• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक  चिकित्सकको राजनीतिक वेग

64x64
नेपाल लाइभ शनिबार, साउन १९, २०७५  १३:१७
1140x725

काठमाडौं– शुक्रबार केपी शर्मा ओलीले तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गर्दा स्वास्थ्य राज्यमन्त्रीका रुपमा डा सुरेन्द्र यादवको नाम पनि पर्‍यो। विस्तारित मन्त्रिपरिषदमा समावेश हुनु उनको पार्टी संघीय समाजवादी फोरमका अन्य नेतालाई जति आश्चर्यको विषय थियो, त्यति नै डा यादवका लागि पनि।

मन्त्रिमण्डल विस्तार हुनु तीन घन्टा अघिसम्म डा यादव आफ्नै निर्वाचन क्षेत्र महोत्तरी क्षेत्र नं ४ का जनताका गुनासा सुनिरहेका थिए। उनलाई उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले फोन गरेर भने, ‘तपाईं तुरुन्तै काठमाडौं जानुपर्ने भयो।’ डा यादवले ‘के परेछ’ भन्ने सोच्न नपाउँदै मन्त्री यादवले खुलाए, ‘स्वास्थ्य राज्यमन्त्रीका रुपमा पार्टीले तपाईंलाई सिफारिस गरेको छ। आजै सपथ ग्रहण हुन्छ। काठमाडौं जानुपर्‍यो।’ 

उनी काठमाडौं वेगिए र सिधै सपथ ग्रहणस्थल पुगे।

संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी ‘कान्छा’ नेता हुन्, अर्थात् यो पार्टीसँग सबैभन्दा पछि जोडिएका व्यक्ति। उनी आफैं आफूलाई फोरमको ‘कान्छो’ नेताका रुपमा चित्रित गर्छन्। 

संघीय संसदको चुनाव हुनु दुई महिनाअघिसम्म उनी उम्मदेवार बन्ने टुंगो लागिसकेको थिएन। टुंगो लागोस् पनि कसरी? उनी नै टिकट दिने पार्टी फोरमका सदस्य थिएनन्। त्यो समय उनी डा बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँशक्ति पार्टीका दुई नम्बर प्रदेश संयोजक थिए। 

डा भट्टराईले प्रेरित गरेपछि जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा बिरामी जाँच्दाजाँच्दै उनी राजनीतिमा होमिएका थिए। ‘त्यो बेला डा भट्टराई सिके राउत र वर्तमान प्रधानमन्त्री केपी ओली प्रवृत्तिको खूब विरोध गर्नुहुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘उहाँहरुलाई विखण्डनकारीको संज्ञा दिनुहुन्थ्यो, भट्टराई। वैकल्पिक राजनीतिको वकालत गर्नुहुन्थ्यो।’

डा भट्टराई वैकल्पिक राजनीतिमा सम्भावना देख्थे डा यादव। उनलाई सामाजिक विभाजन ल्याउने राउत र त्यो समय तराईप्रति असहिष्णु ओलीलाई हेर्ने भट्टराईको वक्र दृष्टि पनि सत्य लाग्थ्यो।
चुनावको केही समयअघि डा यादव जस्ता नेता कार्यकर्तासँग सल्लाह नै नगरी डा भट्टराई ओली र पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर चुनाव लड्न राजी भए। (समयक्रममा भट्टराई नेतृत्वको नयाँ शक्ति एक्लै चुनाव लड्ने परिस्थिति बन्यो, त्यो बेग्लै कुरा हो)। तर, त्यहीबेला डा यादवलाई लाग्योे– डा भट्टराईको बोली र व्यवहार एउटै रहेनछ।

जसलाई गाली गरिरहन्थे, उनैसँग मिल्न जाँदा समेत आफ्ना नेता तथा कार्यकर्तालाई एक वचन नसोध्ने डा भट्टराईप्रति डा यादवको मोहभंग भयो। मन कुँडियो। त्यही पार्टीमा बसेर राजनीति गर्न उनको मनले मानेन।

Ncell 2
Ncell 2
nimb
nimb

त्यहीबेला संघीय समाजवादी फोरमले हरियो झण्डा देखायो। फोरमका अध्यक्ष यादवको कार्यशैली उनले त्यसअघिदेखि नै नजिकबाट नियालिरहेका थिए। नयाँशक्तिबाट निस्किन खोजिरहेका उनलाई सहज भयो। 

चुनाव नजिकिरहेको थियो। हरेक क्षेत्रमा जित्ने उम्मेदवार उठाउनुपथ्र्यो नै। संविधानको विपक्षमा लामो संघर्ष गरेको फोरमका लागि बढीभन्दा बढी क्षेत्रमा जित्नु झनै अपरिहार्य थियो।

महोत्तरी ४ मा उनीभन्दा बलियो उम्मेदवार अर्को हुँदैनथ्यो। पार्टी प्रवेश गरेको केही दिनमै फोरमले क्षेत्र नं ४ को उम्मेदवार बनायो। त्यो बेला पनि हल्ला चल्यो– पार्टी प्रवेश गरेको केही दिनमै टिकट पाए डा यादवले भनेर।

