• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी मैदानका कलाकार: विजयी राजनीतिक भेटघाटमा, पराजितहरू फर्कँदै लयमा

64x64
नेपाल लाइभ शनिबार, मंसिर १७, २०७९  १३:५४
1140x725

काठमाडौं– गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा चुनावको अधिकांश मतपरिणाम आइसकेको छ।

सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवार पराजित भए। केही कलाकारको जमानतकै जफत हुने मत प्राप्त भयो। केहीको भने विजयी उम्मेदवारलाई टक्कर दिने थियो।

निर्वाचनको बेला चर्चामा रहेका कलाकार, जसको चुनावी परिणाम र त्यसपछिकका गतिविधिबारे उल्लेख गरेका छौं।

विजयी कलाकार राजनीतिक भेटघाटमा

रोज राणा
कलाकार रोज राणा प्यूठान प्रदेशसभा ‘२’ बाट विजयी भए। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी १ हजार ७ सय १२ मतान्तरले विजयी बनेका थिए।

२२ हजार ५ सय १८ मत ल्याएका राणाका निकटतम् प्रतिद्वन्दी एमालेका हरि रिजालले २० हजार ८ सय ७ मत पाएका थिए। उनले ‘दागिरी,’ ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका आधा दर्जन भन्दा बढी फिल्म बनाएका छन्। 

चुनाव जितेसँगै उनले दलहरूका शीर्ष नेताहरूसँग भेटघाट बढाएका छन्। उनले केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटघाट गरेका थिए। देउवा भेटेलगत्तै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डसँग भेट गरेका थिए।

शुक्रबार मात्र उनले प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग पनि भेट गरेका छन्। निर्वाचन जितेपछि राणाले मतदातालाई धन्यवाद दिँदै भनेका थिए, 'आजका दिनबाट यहाँहरूको सल्लाह सुझाब र मेरो पार्टीको घोषणापत्र र मेरो सोच र भिजनबमोजिम मेरा आफ्ना कार्यक्रमहरू तय गरी आगडि बढ़ने प्रतिबद्दता गर्दछु।'

Ncell 2
Ncell 2

मदुकुमार श्रेष्ठ
अभिनेता मदुकुमार श्रेष्ठ पनि प्रदेश सभा सांसदमा विजयी भए।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी धादिङ–१ को प्रदेश (१) बाट निर्वाचित भएका हुन्।

उनले एमाले उम्मेदवार रमेश आचार्यलाई पराजित गर्दै १७ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए। 

पराजित कलाकार फर्कँदै लयमा

रेखा थापा
अभिनेत्री रेखा थापा मोरङ–३बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी थिइन्। राप्रपाकी उम्मेदवार थापा कांग्रेसका सुनिल कुमार शर्मासँग पराजित बनिन्। रेखाले १० हजार ९ सय ८९ मत प्राप्त गरेकी थिइन्।

निर्वाचनमा पराजित भएपछि उनले विजयीलाई धन्यवाद दिँदै आफू उक्त भेगका जनताको सुख दुखमा साथ दिने विश्वास व्यक्त गरेकी थिइन्। ‘निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको छु । उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन। तर निर्वाचित हुने एक जना मात्र हो। राजनीति लामो समयको यात्रा हो। यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि। सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो। मैले त्यो अवसरको लोभ नगरि प्रत्यक्ष उम्मेदवार बनेको थिएँ। यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ, 'उनले फेसबुकमा लामो स्टाटस लेखेकी थिइन्, 'खैर, बाँकी कुरा गर्दै जाउँला। निर्वाचनबाट पराजित हुँदैमा म अब तपाईँहरुबाट टाढा हुने नसोच्नु होला। मेरो निर्वाचन क्षेत्रका हरेक सुख दुख बाँड्न म सँधै सँगै हुनेछु। यो निर्वाचनबाट निर्वाचित सुनिल शर्माजीका राम्रा काममा काँधमा काँध मिलाउनेछु तर बाटो बिराए बिना हिच्किचाहट खबरदारी गर्नेछु।'

रेखा पछिल्लो समय पारिवारिक भेटघाटमा देखिएकी छन्। 

कोमल वली
नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी गायिका कोमल वली कांग्रेसका दीपक गिरीसँग पराजित भइन्। उनले विजयी बनेका गिरीलाई बधाई दिँदै समृद्ध दाङ बनाउने आफूले लिएको सपना पूरा गर्ने अभिभारा लिन आग्रह गरिन्। वलीलाई ७ हजार आठ सय १० मतले हराउँदै गिरी विजयी भएका थिए।

