• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भीम रावललाई नजरअन्दाज गर्दा सुदूरपश्चिममा एमालेको भारी गिरावट

64x64
डिबी खड्का बिहीबार, मंसिर ८, २०७९  १५:४१
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षमा चुनौती दिएका भीम रावलले यसपल्ट टिकट नै पाएनन्। सुदूरपश्चिमबाट उदाएर एमालेको उपाध्यक्षसम्म निर्वाचित रावललाई किनारा लगाउँदाको असर निर्वाचन परिणाममा देखिएको छ।
 
एमालेमा हुँदा रावल गुटका तीनजना सांसद्ले एकीकृत समाजवादीबाट पनि जितेका छन्। राजनीतिमा रावलकै चेला मानिने शेरबहादुर कुँवरले अछाम- २, भानुभक्त जोशीले बझाङमा जितेका छन् भने प्रेम आलेले डोटीमा जितेका छन्।

सुदूरपश्चिममा रावललाई निष्क्रिय पार्नुको परिणाम स्पष्ट देखिएको छ। अहिलेसम्मको अवस्था हेर्दा एमाले शून्य हुनबाट मात्रै जोगिनेछ। जसले एमालेलाई सुदूरपश्चिममा शून्य हुनबाट जोगाएका छन्, ती पनि रावलकै अनुयायी हुन्।

नेकपाकालमा अध्यक्ष ओलीको कदमबाट असन्तुष्ट भएर रावलसँगै अर्को खेमामा पुगेका तारा लामा एकीकृत समाजवादी हुँदै एमालेमा फर्किएका हुन्। उनी कञ्चनपुर- १ मा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई फराकिलो अन्तरले पछि पारिरहेका छन्। अहिलेसम्म मतगणना हेर्दा उनको जित सुनिश्चित देखिएको छ।

एमालेको जित निश्चित ठानिएको बझाङ र दार्चुलामा समेत हार बेहोर्नुपरेको छ। बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग एमाले ऐन महर पराजित भए। यसैगरी कांग्रेसका दिलेन्द्र बडूसँग गणेश ठगुन्नाले दार्चुलामा हारेका हुन्। एमालेको राम्रो संगठन रहेको मानिने बैतडीमा पनि दामोदर भण्डारी माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरसँग पछि परेका छन्। झिनो मतान्तरले पछि भएका कारण उनी समेत जित्न सक्छन्। एमाले बढीमा दुई र एक सुनिश्चित अवस्थामा देखिएको छ। 

एमालेले स्थानीय तहमा ९ मध्ये ६ पालिका जितेको बाजुरामा अहिले विवाद भइरहेको छ। कांग्रेस सहमहामन्त्री बद्री पाण्डेसँग एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रतिस्पर्धामा छन्। उक्त क्षेत्र पनि एमालेका लागि सुरक्षित भने होइन।

निर्वाचनको पूर्वसन्ध्यामा प्रतिस्पर्धीलाई खुइल्याउनु स्वभाविक ठानिन्छ। अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रबाट एमालेमा आएका लेखराज भट्ट भने रावलका बारेमा टिप्पणी गरिरहेका थिए।

कांग्रेसमा शेरबहादुर देउवा सदाबहार शक्तिमा हुँदा समेत सुदूरपश्चिममा एमालेलाई प्रभावशाली बनाउन रावलले ठूलो भूमिका निर्वाह गरेका छन्। गुटगत राजनीतिमा यताउता भए पनि एमालेका लागि रावलको योगदानलाई कार्यकर्ताले प्रशंसा नै गर्छन्। तर कार्यकर्ताबाट नगरिकन भुल एमालेको नेतृत्वपंक्तिले यसबीचमा गर्योू। रावललाई टिकटबाट बञ्चित गरेर माओवादी केन्द्रबाट एमालेमा पुगेका व्यवसायी झपट बोहरालाई अछाम- २ मा उम्मेदवार बनायो।

स्थानीय कमिटीबाट एकल सिफारिस रावलमाथि गरिएको अन्यायको 'उपहार' सुदूरपश्चिमका सबैजसो जिल्लाबाट एमालेलाई प्राप्त भइरहेको छ। राष्ट्रिय रुपमा त्यति धेरै क्षति नबेहोरेको एमालेले सुदूरपश्चिममा भने असफल भएको छ। २०७४ सालको निर्वाचनमा १६ मध्ये ११ सिट जितेको एमाले यसपल्ट कम्तिमा एक र बढीमा दुई सिटमा सिमित हुने तय छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिस्पर्धीसँग होइन, आफ्नैसँग दोहोरी
रावललाई पाखा लगाएर सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मा दिइएका एमाले सचिव लेखराज भट्टले आफैंले कैलाली- ४ मा हार बेहोर्नुपरेको छ। भट्टले चुनावअघि दिएको एक अन्तरवार्तामा रावलबारे केही टिप्पणी गरेका थिए। त्यसबारे रावलले १० बुँदामा त्यसको लामो खण्डन गरे। 

त्यतिले नपुगेर उनले थप प्रश्न गरेका थिए,  'लेखराजजीको अन्तरवार्ताबारे थप प्रश्नः सर्वसम्मत एकल सिफारिस उम्मेदवार मबाहेक अरू कसैको उम्म्मेदवारी किन रोकिएन? एमाले विरोधी राप्रपाका समूह, जसपा, होली वाइन र हृदयेशलाई २४ स्थान दिनु के एमालेको घोषित सिद्धान्त र कम्युनिस्ट दर्शन अनुरूप हो? यिनले एमालेका लागि के योगदान गरेका छन्?'

चुनावअघि अध्यक्ष ओलीले सुदूरपश्चिमका केही जिल्लामा सभा गरे। सभामा उपस्थितहरुबाट 'भीम रावल खोई' भनेर माग नै भयो। तर,  ओलीले रावलको प्रभावलाई नजरअन्दाज गरे। ओली उल्टै प्रतिवादमा उत्रिए– 'भीम रावलको तपाईंलाई किन चिन्ता पर्योभ? २०४८ सालदेखि एकछिन मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’

रावलले त्यहीबेला ओलीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको बताएका थिए। उनले लेखेका छन्, ‘म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो?'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेमा समकक्षीलाई पाखा लगाएर 'सर्वमान्य' भएका ओलीलाई आन्तरिक लोकतन्त्रका लागि चुनौती दिने आँट भीम रावल र घनश्याम भूसालले गरेका थिए। दुवैलाई ओलीले टिकट दिन अस्वीकार गरे। भूसालले पार्टी छाडेर प्रतिस्पर्धा गरिरहेका छन्। रावल पार्टीमा बसे तर यसपल्ट उनी र उनका पक्षधरहरु खुलेर मैदानमा देखिएनन्। जसको परिणाम एमालेले बेहोरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्