Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी मैदानका कलाकार: विजयी राजनीतिक भेटघाटमा, पराजितहरू फर्कँदै लयमा

64x64
नेपाल लाइभ शनिबार, मंसिर १७, २०७९  १३:५४
1140x725

काठमाडौं– गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा चुनावको अधिकांश मतपरिणाम आइसकेको छ।

सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवार पराजित भए। केही कलाकारको जमानतकै जफत हुने मत प्राप्त भयो। केहीको भने विजयी उम्मेदवारलाई टक्कर दिने थियो।

निर्वाचनको बेला चर्चामा रहेका कलाकार, जसको चुनावी परिणाम र त्यसपछिकका गतिविधिबारे उल्लेख गरेका छौं।

विजयी कलाकार राजनीतिक भेटघाटमा

रोज राणा
कलाकार रोज राणा प्यूठान प्रदेशसभा ‘२’ बाट विजयी भए। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी १ हजार ७ सय १२ मतान्तरले विजयी बनेका थिए।

२२ हजार ५ सय १८ मत ल्याएका राणाका निकटतम् प्रतिद्वन्दी एमालेका हरि रिजालले २० हजार ८ सय ७ मत पाएका थिए। उनले ‘दागिरी,’ ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका आधा दर्जन भन्दा बढी फिल्म बनाएका छन्। 

चुनाव जितेसँगै उनले दलहरूका शीर्ष नेताहरूसँग भेटघाट बढाएका छन्। उनले केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटघाट गरेका थिए। देउवा भेटेलगत्तै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डसँग भेट गरेका थिए।

शुक्रबार मात्र उनले प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग पनि भेट गरेका छन्। निर्वाचन जितेपछि राणाले मतदातालाई धन्यवाद दिँदै भनेका थिए, 'आजका दिनबाट यहाँहरूको सल्लाह सुझाब र मेरो पार्टीको घोषणापत्र र मेरो सोच र भिजनबमोजिम मेरा आफ्ना कार्यक्रमहरू तय गरी आगडि बढ़ने प्रतिबद्दता गर्दछु।'

Ncell 2
Ncell 2
nimb
nimb

मदुकुमार श्रेष्ठ
अभिनेता मदुकुमार श्रेष्ठ पनि प्रदेश सभा सांसदमा विजयी भए।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी धादिङ–१ को प्रदेश (१) बाट निर्वाचित भएका हुन्।

उनले एमाले उम्मेदवार रमेश आचार्यलाई पराजित गर्दै १७ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए। 

पराजित कलाकार फर्कँदै लयमा

Xtrem

Xtrem

रेखा थापा
अभिनेत्री रेखा थापा मोरङ–३बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी थिइन्। राप्रपाकी उम्मेदवार थापा कांग्रेसका सुनिल कुमार शर्मासँग पराजित बनिन्। रेखाले १० हजार ९ सय ८९ मत प्राप्त गरेकी थिइन्।

निर्वाचनमा पराजित भएपछि उनले विजयीलाई धन्यवाद दिँदै आफू उक्त भेगका जनताको सुख दुखमा साथ दिने विश्वास व्यक्त गरेकी थिइन्। ‘निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको छु । उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन। तर निर्वाचित हुने एक जना मात्र हो। राजनीति लामो समयको यात्रा हो। यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि। सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो। मैले त्यो अवसरको लोभ नगरि प्रत्यक्ष उम्मेदवार बनेको थिएँ। यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ, 'उनले फेसबुकमा लामो स्टाटस लेखेकी थिइन्, 'खैर, बाँकी कुरा गर्दै जाउँला। निर्वाचनबाट पराजित हुँदैमा म अब तपाईँहरुबाट टाढा हुने नसोच्नु होला। मेरो निर्वाचन क्षेत्रका हरेक सुख दुख बाँड्न म सँधै सँगै हुनेछु। यो निर्वाचनबाट निर्वाचित सुनिल शर्माजीका राम्रा काममा काँधमा काँध मिलाउनेछु तर बाटो बिराए बिना हिच्किचाहट खबरदारी गर्नेछु।'

रेखा पछिल्लो समय पारिवारिक भेटघाटमा देखिएकी छन्। 

कोमल वली
नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी गायिका कोमल वली कांग्रेसका दीपक गिरीसँग पराजित भइन्। उनले विजयी बनेका गिरीलाई बधाई दिँदै समृद्ध दाङ बनाउने आफूले लिएको सपना पूरा गर्ने अभिभारा लिन आग्रह गरिन्। वलीलाई ७ हजार आठ सय १० मतले हराउँदै गिरी विजयी भएका थिए।

