काठमाडौं– निर्वाचन आयोगले बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना गर्ने निर्णय गरेको छ। आयोगको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
दुवै जिल्लामा बुथ कब्जा भएको भन्दै पुन: मतदानको माग गरिएको थियो। स्याङ्जा- २ मा कांग्रेसले बुथ कब्जा गरेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना गर्न दिएका थिएनन्।
बाजुरामा भने दुवै पक्षले एकअर्कालाई बुथ कब्जाको आरोप लगाएका थिए। कांग्रेसले धेरै ठाउँमा र एमालेले केही ठाउँमा बुथ कब्जा गरेको आरोपसहित निर्वाचन आयोगमा उजुरी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।