उनले ३६ हजार आठ सय ४२ मत ल्याए भने वलीले २९ हजार ३२ मत प्राप्त गरिन्। कोमल वली हाल दाङका सांस्कृतिक कार्यक्रम तथा पारिवारिक भेटघाटमा व्यस्त छिन्। 

मनोज पण्डित
फिल्म निर्देशक मनोज पण्डित काभ्रे–२बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार थिए। चुनावअघि चर्चामा रहेका उनी चुनावी मैदानमा भने खरो उत्रन सकेनन्।

मनोजले १ सय ७३ मत प्राप्त गरे। उनको क्षेत्रमा पूर्व मन्त्री गोकूल प्रसाद बास्कोटा विजयी बनेका थिए। पण्डितले चुनावमा पराजित भएसँगै नयाँ फिल्मको स्क्रिप्टमा आफू लागिसकेको बताएका छन्।  

उनले नयाँ फिल्म निर्माणका लागि कलाकार तथा निर्माताहरूसँग भेटघाट बढाइरहेका छन्। उनले आफूले पाएको भोटको सम्मान गर्दै फेसबुकमा लेखेका थिए, 'म यसको सम्मान गर्छु र महत्त्व स्थापित गर्नेछु । मेरो उम्मेदवारी दण्डहीनता विरुद्ध थियो र सामाजिक व्यवस्थापनको लागि यो आवाज सधैं उठाइरहनेछु।' उनले निर्वाचित बास्कोटालाई व्यंग्य गर्दै थप लेखेका थिए, '४५ हजार ३ सय ४५ मतले माननीयको अपराध ढाक्न सक्दैन। अपराध भैसकेपछि त्यसको परिणति भोग्नैपर्छ। हो चुनौती बढ्यो भन्ने मात्र हो। राम्रो कामको लागि पुरस्कार र गलत कामको लागि दण्ड हुने प्रणालीलाई अझ लोकतान्त्रिक, मानवीय र शक्तिशाली बनाउनुछ।'

मुरलीधर
गायक तथा कलाकार मुरलीधर प्रतिनिधि सभा निर्वाचनमा(राप्रपा)बाट सिरहा–२ मा उम्मेदवार बनेका थिए।

चुनावअघि उनी पनि चर्चामा थिए। तर चर्चा भएजसस्तो मत ल्याउन उनले पनि सकेनन्। मुरलीधरले ७ सय २८ मत ल्याए। उक्त क्षेत्रमा जनता समाजवादी पार्टीका राजकिशोर यादव २४ हजार १ सय ७८ मतका साथ निर्वाचित भए। मुरलीधर गत असोजमा मात्रै राप्रपा प्रवेश गरेका थिए।

हिमेश पन्त
धादिङ–१बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका कमेडियन हिमेश पन्त ले चर्चाअनुसारकै भोट पाए। तर विजयी हुन सकेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उनले १२ हजार ४ सय ७५ मत ल्याए। गठबन्धनका तर्फबाट बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे उक्त क्षेत्रमा विजयी बने। उनले मतदाताहरूलाई धन्यवाद दिँदै राजनीतिक यात्रालाई अगाडि बढाउने संकेत गरेका छन्। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी, जसले देशव्यापी रुपमा परिवर्तनको आँधीबेरी ल्याउँदैछ। त्यसको महसुस एकदिन धादिङले पनि गर्नेछ। जित्नु मात्र ठूलो कुरा हैन, हारबाट प्राप्त भएको अनुभव र सिकाइले भविष्यमा मजबुत नेतृत्व तयार पार्दछ। देश बनाउने परिकल्पना बोकेर हिँडेका हामी कत्ति पनि विचलित हुने छैनौँ। धादिङमा घन्टी राम्रैसॅग बजेको छ तर अर्को पटक अझ सशक्त ढङ्गले घन्टी बजाउने प्रण गर्दछौ,' उनले फेसबुकमा लेखे। 

त्यस्तै हास्य टेलिशृंखला ‘सक्किगोनी’मा ‘सीते बा’ नामले परिचित कलाकार मधुसुदन पाठक पनि चुनावमा उम्मेदवार बनेका थिए। उनको क्षेत्र काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भए।

काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका सञ्जय श्रेष्ठ पनि पराजित भए। उनको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका थिए।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु
सम्बन्धित सामग्री
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लग... मंगलबार, माघ १३, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्