काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी)को सचिवालय बैठक सम्पन्न भएको छ। आम निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिम चरणमा पुग्दा एकीकृत समाजवादीकोे सचिवालय बैठक बसेको थियो।
बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आम निर्वाचनमा पाएको मत परिणामको आकलन गरिएको जानकारी दिए।
‘निर्वाचनको पूरै समीक्षा गरेका छैनौं। स्थायी कमिटीको, केन्द्रीय कमिटीको बैठक बस्न बाँकी छ। जिल्लाका भेला सम्पन्न हुँदैछन्। उनीहरूबाट रिपोर्ट लिनेछौं। तर आज हामीले जे जस्तो मत परिणाम प्राप्त गर्यौं। यो मत परिणाम हामीले सोचे जस्तो छैन। तर सोचेजस्तो छैन भन्दैमा हामीले सत्ता गठबन्धनसँग सँगै लागेर गठबन्धनका कारणले प्राप्त गरेका उपलब्धिलाई हामीले रक्षा गर्नुपर्छ’, उनले भने।
खतिवडाले गठबन्धनको भावनाअनुसार नै अघि बढ्ने निष्कर्ष निकालिएको दाबी गरे। उनले आम निर्वाचनको क्रममा सहयोग गर्ने, मतदाता, सुरक्षाकर्मी, कर्मचारी, शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापनसमेत गरेको उनले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।