• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी सरकारका १४ मन्त्री, ५ जनाले पराजय भोगे, २ अझै ‘रेड जोन’मा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १३:३५
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा आउनेक्रम जारी रहेको छ। हालसम्म ११५ स्थानको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजामा नेपाली कांग्रेस पहिलो स्थानमा छ। काग्रेसले ४० स्थानमा जित हात पारेको छ। नेकपा एमालेले उसलाई पछ्याइरहेको छ। एमालेले २९ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ र एकिकृत समाजवादी १० स्थानमा जित हात पारेको छ। 

त्यस्तै नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने राप्रपाले ५ स्थानमा जित हात पारेको छ। केही स्थानहरुमा मतगणना बाँकी नै रहेको छ।  

यो निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित १४ मन्त्री चुनावी मैदानमा थिए। ती मध्ये प्रधानमन्त्रीसहित केही मन्त्रीले आफ्नो जितलाई निरन्तरता दिएका छन्। केही मन्त्री भने पराजित हुन पुगेका छन्। 

२ मन्त्री ‘ रेड जोन’ मा 
मतगणना जारी रहँदा दुई मन्त्री रेड जोनमा परेका छन्। गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले पनि पछाडि रहेका छन्। 

बालकृष्ण खाण 
गृहमन्त्री बालकृष्ण खाण रुपन्देही –३ मा प्रतिनिधि सभाका लागि उम्मेदबार छन्। उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमाले समेतको समर्थन पाएका राप्रपाका दीपक बोहरा छन्। 

मतगणनाको सुरुवातदेखि नै खाण र बोहोराबीच तीव्र प्रतिस्पर्धा छ। दुवै जनाबीच अग्रता लिने र पछ्याउने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका बोहराले अग्रता लिइरहेका छन्। 

ज्ञानेन्द्रबहादुर कार्की 
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की शुरुवाती गणनामा अघि भए पनि अहिले भने पछि परेका छन्।

सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका उनी नेकपा एमालेका उम्मेदवार जगदिश प्रसाद कुसियैतसँग पछि परेका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अग्रता लिइरहेका खड्का
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्। खड्काको प्रतिस्पर्धीका रुपमा मन्जु कुमारी चौधरी मैदानमा छिन्। उदयपुरमा मतगणना जारी छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार खड्काले अग्रता लिइरहेका छन्। 

जसले जितलाई निरन्तरता दिए 
शेरबहादुर देउवा 
प्रधानमन्त्री  शेरबहादुर देउवाले यस पनि जित हात पारे। देउवाले सातौंपटक गृहजिल्ला डडेलधुराबाट जित हात पारे।  देउवाले  २५ हजार ५३४ मत ल्याउँदै जित हात पारे। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए। सत्ता गठबन्धन बनाएर आफ्नै नेतृत्वमा चुनावी मैदानमा रहेका देउवालाई यसपटक स्वतन्त्र उम्मेबार ढकालले चुनौती दिए। नेकपा एमालेले उक्त क्षेत्रमा उम्मेदबारी नदिदै कर्ण मल्ललाई सर्मथन गरेको थियो। मल्लले ७ हजार ५३४ मत मात्र ल्याए।  

दिलेन्द्रप्रसाद बडू 
उद्यो बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको निर्वाचन क्षेत्र दार्चुला सुरुमै चर्चामा थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चुनावी अभियानको सुरुवात नै दार्चुला जिल्ला पुगेर गरेका थिए। उनले चुच्चे नक्सालाई देखाउँदै एमालेका उम्मेदवार गणेश ठगुन्नाको पक्षमा मत मागेका थिए। तर, मतदाताको रोजाइमा भने बडू परे। बडूले २८ हजार ५१५ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत ल्याए। 

मेटमणि चौधरी 
शहरी विकासमन्त्री मेटमणि चौधरीले पनि जित हासिल गरेका छन्। दाङ क्षेत्र नम्वर १ बाट उम्मेदबार भएका चौधरीले २६ हजार ५६३ मत ल्याउदै जित हात पारे। उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई पराजित गरे। एमालेकी चौधरीले २१ हजार ४ सय ७९ मत ल्याइन्। एमाले विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादीवाट उनी यसपटक निर्वाचनको मैदानमा थिए। चौधरी यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए, विजेता बनेका थिए। 

