• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

विवाह वा प्रेम असफल भए के गर्ने ?

64x64
नेपाल लाइभ शनिबार, साउन १९, २०७५  १७:२०
1140x725

हालसालै २०–२२ वर्ष कि महिलाले आवेशमा आएर ‘यस्तो जिन्दगीभन्दा मर्नु बेस’ भन्ने सोचेर विष सेवन गरिछन् । परिवारजनले छिट्टै थाहा पाएर अस्पतालमा ल्याए । भर्ना गरेर उपचारपछि बाँचिन् । यस्तो जल्दोबल्दो उमेरमा किन आत्महत्याको प्रयास गरिन् ? के कस्तो समस्या छ ? काउन्सिलिङ गर्नुपर्छ कि ? भनेर मकहाँ रेफर गरेपछि  मैले कारणहरुको खोजी गरे ।

ती महिलाको भनाईअनुसार २ वर्ष लामो प्रेम सम्बन्धपछि र दुवैल एक–अर्कालाई बुझेपछि बुझेपछि ६ महिना पहिले उनीहरुको विवाह भएछ । विवाहको १–२ महिना मै उनीहरुको सम्बन्धमा समस्या देखिन सुरु भएछ ।  विवाह हुनु पूर्वजस्तो प्रेम, कुराकानी आदि सबै हराएछ । प्रायः विवाद हुने भएछ । श्रीमानले घरमा समय नदिने, उनको कुरा पटक्कै नसुन्ने, अरु केटीहरुको फोन आएको बारे सोध्दा केही नबताउने त छँदै थियो, हातै हाल्ने अवस्था आयो ।  उनले सहन सकिनन र विष सेवन गरिन् रे।

प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो प्रेमी वा प्रेमिकाको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहना हुन्छ । युवा युवतीबीचको शारीरिक आकर्षण र यौन आकर्षण वास्तविक प्रेममा गौण मानिन्छन् । तर आजकलको गर्लफ्रेन्ड र व्वायफ्रेन्डबीच गहिरो नभएर सतही प्रेम सम्बन्ध हुने रहेछ । आफ्नो प्रेमिका वा प्रेमिलाई दुःख–कष्ट नहोस् भन्ने भन्दा पनि आफूले चाहेजस्तै, भनेजस्तै, सोचे जस्तै भएन भने यातनासम्म दिने र बदला लिने जस्ता समस्या बढी देखिएका होलान् ।

प्रेम, विवाह र विवाहपछि विवाद हुने जोडी धेरै नै हुन्छन् । यस्तै विवादका कारण चिन्तारोग, निन्द्राको समस्या, टाउको दुख्ने र डिप्रेसनसम्मका समस्या हुन्छन् । त्यसमध्ये केही प्रतिशतले आत्महत्या गर्ने वा आत्महत्याको प्रयास गर्ने कारणले अस्पतालमा उपचार गर्न ल्याईन्छन् । विष कत्तिको कडा हो र सेवन गरेको कति समयपछि  अस्पताल ल्याईन्छ, त्यसमै उपचार सफल हुन्छ वा हुदैन भर पर्छ ।

गत ८–१० वर्षदेखि हतारमा प्रेमसम्बन्ध गाँस्ने फेसन नै भइसकेको छ । २ वर्ष लामो प्रेम सम्बन्धबाट त केटा वा केटीलाई वुझ्न कठिन रहेछ भने छोटो समयको प्रेम सम्बन्धमा झन् के हुन्छ होला ? प्रेमसम्बन्ध थियो, ब्रेक अप भयो भनेर विभिन्न मानसिक स्वास्थ्य समस्या लिएर आउने युवा युवतीको संख्या बढ्दै छ । केटीले धोखा दिए केटालाई अत्यधिक रिस उठने, कलेज जान मन नलाग्ने र केटीसँग वदला लिने भावना बढी देखिन्छ । केटीहरुमा भने निन्द्रा नलाग्ने,  टाउको दुख्ने, पढन मन नलाग्ने, रुने र आफैलाई नोक्सान हुने क्रियाकलाप गर्दा रहेछन् । प्रेम सफल नहुने कारणहरुमा वावुआमाको दबाब, अर्कै केटा वा केटीसँग मागी विवाह र विदेश पढन जानेजस्ता कारण हुने रहेछन ।

