• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी सरकारका १४ मन्त्री, ५ जनाले पराजय भोगे, २ अझै ‘रेड जोन’मा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १३:३५
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा आउनेक्रम जारी रहेको छ। हालसम्म ११५ स्थानको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजामा नेपाली कांग्रेस पहिलो स्थानमा छ। काग्रेसले ४० स्थानमा जित हात पारेको छ। नेकपा एमालेले उसलाई पछ्याइरहेको छ। एमालेले २९ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ र एकिकृत समाजवादी १० स्थानमा जित हात पारेको छ। 

त्यस्तै नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने राप्रपाले ५ स्थानमा जित हात पारेको छ। केही स्थानहरुमा मतगणना बाँकी नै रहेको छ।  

यो निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित १४ मन्त्री चुनावी मैदानमा थिए। ती मध्ये प्रधानमन्त्रीसहित केही मन्त्रीले आफ्नो जितलाई निरन्तरता दिएका छन्। केही मन्त्री भने पराजित हुन पुगेका छन्। 

२ मन्त्री ‘ रेड जोन’ मा 
मतगणना जारी रहँदा दुई मन्त्री रेड जोनमा परेका छन्। गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले पनि पछाडि रहेका छन्। 

बालकृष्ण खाण 
गृहमन्त्री बालकृष्ण खाण रुपन्देही –३ मा प्रतिनिधि सभाका लागि उम्मेदबार छन्। उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमाले समेतको समर्थन पाएका राप्रपाका दीपक बोहरा छन्। 

मतगणनाको सुरुवातदेखि नै खाण र बोहोराबीच तीव्र प्रतिस्पर्धा छ। दुवै जनाबीच अग्रता लिने र पछ्याउने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका बोहराले अग्रता लिइरहेका छन्। 

ज्ञानेन्द्रबहादुर कार्की 
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की शुरुवाती गणनामा अघि भए पनि अहिले भने पछि परेका छन्।

सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका उनी नेकपा एमालेका उम्मेदवार जगदिश प्रसाद कुसियैतसँग पछि परेका हुन्। 

Ncell 2
Ncell 2

अग्रता लिइरहेका खड्का
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्। खड्काको प्रतिस्पर्धीका रुपमा मन्जु कुमारी चौधरी मैदानमा छिन्। उदयपुरमा मतगणना जारी छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार खड्काले अग्रता लिइरहेका छन्। 

जसले जितलाई निरन्तरता दिए 
शेरबहादुर देउवा 
प्रधानमन्त्री  शेरबहादुर देउवाले यस पनि जित हात पारे। देउवाले सातौंपटक गृहजिल्ला डडेलधुराबाट जित हात पारे।  देउवाले  २५ हजार ५३४ मत ल्याउँदै जित हात पारे। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए। सत्ता गठबन्धन बनाएर आफ्नै नेतृत्वमा चुनावी मैदानमा रहेका देउवालाई यसपटक स्वतन्त्र उम्मेबार ढकालले चुनौती दिए। नेकपा एमालेले उक्त क्षेत्रमा उम्मेदबारी नदिदै कर्ण मल्ललाई सर्मथन गरेको थियो। मल्लले ७ हजार ५३४ मत मात्र ल्याए।  

दिलेन्द्रप्रसाद बडू 
उद्यो बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको निर्वाचन क्षेत्र दार्चुला सुरुमै चर्चामा थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चुनावी अभियानको सुरुवात नै दार्चुला जिल्ला पुगेर गरेका थिए। उनले चुच्चे नक्सालाई देखाउँदै एमालेका उम्मेदवार गणेश ठगुन्नाको पक्षमा मत मागेका थिए। तर, मतदाताको रोजाइमा भने बडू परे। बडूले २८ हजार ५१५ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत ल्याए। 

मेटमणि चौधरी 
शहरी विकासमन्त्री मेटमणि चौधरीले पनि जित हासिल गरेका छन्। दाङ क्षेत्र नम्वर १ बाट उम्मेदबार भएका चौधरीले २६ हजार ५६३ मत ल्याउदै जित हात पारे। उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई पराजित गरे। एमालेकी चौधरीले २१ हजार ४ सय ७९ मत ल्याइन्। एमाले विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादीवाट उनी यसपटक निर्वाचनको मैदानमा थिए। चौधरी यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए, विजेता बनेका थिए। 

