काठमाडौं– बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले जित हासिल गरेका छन्।
मुख्य निर्वाचन कार्यालयले दिएको अन्तिम मत परिणामअनुसार मन्त्री जोशी २८ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ऐन महरले २७ हजार १ सय ४५ मत ल्याएर पराजित भएका छन्।
जोशी ९ सय ९८ मतान्तरले विजयी भएका छन्। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।