देवेन्द्र पौडेल 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल पनि निर्वाचित भएका छन्। उनी बाग्लुङ क्षेत्र नम्बर २ बाट विजयी भए। उनले २४ हजार ७७९ मत ल्याउँदै जित हात पारे। उनले नेकपा एमालेकी उम्मेबार मञ्जु शर्मालाई पराजित गरे। २०७४ सालमा पनि पौडेले उक्त क्षेत्रवाट निर्वाचन जितेर मन्त्री भएका थिए। अघिल्लो पटक उनले एमालेको सहयोगमा जितेका थिए। यसपटक एमालेकै उम्मेदबारलाई पराजित गरेका हुन्। 

शेरबहादुर कुँवर 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले पनि जित पारेका छन्। कुँवरले अछाम क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवारलाई पराजित गर्दै जित हात पारे। 

कुँवरले १९ हजार ५३४ मत ल्याउँदै जित हात पार्दा उनका प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा  १५ हजार ४५ मतमा सीमित रहे।  २०७४ सालमा  कुँवरले एमालेबाट निर्वाचन जितेका थिए। यसपटक एमालेकै उम्मेदबारलाई हराएर जितेका हुन्। 

जनार्दन शर्मा 
नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएका छन्। शुक्रबार बिहान सकिएको मतगणना अनुसार शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गरेका छन्।

कुल ६० हजार ५२७ मत खसेकामा शर्माले ३९ हजार ५४९ मत प्राप्त गरे। नेकपा एमालेका देवकोटाले १२ हजार ९६१ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये स्वतन्त्र तारक केसीले ३ हजार ५६७, राप्रपाका दिपकुमार मल्लले ७९६, स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २१४ र मंगोलनेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २०८ मत पाए।

जो पराजित भए 
पम्फा भुसाल 

माओवादी केन्द्रवाट उम्मेबार रहेकी उर्जा,जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाल भने पराजित भइन्। ललितपुर ३ बाट उम्मेदवार बनेकी भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीसँग भारी मतान्तरले पराजित भइन्। कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भइन्। एमाले उम्मेदवार अमृत खड्का १२ हजार ९६३ मतसहित दोस्रो भए। भुसालले ८ हजार ७६९ मतसहित तेस्रो स्थानमा सीमित भइन्। उनी ०६४ र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। 

महेश्वरजंग गहतराज
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि पराजित भएका छन्। माओवादी उम्मेदवार गहतराज बाँके १ बाट प्रतिस्पर्धी थिए। त्यहाँ एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन्। ढकालले २५ हजार २६ र गहतराजले १९ हजार ६३२ मत पाए। राष्ट्रिय उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत पाए। गहतराज ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए। 

जीवनराम श्रेष्ठ 
चुनाव हार्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि छन्। उनी काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भए। श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए। एकीकृत समाजवादीबाट उम्मेदवार बनेका मन्त्री श्रेष्ठ ४ हजार ८७७ मतसहित तेस्रो स्थानमा खुम्चिए। श्रेष्ठ ०७४ को निर्वाचनमा यसै क्षेत्रमा एमालेबाट निर्वाचित भएका थिए। 

उमाकान्त चौधरी 
बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार खानेपानी मन्त्री, नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी पनि पराजित भए। उनी नेकपा एमालेका उम्मेदबार अच्युतप्रसाद मैनालीसँग पराजित भएका हुन्। मैनालीले ३९ हजार १ सय ९५ मत ल्याएका छन्। मन्त्री चौधरीले ३० हजार ५६ मत ल्याए। मन्त्री चौधरीले ९ हजार १३९ मतान्तरले पराजित भए। 

उमेश श्रेष्ठ 
राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन्। कांग्रेसका उम्मेदवार उनलाई चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३४ हजार २८१ मतान्तरले पराजित गरे। लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत पाए। एमालेका कृष्णभक्त पोख्रेल १४ हजार ६४७ मत ल्याएर तेस्रोमा सीमित भए। श्रेष्ठ ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, आज पहिलो बैठक
एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपामा विवाद, आकस्मिक बैठक बस्दै
गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, आज पहिलो बैठक बिहीबार, भदौ ४, २०८३
एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपामा विवाद, आकस्मिक बैठक बस्दै बिहीबार, भदौ ४, २०८३
गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ बिहीबार, भदौ ४, २०८३
उत्तर कोरियाली नेता किमसँग यसै वर्ष पुनः भेटवार्ता गर्ने राष्ट्रपति ट्रम्पको भनाइ बिहीबार, भदौ ४, २०८३
२४ घण्टामा सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्