उनले ३६ हजार आठ सय ४२ मत ल्याए भने वलीले २९ हजार ३२ मत प्राप्त गरिन्। कोमल वली हाल दाङका सांस्कृतिक कार्यक्रम तथा पारिवारिक भेटघाटमा व्यस्त छिन्। 

मनोज पण्डित
फिल्म निर्देशक मनोज पण्डित काभ्रे–२बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार थिए। चुनावअघि चर्चामा रहेका उनी चुनावी मैदानमा भने खरो उत्रन सकेनन्।

मनोजले १ सय ७३ मत प्राप्त गरे। उनको क्षेत्रमा पूर्व मन्त्री गोकूल प्रसाद बास्कोटा विजयी बनेका थिए। पण्डितले चुनावमा पराजित भएसँगै नयाँ फिल्मको स्क्रिप्टमा आफू लागिसकेको बताएका छन्।  

उनले नयाँ फिल्म निर्माणका लागि कलाकार तथा निर्माताहरूसँग भेटघाट बढाइरहेका छन्। उनले आफूले पाएको भोटको सम्मान गर्दै फेसबुकमा लेखेका थिए, 'म यसको सम्मान गर्छु र महत्त्व स्थापित गर्नेछु । मेरो उम्मेदवारी दण्डहीनता विरुद्ध थियो र सामाजिक व्यवस्थापनको लागि यो आवाज सधैं उठाइरहनेछु।' उनले निर्वाचित बास्कोटालाई व्यंग्य गर्दै थप लेखेका थिए, '४५ हजार ३ सय ४५ मतले माननीयको अपराध ढाक्न सक्दैन। अपराध भैसकेपछि त्यसको परिणति भोग्नैपर्छ। हो चुनौती बढ्यो भन्ने मात्र हो। राम्रो कामको लागि पुरस्कार र गलत कामको लागि दण्ड हुने प्रणालीलाई अझ लोकतान्त्रिक, मानवीय र शक्तिशाली बनाउनुछ।'

मुरलीधर
गायक तथा कलाकार मुरलीधर प्रतिनिधि सभा निर्वाचनमा(राप्रपा)बाट सिरहा–२ मा उम्मेदवार बनेका थिए।

चुनावअघि उनी पनि चर्चामा थिए। तर चर्चा भएजसस्तो मत ल्याउन उनले पनि सकेनन्। मुरलीधरले ७ सय २८ मत ल्याए। उक्त क्षेत्रमा जनता समाजवादी पार्टीका राजकिशोर यादव २४ हजार १ सय ७८ मतका साथ निर्वाचित भए। मुरलीधर गत असोजमा मात्रै राप्रपा प्रवेश गरेका थिए।

हिमेश पन्त
धादिङ–१बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका कमेडियन हिमेश पन्त ले चर्चाअनुसारकै भोट पाए। तर विजयी हुन सकेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उनले १२ हजार ४ सय ७५ मत ल्याए। गठबन्धनका तर्फबाट बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे उक्त क्षेत्रमा विजयी बने। उनले मतदाताहरूलाई धन्यवाद दिँदै राजनीतिक यात्रालाई अगाडि बढाउने संकेत गरेका छन्। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी, जसले देशव्यापी रुपमा परिवर्तनको आँधीबेरी ल्याउँदैछ। त्यसको महसुस एकदिन धादिङले पनि गर्नेछ। जित्नु मात्र ठूलो कुरा हैन, हारबाट प्राप्त भएको अनुभव र सिकाइले भविष्यमा मजबुत नेतृत्व तयार पार्दछ। देश बनाउने परिकल्पना बोकेर हिँडेका हामी कत्ति पनि विचलित हुने छैनौँ। धादिङमा घन्टी राम्रैसॅग बजेको छ तर अर्को पटक अझ सशक्त ढङ्गले घन्टी बजाउने प्रण गर्दछौ,' उनले फेसबुकमा लेखे। 

त्यस्तै हास्य टेलिशृंखला ‘सक्किगोनी’मा ‘सीते बा’ नामले परिचित कलाकार मधुसुदन पाठक पनि चुनावमा उम्मेदवार बनेका थिए। उनको क्षेत्र काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भए।

काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका सञ्जय श्रेष्ठ पनि पराजित भए। उनको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका थिए।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्