काठमाडौं– तीव्र प्रतिस्पर्धा भइरहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैत सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीभन्दा ८२ मतले अघि छन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार कुसियैतले २९ हजार ७ सय १४ मत ल्याएका छन्। सञ्चारमन्त्री कार्कीले भने २९ हजार ७१२ मत ल्याउँदै पछ्याइरहेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत, राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।