काठमाडौं– सुनसरी– ४ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीसँग एमाले उम्मेदवारले मतान्तर घटाएका छन्।
सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतमाथि ५८ मतको झिनो अग्रता राखेका छन्।
पछिल्लो परिणाम अनुसार कार्कीले २७ हजार ४४० मत ल्याएका छन् भने कुसियैतले २७ हजार ३८२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।