांसद निर्वाचित भएकी थिइन्। सर्लाही–१ को प्रदेश ‘ख’बाट नेकपा एकीकृत समाजवादीकी वेची लुङ्गेलीले १३ हजार ३०१ मतसहित निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी एमालेकी शान्तिकुमारी लामाले ६ हजार ९१३ मत ल्याइन्। 

बागमती प्रदेश
सिन्धुपाल्चोक–१ को प्रदेश ‘क’बाट नेपाली कांग्रेसकी मनिसा खड्का १४ हजार ६५२ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याए। 

काठमाडौं–६ को प्रदेश ‘क’बाट हरिप्रभा खड्गीले ४ हजार ६५६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका निरेशलाल सिंह मर्हजन ३ हजार ९३६ मतमा समेटिए।  

खड्गी २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएकी थिइन्।

काठमाडौं–१० प्रदेश ‘ख’बाट एकीकृत समाजवादीकी रमा आले मगर ५ हजार ८१८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी एमालेका रामशरण आले मगरले ५ हजार १८८ मत ल्याए। रमा २०७४ मा पनि प्रदेश सभाको सांसद बनेकी थिइन्।

नुवाकोट–१ को प्रदेश ‘क’बाट माओवादी केन्द्रकी राधिका तामाङले १६ हजार १६९ मतसहित जित हात पार्दा उनकी निकटम प्रतिस्पर्धी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३५० मतमा चित्त बुझाए। तामाङ यसअघि बागमती प्रदेशको उपसभामुख थिइन्। उनी अहिले मुख्यमन्त्रीको दाबेदार समेत रहेकी छन्। 

मकवानपुर–२ को प्रदेश ‘क’बाट माओवादी केन्द्रकी कुमारी मोक्तान १९ हजार ८७३ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत ल्याए। मोक्तान २०७४ मा पनि प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।

गण्डकी प्रदेश
स्याङजा–१ को प्रदेश ‘क’मा एमालेकी सीताकुमारी सुन्दास १४ हजार ६९० मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी माओवादीकी अमृता थापाले १३ हजार २६६ मतमा चित्त बुझाउनु पर्‍यो। सुन्दास प्रदेशमा निर्वाचित एक्लो दलित महिला सांसद हुन्। 

नवलपरासी पूर्व–२ को प्रदेश ‘क’ मा एमालेकी पदमा जिसीले १९ हजार ३७८ मतसहित जित हात पार्दा उनका प्रतिस्पर्धी माओवादीका सौगमकुमार विक १४ हजार ७४३ मतमा रोकिए।

लुम्बिनी प्रदेश
बाँके–१ को प्रदेश ‘क’ मा माओवादीकी कृष्णा केसीले ९ हजार १०३ मत ल्याएर चुनाव जितिछन्। उनका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ७ हजार ९६६ मत प्राप्त गरे। केसी २०७४ मा यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्