काठमाडौं– धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठ निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका महेन्द्र यादवलाई हराउँदै महासेठ निर्वाचित भएका हुन्।
यद्यपी औपचारिक घोषणा हुन भने बाँकी छ। निर्वाचित भएका महासेठले ३२ हजार ३ सय ३६ मत ल्याएका छन् भने यादवले ३२ हजार १ सय १२ मत ल्याएका छन्।
२०७४ को निर्वाचनमा पनि प्रतिनिधि सभा तर्फ महासेठले यादवलाई पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।