डा यादवले टिकट मात्रै पाएनन्, निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र यादवलाई पाँच हजारभन्दा फराकिलो मतान्तरले हराइदिए। 

चुनावको संघारमा पार्टी प्रवेश गरेर टिकट पाउनुभन्दा चकित पार्ने घटना हुँदै हो। तर पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूले सम्हालेको मन्त्रालयमा राज्यमन्त्री बनाएपछि झन् बढी चकित भएका छन् डा यादव।

डा यादवको राजनीतिक उपलब्धिको वेग अरुलाई मात्र होइन, आफैंलाई पनि चकित पार्ने खालको छ। शुक्रवार राज्य मन्त्रीका रुपमा सपथ ग्रहण गरेका उनी शनिबार दिनभरि पेप्सिकोलास्थित निवासमै बधाई ग्रहण गरिरहेका थिए। सँगसँगै आफ्नो राजनीतिक यात्राको हिसाबकिताब पनि।

सबै लेखाजोखा गरी हेर्दा राजनीतिमा आफ्नो वेग तिब्र नै भएको महसुस हुन्छ, उनलाई। भन्छन्, ‘सन् २०२० बाट राजनीतिक यात्रा थाल्ने योजना थियो।’

कुनैदिन राजनीतिमा आउने योजना बनाएरै काम गरिरहेका उनी त्यहीअनुसार अघि बढिरहेका थिए। जलेश्वरमा जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटल चलाइरहेका उनी तीन वटै सन्तानलाई चिकित्सा पढाइरहेका छन्। सन् २०२० सम्म सबैको पढाइ सकिएपछि राजनीतिमा आउने उनको योजना थियो।

तर समयले सबै कुरा छिटोछिटो उनको भागमा पारिदिँदै गयो।

सन् १९९३ मा किर्गिस्तान पुगेर एमबिबिएस गरेका उनले कोशी अञ्चल अस्पताल, वीर अस्पताल, जानकी मेडिकल कलेजमा उपचार सेवा दिएपछि २०६३ सालमा आफ्नै अस्पताल खोलेका हुन्। पोष्टग्य्राजुएट हस्पिटल म्यानेजमेन्ट गरेका उनले १५ बेडबाट सुरु गरेको अस्पताल अहिले १०० बेडको छ। 

क्लिनिकल सेवामा व्यस्त डाक्टरको राजनीतिक यात्राको जग भने मधेस आन्दोलनले बसाइदिएको हो। ‘मधेशमा आन्दोलन चर्किन थालेपछि रिक्सा चलाएर जिविकोपार्जन गर्ने, निम्नवर्गीय किसान भोकभोकै मर्न थाले,’ उनी सम्झिन्छन्, ‘उनीहरुका लागि खाद्यान्न संकलन गरेर वितरण गर्नुपर्ने भयो। त्यसको नेतृत्व मैले लिएँ।’

महोत्तरी, सिराहा, सर्लाही र धनुषाका लागि खाद्यान्न संकलन गरेर उनले वितरण गरे। त्यो क्षेत्रमा भएका घाइतेहरुको आफ्नो निजी अस्पतालमा निशुल्क उपचार गरिदिए। महोत्तरीमा साहदत ७ र धनुषाका ३ जनाको परिवारको उपचार आफ्नो निजी अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाए। यसले उनको छबी एकैपल्ट उठाइदियो र जलेश्वर वरपर मात्रै सिमित उनको चर्चा दुई नम्बर प्रदेशभरि फैलियो। उनी सम्झिन्छन्, ‘त्यो समय राजनीतिक नेताहरुको सोचप्रति त्यति सन्तुष्ट चाहिँ थिइनँ।’

राजनीतिमा रुची भने उनको सानैदेखि थियो। उनका बुवा रामदयाल यादव प्रधानपञ्चदेखि जिल्ला सभापतिसम्म भएका थिए। पञ्चायत विरोधी आन्दोलनमा उनी विद्यार्थीकालमै सक्रिय भएका थिए। बहुदल आएपछि पनि उनले नेपाल कम्युनिस्ट पार्टी मानन्धर समूहको सक्रिय कार्यकर्ता भए। तर, यही समय एमबिबिएस अध्ययनका लागि किर्गिस्तान जानुपरेपछि राजनीतिलाई निरन्तरता दिन सकेनन्। 

उनी भन्छन्, ‘एमबिबिएस पढेर आएपछि क्लिनिकल काममै व्यस्त भएँ। समयले फेरि राजनीतिमै ल्यायो।’

आफैं उपचार सेवामा सक्रिय भएका कारण स्वास्थ्य क्षेत्रलाई उनले नजिकबाट नियालेका छन्। मन्त्री यादवले आफूलाई राज्यमन्त्रीका रुपमा रोज्नुको कारण पनि यही होला जस्तो लाग्छ उनलाई। भन्छन्, ‘यो पार्टीको म कान्छो नेता हुँ। ‘सही मान्छे, सही ठाउँ’ भन्ने मान्यताले मलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको होला। म मेरातर्फबाट सही काम गर्ने प्रयत्न गर्नेछु।’

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्