काठमाडौं– काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भूमिहीनहरूलाई उठिबास गराउन खोजेको भन्दै बृहत् नागरिक आन्दोलनले आपक्ति जनाएको छ।
मंगलबार एक विज्ञप्ति निकाल्दै नागरिक आन्दोलनले महानगरको कदमलाई अलोकतान्त्रिक, अमानवीय र अन्यायी कदम भएको आरोप लगाएको छ।
पछिल्लो समय भूमिहीन सुकुम्बासीको बसोबासको हक सुनिश्चित गर्न महानगरपालिका र राष्ट्रि«य भूमि आयोगबीच भएको लिखित सहमति महानगरपालिकाले पालना गर्नुपर्ने नागरिक आन्दोलनको माग छ।
सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने तयारी गरेको थियो।
प्रहरी परिचालन गरेर हटाउन खोजिएपछि सुकुम्बासीहरूले प्रतिकार गरेका थिए। सोक्रममा नगरी प्रहरीहरू घाइते भएका थिए।
यस्तो छ विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।