हेटौंडा– मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो।
दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा बुधबार मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।