काठमाडौं– सुनसरी– ४ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनो अग्रता कायमै राखेका छन्।
सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतमाथि १२५ मतको झिनो अग्रता कायमै राखेका हुन्।
कार्कीले २४ हजार १७५ मत ल्याएका छन् भने कुसियैतले २३ हजार ९६५ मत पाएका छन्।
केहीबेरअघि कुसियैतभन्दा कार्की १६२ मतले पछाडि थिए। त्यो मतान्तर अहिले घट्दै गएको हो।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ८५२ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।