• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कांग्रेसका यी ४ सहमहामन्त्री, जसले भोगे पराजय 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १३, २०७९  १६:२०
1140x725

काठमाडौं– मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा आउनेक्रम अन्तिम चरणमा पुगेको छ। हालसम्म  नेपाली कांग्रेसले ५३, नेकपा (एमाले)ले ४३ नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सिट जितेका छन्। अन्य दल र स्वतन्त्रले १५ सिटमा जित हात पारेका छन्। 

हालसम्म १५९ स्थानको नतिजा आएको छ भने ३ स्थानमा मतगणना चलिरहेको छ। स्याङ्गजा  र बाजुरामा मतगणना गर्ने कि मतदान गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न सकेको छैन भने दोलखाको १० स्थानमा निर्वाचन हुँदैछ।

समानुपातिक तर्फको मतगणना पनि चलिरहेको छ। हालसम्म प्रत्यक्ष तर्फको मतगणनामा कांग्रेस पहिलो दल भएको छ। कांग्रेस  महाधिवेशन सम्पन्न गर्दै निर्वाचनमा होमिएको थियो। यो निर्वाचनमा कांग्रेसका केही प्रभावशाली पदाधिकारी पराजित भएका छन्। यस पटकको निर्वाचनमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रष्ट बहुमतका साथ सांसद जिते भने ४ सहमहामन्त्रीले पराजय भोगे।

यी हुन् ती ४ सहमहामन्त्री:

महेन्द्र यादव 
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेशको धनुषा–४ मा यसपटक अन्तिम समयमा पराजय भोगे। उनी एमालेका सचिव रघुवीर महासेटसँग पराजित भएका हुन्। सहमहामन्त्री यादव १२४ मतले पराजित भए। महासेठले उक्त क्षेत्रबाट ३२ हजार २३६ मत पाए भने यादवले ३२ हजार ११२ मत ल्याए। मधेस प्रदेशबाट प्रभावशाली सहमहामन्त्री यादव सोमबार बेलुकासम्म अग्रता कायम गरिरहेका थिए।

तर मंगलबार बिहानको गणनामा उनी पछि परे। क्षरेश्वर नगरपालिका, मिथिला नगरपालिकासम्म यादव अघि नै थिए। तर सोमबार रातिदेखि मिथिला नगरपालिकावाट वडा नम्बर ११ बाट पछि परेका थिए। अन्ततः उक्त वडाले महासेठलाई जित दियो भने यादवले पराजय भोगे। यादव पराजित हुनुमा कांग्रेसभित्रको आन्तरिक कलहले पनि साथ दिएको देखिन्छ। 

महालक्ष्मी उपाध्याय ‘डिना’
कांग्रेसकी महिला सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि यस पटक ‘सरप्राइज’ रुपमा पराजित भइन्। सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीजस्ता पार्टीले साथ दिँदासमेत उनी पराजित भइन्। कांग्रेसको महाधिवेशनको समयमा नै उनले आफू समानुपातिकमा नबस्ने र प्रत्यक्ष लड्ने भन्दै आएकी थिइन्। उनी टिकट वितरणदेखि नै अडानमा रहिन्। उनकै लागि सत्ता गठबन्धनले मकवनापुरमा क्षेत्र नै साटफेट गरियो। मकवनापुर– १ डिनालाई दिँदै २ मा एकीकृत समाजवादीले उम्मेदवार उठाएको थियो।

एकीकृत समाजवादीले पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडालाई उम्मेदवार बनाएको थियो। डिनालाई सत्ता गठबन्धनको साथ भएकाले सहजै जित निकाल्ने आकलन गरिएको थियो। उक्त आकलनअनुसार मत गणनाको प्रारम्भिक दिनमा उनले अग्रता कायम गर्दै गइन्। जब अन्तिम दिन उनको मतगणना हेटौँडा उपमहानगरपालिको वडामा सुरु भयो त्यहाँ उनी पछि परिन्।

Ncell 2
Ncell 2
nimb
nimb

राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले उनलाई पछि पारे। उक्त क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उम्मेदवार भएका थिए। थापाले आफू तेस्रो नम्बरमा पुगेपछि हार स्वीकार गरे। एमालेको सूर्य चिह्न लिएर चुनावको मैदानमा उत्रेका राप्रपा नेपालका अध्यक्ष थापाले हार स्वीकार गर्दा डिनालाई सरप्राइज दिँदै राप्रपाका सिंह निर्वाचित भए। राप्रपाका सिंहले २७ हजार ८ सय १६ मत पाए भने डिनाले २५ हजार ४ सय ३४ मत पाइन्। राप्रपा नेपालका थापाले २४ हजार ४ सय २० मतमात्र ल्याए। सिंहसँग सहमहामन्त्री डिनाले २ हजार ३ सय ८२ मतले पराजय भोगिन्। 

उमाकान्त चौधरी 
मधेस प्रदेशमा अर्का कांग्रेसका सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी पनि पराजित भए। प्रभावशाली नेता रहेका उनी वहालवाला मन्त्रीको रुपमा समेत निर्वाचनको मैदानमा रहेका उनी एमालेका उम्मेदवारसँग पराजित भएका हुन्।

बारा–१ वाट प्रतिनिधि सभामा उम्मेदवार भएका उनी एमालेका अच्युतप्रसाद मैनालीसँग पराजित भए। मैनालीले ३९ हजार १ सय ९५ मत पाए भने चौधरीले ४० हजार ५६ मत ल्याए। चौधरी मैनालीसँग ९ हजार १ सय ३९  मतान्तरले पराजित भए। फराकिलो मतान्तरले पराजित हुने उनी एक्लो सहमहामन्त्री हुन्। 

भीष्मराज आङ्देम्बे
यो निर्वाचनमा थोरै मतान्तरले पराजय भोग्ने नेपाली कांग्रेसका अर्का सहमहामन्त्री हुन् भीष्मराज आङ्देम्बे। उनी २०७० को निर्वाचनमा पाँचथर–२ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी एउटै क्षेत्र रहेको पाँचथरबाटै उम्मेदवार भए। तर, एमाले उम्मेदवार वसन्तकुमार नेम्वाङसँग पराजित हुन पुगे। यसपटक उनी आफ्नो पुरानै प्रतिस्पर्धीसँग बदला लिन मैदानमा थिए। अघिल्लो पटकको पराजय बिर्साउने गरी उनले निर्वाचनको तयारी पनि गरेका थिए। यसपटक उनलाई सत्ता गठबन्धनभित्र रहेका माओवादी केन्द्र, एकीकृत समाजवादीको साथ पनि थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर हालसम्म सार्वजनिक भएको मत परिणाम हेर्दा उनी झिनो मतान्तरले पराजित हुने देखिन्छ। निर्वाचन आयोगले हालसम्म उक्त क्षेत्रको अन्तिम मतपरिणाम भने सार्वजनिक गरेको छैन। हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार आङदेम्बेले ३२ हजार ६३ मत पाएका छन्। एमालेका उम्मेदवार नेम्वाङले ३२ हजार १ सय १० मत पाएका छन्। उक्त क्षेत्रमा समानुपातिक मत गणना चलिरहँदा प्रत्यक्षको मतपत्र भेटिएपछि विवाद भएको थियो । प्रत्यक्ष तर्फको ब्यालेट बक्समा हुनुपर्ने मत समानुपातिकमा परेको पाइएपछि पुनः मतगणना हुनुपर्ने माग भइरहेको छ। तर एमालेले त्यसलाई अस्वीकार गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १६:२०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्