• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश सभामा १४ महिला सांसद, कुन प्रदेशमा कति?

64x64
धनु विश्वकर्मा आइतबार, मंसिर १८, २०७९  ०६:२०
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत १६३ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। बाजुरा र दोलखामा मतगणना जारी छ। परिणाम अनुसार प्रतिनिधि सभामा हालसम्म ८ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन्। 

प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्रमा छन्। हालसम्मको मतपरिणाम अनुसार प्रदेशतर्फ १४ जना महिला प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। मतगणना जारी भएका जिल्लामा ठूला दलका तर्फबाट महिला उम्मेदवार छैनन्।

प्रदेश १ मा २, मधेसमा ४, बागमतीमा ५, गण्डकीमा २ र लुम्बिनी प्रदेशमा १ जना महिला निर्वाचित भएका छन्। कर्णाली र सुदूरपश्चिममा भने प्रत्यक्षतर्फ महिलाको संख्या शून्य छ।

प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी र मनिसा खड्का, नेकपा एमालेकी शारदा थापा र सिताकुमारी सुन्दास, माओवादीकी राधिका तामाङ, कुमारी मुक्तान, पदमा जिसी र कृष्णा केसी, एकीकृत समाजवादीबाट खिन लिम्बू, वेची लुङगेली र रमा आले, राप्रपाबाट सविना बजगाईं, लोसपाबाट रानी कुमारी तिवारी र स्वतन्त्रबाट सुरिता साह निर्वाचित भएका छन्।

प्रदेश १
ईलाम–१ को प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीकी खिन लङ्गवा लिम्बू विजयी भएकी छन्। उनले १३ हजार ३७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार ३९५ मत ल्याइन्। 

झापा–१ को प्रदेश ‘ख’मा प्रदेश सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईं १३ हजार ६२१ मतसहित निर्वाचित भइन्। बजगाईंका प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामविर लिम्बूले १२ हजार २२५ मत पाए। 

मधेस प्रदेश
महोत्तरी–१ को प्रदेश ‘क’मा प्रदेश सभा सदस्यका लागि नेकपा एमालेकी शारदादेवी थापा ८ हजार ३०४ मतसहित विजयी भइन््। उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पिताम्बर महतोले ७ हजार ५८५ मत प्राप्त गरे। शारदा २०७४ मा यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएकी छन्।

महोत्तरी–२ को प्रदेश ‘ख’ स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साहले ८ हजार ५६८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले ६ हजार २०२ मत प्राप्त गरे। 

Ncell 2
Ncell 2

साह अघिल्लो निर्वाचनमा यही क्षेत्रमा लोसपाबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।  गठबन्धनबीच सहमति गर्दा यो क्षेत्र कांग्रेसको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। यादव भने कांग्रेसका जिल्ला सभापति हुन्। 

महोत्तरी–३ को प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीले ६ हजार ४१४ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार उज्जवलकुमार झाले ५ हजार ४८९ मत प्राप्त गरेका छन्। 

तिवारीको पनि यो दोस्रो कार्यकाल हो। उनी २०७४ सालमा यही क्षेत्रबाट प्रदेश सांसद निर्वाचित भएकी थिइन्। सर्लाही–१ को प्रदेश ‘ख’बाट नेकपा एकीकृत समाजवादीकी वेची लुङ्गेलीले १३ हजार ३०१ मतसहित निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी एमालेकी शान्तिकुमारी लामाले ६ हजार ९१३ मत ल्याइन्। 

बागमती प्रदेश
सिन्धुपाल्चोक–१ को प्रदेश ‘क’बाट नेपाली कांग्रेसकी मनिसा खड्का १४ हजार ६५२ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याए। 

काठमाडौं–६ को प्रदेश ‘क’बाट हरिप्रभा खड्गीले ४ हजार ६५६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका निरेशलाल सिंह मर्हजन ३ हजार ९३६ मतमा समेटिए।  

खड्गी २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएकी थिइन्।

काठमाडौं–१० प्रदेश ‘ख’बाट एकीकृत समाजवादीकी रमा आले मगर ५ हजार ८१८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी एमालेका रामशरण आले मगरले ५ हजार १८८ मत ल्याए। रमा २०७४ मा पनि प्रदेश सभाको सांसद बनेकी थिइन्।

नुवाकोट–१ को प्रदेश ‘क’बाट माओवादी केन्द्रकी राधिका तामाङले १६ हजार १६९ मतसहित जित हात पार्दा उनकी निकटम प्रतिस्पर्धी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३५० मतमा चित्त बुझाए। तामाङ यसअघि बागमती प्रदेशको उपसभामुख थिइन्। उनी अहिले मुख्यमन्त्रीको दाबेदार समेत रहेकी छन्। 

मकवानपुर–२ को प्रदेश ‘क’बाट माओवादी केन्द्रकी कुमारी मोक्तान १९ हजार ८७३ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत ल्याए। मोक्तान २०७४ मा पनि प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।

गण्डकी प्रदेश
स्याङजा–१ को प्रदेश ‘क’मा एमालेकी सीताकुमारी सुन्दास १४ हजार ६९० मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी माओवादीकी अमृता थापाले १३ हजार २६६ मतमा चित्त बुझाउनु पर्‍यो। सुन्दास प्रदेशमा निर्वाचित एक्लो दलित महिला सांसद हुन्। 

नवलपरासी पूर्व–२ को प्रदेश ‘क’ मा एमालेकी पदमा जिसीले १९ हजार ३७८ मतसहित जित हात पार्दा उनका प्रतिस्पर्धी माओवादीका सौगमकुमार विक १४ हजार ७४३ मतमा रोकिए।

लुम्बिनी प्रदेश
बाँके–१ को प्रदेश ‘क’ मा माओवादीकी कृष्णा केसीले ९ हजार १०३ मत ल्याएर चुनाव जितिछन्। उनका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ७ हजार ९६६ मत प्राप्त गरे। केसी २०७४ मा यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी... शनिबार, माघ १०, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक... शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्