काठमाडौं– उच्च अदालत पाटनका सहन्याधिवक्ता कृष्णमोहन कोइरालाले आफ्नो मुद्दाको सूचना माग्दा अपमानजनक गाली–गलौज गरेको भन्दै बिनु यादवले महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी छिन्।
रामेछापका आफ्नै काकाससुरा पर्ने पवन कठायतले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै आएकी छिन्। अन्यायमा परेको भन्दै उनले रामेछाप अदालतको इजलासमैै विष खाएकी थिइन्।
श्रीमान् र परिवारले पटक–पटक मानसिक र शारीरिक यातना दिएको भन्दै यादवले उच्च अदालतमा उजुरी दिएकी हुन्। त्यहाँबाट पनि न्याय नपाउने भन्ने लागेपछि उनले मंगलबारमात्र सर्वोच्च परिसरमा उपस्थित भएकी थिइन्।
सेतो सारी लगाएकी उनले रातो रङ फालेर ‘मलाई न्याय चाहियो भन्दै सांकेतिक आन्दोलनसमेत गरेकी थिइन्। उनको मुद्दा अहिले उच्च अदालतमा विचाराधिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।