काठमाडौं– गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार साँझ भेटवार्ता भएको हो।
राउतले यसअघि बिहीबार नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
गृहमन्त्री खाण र राउतबीच केन्द्र र मधेस प्रदेश सरकार गठनबारे कुराकानी भएको उनको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाणले राउतलाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकोमा बधाई समेत दिए।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राउत सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। खाण भने रुपन्देही–३ बाट पराजित हुन पुगे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।