काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।
सत्तारुढ गठबन्धनका दुई शीर्ष नेताबीच शनिबार भेट भएको प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए।
उनका अनुसार दुई नेताबीच चुनावी परिणामबारे छलफल भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा समीक्षा गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक राख्नेबारे छलफल भएको र बैठक एक/दुई दिनमै राख्ने कुरा भएको स्वकिय सचिव देउवाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।