काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्वमा बैंकर्स आए पनि बैंकलाई प्राथमिकतामा नराखेको बताएका छन्।
मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नेतृत्वमा बैंकर्स आएर बैंकलाई प्राथमिकता दिएको भन्ने विषय सत्यता देखिए पनि बाहिर हल्ला आएको जस्तो नभएको बताएका हुन्।
उनले महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको बताए। उनले ३ वर्ष पहिले महासंघको चुनावमा आउँदै गर्दा चुनावी नाराको रुपमा अगाडि सारिएको विषय मात्रै भएको दाबी गरे।
उनले आफू नेतृत्वमा आउनुभन्दा ३ वर्ष पहिला महासंघको नेतृत्वको विषयमा यस्तो विषय कहिल्यै नआएको बताए। उनले बैंकको सञ्चालक भए पनि बैंकबाट आउने फाइदा भन्दा उद्योग व्यवसायबाट बढी फाइदा हुने उल्लेख गरे। ढकालले बैंकको सञ्चालक वा अध्यक्ष हुनुभन्दा व्यवसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने भन्दै बैंकलाई तिर्ने ब्याज, प्रिमियमसमेत बढी नै तिर्ने बताए।
उनले भने, ‘बैंकर्स र उद्योग वाणिज्य महासंघको नेतृत्व नै बैंकर्स भएर बैंकहरु बढी प्राथमिकतामा परे भन्ने बाहिर हल्ला आएको छ। त्यो सन्दा सत्य जस्तो लाग्छ। यो विषय उद्योग वाणिज्य महासंघको चुनाव आए बेलादेखि उठ्न थालेको विषय हो। बैंकको अध्यक्ष वा बोर्डमा बसेर १५ वर्ष काम गरेका साथीहरु हुनुहुन्छ। बैंकका सञ्चालक भएर बैंकबाट पाउने फाइदा उद्योग व्यवसायमा रहेको छ। उद्योग धन्दाले बैंकमा तिर्नुपर्ने प्रिमियम, ब्याज बढी तिर्नुपर्ने हुन्छ। जहाँसम्म उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अहिल्यै बैंकको ब्याजदर, प्रिमियम बढाउनुपर्छ र फाइदा लिनुपर्छ भन्ने पक्षमा काम नगरेका छैनौं। ३ वर्ष पहिला म लगायत केही व्यवसायीहरु महासंघको चुनावका अगाडि बढ्यो त्यो बेला चुनावी नाराको रुपमा अगाडि सारिएको विषय हो। यो विषय ५ वर्ष भन्दा पहिले कहिल्यै पनि यो विषय आएको थिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।