काठमाडौं– प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले सुरुवाती अग्रता कायम गरेकी छन्।
उनी नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङभन्दा झिनो मतले अगाडि देखिएकी छन्। निर्वाचन कार्यालयका अनुसार बिहीबार बिहानसम्मको अपडेटमा अर्याल गुरुङभन्दा ११ मतले अघि छिन्।
अर्याललले २ हनजार ९ सय २० मत प्राप्त गर्दा गुरुङले भने २ हजार ९ सय ९ मत पाएका छन्। बूथ कब्जा गरिएको भन्दै विवादित बनेको उक्त क्षेत्रमा बुधबार रातिदेखि मात्र मतगणना सुरु भएको थियो।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने ५ सय ८९ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।