काठमाडौं– निर्वाचनपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ। भेटमा उनीहरूले आगामी राजनीतिक रणनीतिबारे छलफल गरेका छन्।
थापाले प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्। त्यसका लागि कांग्रेस संसदीय दलको नेता चुनिने तयारी गरिरहेका छन्।
शर्माले भने आफू प्रस्तावक बन्ने घोषणा गरेका छन्।
थापालाई प्रधानमन्त्री बन्ने देशको आवाज र आवश्यकतालाई बुझेर नेतृत्व गर्नलाई अगाडि बढ्नुस् भन्न आफू झापाबाट काठमाडौं आएको महामन्त्री शर्माले बताए।
‘देशको आवाज र आवश्यकतालाई बुझेर नेतृत्व गर्नलाई अगाडि बढ्नुस् गगनजीलाई भन्नलाई म झापाबाट काठमाडौं आएको हुुँ। त्यतिमात्र होइन उहाँलाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्न पनि आएको हुँ’, उनले भने।
कांग्रेसमा प्रधानमन्त्रीका लागि ६ जना आकांक्षी छन्।
थापाका साथै प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शशांक कोइराला, डा शेखर कोइराला र प्रकाशमान सिंह प्रधानमन्त्रीको दौडमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।