प्रत्येक व्यक्तिमा राम्रा र नराम्रा बानी हुन्छन् । गुण र दोष हुन्छन् । विवाह हुनुपूर्व राम्रो बानी, राम्रा कुरा, राम्रा गुणमात्र बढी देखिन्छन् भने विवाह भैसकेपछि विगतका कल्पना र सपना टुट्न थाल्छन् र कलहका कारक बन्छन् ।

विवाहपूर्व नै ब्रेकअप हुने कारण त धेरै छन्, केटा तथा केटीको कारण, दुवैको कारण, परिवारको कारण आदि । प्रायः मानिसको बानी दोष जहिले पनि अरुमै देख्ने र आफ्नो पनि दोष हुनसक्छ भन्ने नसोच्ने हुनाले कारण पत्ता लगाउन सजिलो छैन । अहिले फिल्मी दुनियामा देखाइने प्रेम कथा र युवायुवतीमा छिट्टै गर्लफ्रेन्ड र व्वाइफ्रेन्ड बनाउने चलन भिन्न छैन होला । युवायुवतीको उमेरका कारण, प्राकृतिक नियमअनुसार एकअर्का प्रति हुने आकर्षण र खास गरेर आफ्नो वासना वा राग पूरा गर्ने अभिप्रायले गरिएको प्रेम लामो समयसम्म टिक्ने कुरा पनि भएन ।

प्रेममा असफल वा ब्रेकअपका कारण विभिन्न समस्या लिएर आउने युवा युवतीलाई प्रश्न सोध्ने गर्छु–विवाह हुनुभन्दा पहिले नै ब्रेकअप भएको राम्रो कि विवाह भै सकेपछि ? सबैको एउटै उत्तर हुन्छ– विवाह हुनुअघि नै । विवाह भैसकेपछि, छोराछोरी भैसकेपछि विवाद, झगडा, मनमुटाव भएर सँगै वस्नै नसक्ने स्थिति  आउनुअघि नै ब्रेकअप भएकै ठिक हो । अब कसरी अगाडि बढ्ने भन्ने अवसर भयो, पहिले भए गरेका क्रियाकलापको अनुभव र त्यसको समिक्षा गर्न पाइयो ।

Ncell 2
Ncell 2
nimb
nimb

विवाह भएपछि सधै मधुमासको अवस्था रहिरहन्छ भन्नु वा पीडा, डर र त्रासको वातावरण रहिरहन्छ भन्ने सोच्नुलाई अति मानिन्छ । सुख र दुःख एउटै सिक्काका दुइपाटा भएकाले ती सँगै छन् र दुवैलाई स्वीकार्नुवाहेक अर्को उपाय छैन । सुखलाई त हामी खोजी–खोजी सहजै स्वीकार्छौ, तर दुःख चाहदैनौं । दुःखलाई पनि स्वीकार्ने बानी भएमा जिन्दगी सहज हुन्छ । दुःखलाई नस्विकारे अर्को उपाय पनि त छैन ।

मनोविज्ञानमा काल्पनिक रुपमा गुमाउने डर (हाइपोथेटिकल लस) पुरुष वा महिला दुवैमा हुन्छ । जस्तै श्रीमानले कुनै महिलासँग कुरा गर्दा वा टेलिफोन÷मोबाइलवाट कुरा गर्दा पनि अर्कैसँग प्रेममा फसेर मलाई छोडछन कि भन्ने डर हुन्छ । श्रीमानको मोवाइल चेक गर्ने, थाहा नपाउने गरी चियोचर्चा गर्ने पनि विवाहित महिलाहरु छन । श्रीमानले श्रीमती घरमै छन् कि छैनन भनेर पटकपटक फोन गर्ने पनि छन् । अत्यधिक शंका गर्ने र नाजायज सम्बन्ध नै छ भनेर हँुदै नभएको कुरा गर्ने श्रीमती वा श्रीमान छन् भने काउन्सिलिङ र औषधि उपचार नै गर्नु पर्छ ।

