काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार भने सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। तोलामा ५ रुपैयाँ बढेर बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ कायम भएको छ। मंगलबार भने चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।