काठमाडौं– उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्का निर्वाचित भइका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन्।
उनले नेकपा एमालेकी मञ्जु चौधरीलाई पराजित गरेका हुन्। पराजित भएकी चौधरीले २८ हजार ८९१ मत ल्षाइकफ छिन्। यस्तै राप्रपाका उम्मेदवार ध्रुवकुमार रायमाझीले भने ३ हजार ९१५ मत प्राप्त गरेका छन्।
उनको यो लगातार चौथो जित हो। २०६४ सालमा तत्कालीन नेकपा माओवादीका राजन किरातीलाई पराजित गर्दै उनी पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
यस्तै २०७० र २०७४ को निर्वाचनमा खड्का नै निर्वाचित भएका थिए। २०७४ मा पनि खड्काले एमालेकी मञ्जु चौधरीलाई नै पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।