युवायुवतीहरुले प्रेमसम्बन्ध गाँस्नुपूर्व धेरै कुराको ख्याल गर्नुपर्छ । हतार–हतार गाडी छुट्लाजस्तो गरेर प्रेमसम्बन्ध गाँस्नु जरुरी छैन । आफ्ना ईच्छा, चाहना, आवश्यकता, घरको वातावरण आदिबारे एकले अर्कालाई बताउनु पर्छ । आखीर प्रेम गाँस्नु भनेको एकले अर्कालाई राम्रोसँग चिन्ने, बुझ्ने र मन पर्ने भएर भविष्यमा विवाह वन्धन गाँस्नको लागि हो । विवाह भएको १–२ महिनामै मनमुटाव, झगडा, विवाद र मानसिक तनावमा पर्ने अवस्था आउन नदिन सकभर दुवैजनाले प्रयास गर्नुपर्छ ।

शाक्यमुनि बुद्धको एउटा भनाई छ, ‘कामवासनाले दुःख निम्त्याउँछ, कामवासनाले त्रास निम्त्याउँछ, तर जो कामवासनाबाट मुक्त रहन्छ, त्यहाँ दुःख पनि रहँदैंन र त्रास पनि ।’ आफ्ना वासनावाट मुक्त हुन सक्नु त धेरै ठूलो कुरा हो, सन्तहरु वा ज्ञानीहरुले मात्र सक्छन होला । सामान्यजनमा यो सम्भव छैन । विवाहपूर्व धेरैको सोचाई ‘यौनसम्वन्ध राखेर तृप्ति हुन्छ’ भन्ने छ कि ? वासनाहरुको तृप्ति हुँदैन बरु ती त बढदै जान्छन् ।

Xtrem

Xtrem

मैले कुनै कितावमा पढेको थिएँ– जीवनका २ दुर्भाग्य : (१) एउटाले आफूले प्रेम गर्ने जीवनसंगी पाउँदैंन (२) अर्कोले आफूले प्रेम गर्ने जीवनसंगी पाउँछ । भनिन्छ, दोस्रो दुर्भाग्य बढी खराब हुन्छ । शायद कुनै पनि दोष नभएको न श्रीमान हुन्छ न त श्रीमती हुन्छ, भन्न खोजेको होला ।

त्यसो भए प्रेममा, प्रेम विवाहमा वा मागी विवाहमा पनि कसरी सफल हुने त ?

–   धेरै महत्वाकांक्षी नहुनुस् र सबै इच्छा पूरा हुन सक्दैनन् भन्ने तथ्यलाई स्वीकार्नुस् ।

–   मैेले भनेकै हुुनुपर्छ भन्ने जिद्धी नगर्नुस् । प्रेमसम्बन्ध सुमधुर राख्न वा विवाह सफल पार्न दुवैको समझदारी चाहिन्छ ।

–   आफूभित्र पनि कमजोरी छ कि ? आफ्नो दोष छ कि ? हेर्ने गर्नुस र आफ्नो दोष सुधार्ने प्रयास गर्नुस् ।

–    कुनै दोष नभएको श्रीमान वा श्रीमती हँुदैन, यस्तै हो, ‘अगाडि बढौं’ भन्ने गर्नुहोस । अन्त्यमा जर्ज गर्जिफको भनाईलाई राख्न चाहन्छु– ‘एक मानव लामो समयसम्म एकै रहँदैंन, उ निरन्तर परिवर्तन हुन्छ, उ आधाघण्टा पनि एकैरहन सक्दैन ।’ (अ म्यान इज नेभर दि सेम फर लङ, हि इज कन्टिन्युअल्ली चेन्जिङ, हि सेल्डम रिमेन्स दि सेम इभन फर हाफ एन आवर)

यहाँ म्यान अर्थात् मानव भनेको पुरुष र स्त्री दुवैलाई हो । मानिसको शरीरमा र मनमा प्रत्येक क्षण परिवर्तन आइरहेको हुन्छ । बाहिरबाट हेर्दा उही देखिएपनि शरीर, विचार, भावना आदि सवै क्षण–क्षणमै परिवर्तन भइराखेको हुन्छन्, जुन उसको वोली र व्यवहारमा देखिन्छ । अप्रत्यासित नौलो व्यवहार देखिने कारण यही हो ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्