देवेन्द्र पौडेल 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल पनि निर्वाचित भएका छन्। उनी बाग्लुङ क्षेत्र नम्बर २ बाट विजयी भए। उनले २४ हजार ७७९ मत ल्याउँदै जित हात पारे। उनले नेकपा एमालेकी उम्मेबार मञ्जु शर्मालाई पराजित गरे। २०७४ सालमा पनि पौडेले उक्त क्षेत्रवाट निर्वाचन जितेर मन्त्री भएका थिए। अघिल्लो पटक उनले एमालेको सहयोगमा जितेका थिए। यसपटक एमालेकै उम्मेदबारलाई पराजित गरेका हुन्। 

शेरबहादुर कुँवर 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले पनि जित पारेका छन्। कुँवरले अछाम क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवारलाई पराजित गर्दै जित हात पारे। 

कुँवरले १९ हजार ५३४ मत ल्याउँदै जित हात पार्दा उनका प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा  १५ हजार ४५ मतमा सीमित रहे।  २०७४ सालमा  कुँवरले एमालेबाट निर्वाचन जितेका थिए। यसपटक एमालेकै उम्मेदबारलाई हराएर जितेका हुन्। 

जनार्दन शर्मा 
नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएका छन्। शुक्रबार बिहान सकिएको मतगणना अनुसार शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गरेका छन्।

कुल ६० हजार ५२७ मत खसेकामा शर्माले ३९ हजार ५४९ मत प्राप्त गरे। नेकपा एमालेका देवकोटाले १२ हजार ९६१ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये स्वतन्त्र तारक केसीले ३ हजार ५६७, राप्रपाका दिपकुमार मल्लले ७९६, स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २१४ र मंगोलनेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २०८ मत पाए।

जो पराजित भए 
पम्फा भुसाल 

माओवादी केन्द्रवाट उम्मेबार रहेकी उर्जा,जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाल भने पराजित भइन्। ललितपुर ३ बाट उम्मेदवार बनेकी भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीसँग भारी मतान्तरले पराजित भइन्। कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भइन्। एमाले उम्मेदवार अमृत खड्का १२ हजार ९६३ मतसहित दोस्रो भए। भुसालले ८ हजार ७६९ मतसहित तेस्रो स्थानमा सीमित भइन्। उनी ०६४ र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। 

महेश्वरजंग गहतराज
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि पराजित भएका छन्। माओवादी उम्मेदवार गहतराज बाँके १ बाट प्रतिस्पर्धी थिए। त्यहाँ एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन्। ढकालले २५ हजार २६ र गहतराजले १९ हजार ६३२ मत पाए। राष्ट्रिय उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत पाए। गहतराज ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए। 

जीवनराम श्रेष्ठ 
चुनाव हार्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि छन्। उनी काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भए। श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए। एकीकृत समाजवादीबाट उम्मेदवार बनेका मन्त्री श्रेष्ठ ४ हजार ८७७ मतसहित तेस्रो स्थानमा खुम्चिए। श्रेष्ठ ०७४ को निर्वाचनमा यसै क्षेत्रमा एमालेबाट निर्वाचित भएका थिए। 

उमाकान्त चौधरी 
बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार खानेपानी मन्त्री, नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी पनि पराजित भए। उनी नेकपा एमालेका उम्मेदबार अच्युतप्रसाद मैनालीसँग पराजित भएका हुन्। मैनालीले ३९ हजार १ सय ९५ मत ल्याएका छन्। मन्त्री चौधरीले ३० हजार ५६ मत ल्याए। मन्त्री चौधरीले ९ हजार १३९ मतान्तरले पराजित भए। 

उमेश श्रेष्ठ 
राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन्। कांग्रेसका उम्मेदवार उनलाई चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३४ हजार २८१ मतान्तरले पराजित गरे। लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत पाए। एमालेका कृष्णभक्त पोख्रेल १४ हजार ६४७ मत ल्याएर तेस्रोमा सीमित भए। श्रेष्ठ ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने
कांग्रेस विशेष महाधिवेशन :  प्रतिनिधि नाम दर्ता सुरु
सम्बन्धित सामग्री
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स... बिहीबार, पुस २४, २०८२
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
ताजा समाचारसबै
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन :  प्रतिनिधि नाम दर्ता सुरु आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशन उद्घाटनअघि काठमाडौँका ६ स्थानबाट जुलुस निकाल्दै कांग्रेस, यस्तो छ रुट आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उनेपाको अध्यक्ष शनिबार, पुस २६, २०८२
रास्वपा सचिवालयमा रविको ब्रिफिङ : कुलमानले दिनदिनै माग फेर्न थालेपछि आ-आफ्नो बाटो लागौँ भनेँ शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्