• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अफताब आलमका छोरा फिरदोष भन्छन्– मलाई कसैले श्रीपेच लगाएर राजनीतिमा ल्याएको होइन [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  १७:३९
1140x725

पूर्वमन्त्री मोहम्मद आफताव आलमका छोरा डा फिरदोष आलम प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेपछि रौतहट- २ सर्वाधिक चर्चामा छ। इँटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगको मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका आफतावका छोरा फिरदोषलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएपछि यो क्षेत्र चर्चामा आएको हो।

हुन त, बाजे, बुबा हुँदै फिरदोषसम्म आइपुग्दा यो परिवारको ३ पुस्ता राजनीतिमा छ। स्थानीय स्तरबाट अत्यधिक दबाब आएका कारण नै बुबा जेल परेपछि पनि फिरदोष उम्मेदवार बनेको चर्चा छ। निर्वाचनको प्रचारप्रसारका क्रममा रौतहटको नरकटियामा भेटिएका फिरदोषसँग नेपाल लाइभका नवीन झाले गरेको कुराकानी: 

तपाईं चिकित्साशास्त्र पढेको र राम्रो सरकारी जागिरमा रहेको व्यक्ति। किन राजनीतिमा हामफाल्नुभयो? 
२०७४ को निर्वाचनमा रौतहट- २ का जनताले मेरो बुबा मोहम्मद आफताव आलमलाई अत्यधिक मतका साथ विजय गराए। त्यसपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले विभिन्न जालझेल गरेर उहाँलाई फसायो। त्यसपछि यो क्षेत्रका जनता नेतृत्वविहीन हुन पुगे। त्यही भएर बुबाविरुद्धको जालझेल चिर्न र रौतहटलाई नेतृत्वविहीन हुनबाट जोगाउन यो क्षेत्रमा उम्मेदवार बनेको हुँ।

तपाईं बुबाको राजनीतिक बिरासत थाम्नकै लागि राजनीतिमा आएको देखिन्छ। निर्वाचन प्रचासप्रसारको क्रममा जनतामा जाँदा बुबाका बारेमा प्रश्न गर्दैनन्?
यहाँका जनतालाई राम्रोसँग थाहा छ, मेरो बुबा निर्दोष हुनुहुन्छ। जालझेल गरेर फसाइएको हो। नत्र घटना हुनेवित्तिकै यहाँका जनतालाई किन थाहा भएन? घटना जहाँको भनिएको छ, रौतहट राजापुर। त्यहाँ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मेरो कान्छो भाइ अत्यधिक मतका साथ मेयरमा निर्वाचित भएका छन्। जनताले आफ्नो मतमार्फत स्थानीय तह निर्वाचन उक्त घटनाको जवाफ दिइसकेका छन्। र, अगामी प्रतिनिधिसभा निर्वाचनमा पुन: जनताले आफ्नो मतबाट त्यसको जवाफ दिँदैछन्। 

तपाईं शिक्षित युवा। अहिले राजनीतिमा पुस्तान्तरणको सवाल जबरजस्त रुपमा उठेको छ। तपाईं प्रतिनिधि सभा उम्मेदवार बनेर एकाएक यस क्षेत्रमा आउँदा यहाँका मतदाता तथा स्थानीय नेताहरुले कसरी लिएका छन्? 
राजनीतिमा पुस्तान्तरणको सवाल महत्वपूर्ण छ। तर मलाई कसैले श्रीपेच लगाएर राजनीतिमा ल्याएको वा स्थापित गर्न खोजेका होइन। म लोकतान्त्रिक विधि र प्रकियाबाट उम्मेदवार बनेर जनताको घर-घरमा मत माग्दैछु।

nimb
nimb
Ncell 2
Ncell 2

अर्को, पुस्तान्तरणको सवालमा म सेवाभावले राजनीतिमा आएको हो। म राम्रो सरकारी जागिर खाइरहेको व्यक्ति सेवाभावसहित राजनीतिमा आएका कारण सबै मतदाताले राम्रो मानेका छन्।

तपाईंको बुबाको विषयमा जे-जस्तो कुरा उठेका छन्, त्यसका बाबजुद कांग्रेसले जोखिम मोलेर तपाईंलाई उम्मेदवार बनाएको भनिन्छ। आफ्नो राजनीतिक भविष्य जोखिमपूर्ण छ जस्तो लाग्दैन? 
यो क्षेत्रबाट टिकटका लागि क्षेत्रीय समितिले मेरो बुबाको नाम सर्वसम्मत सिफारिस गरेको थियो। तर केही कानुनी प्रश्न उठेपछि यहीँका अग्रज नेताहरुले मेरो परिवारबाट उम्मेदवार बन्नुपर्छ भन्ने आवाज उठाए। उहाँहरुले मेरो परिवारबाट उम्मेदवार भएमा घरदैलौ गर्न र निर्वाचन जित्न सहज हुने भन्दै मलाई प्रस्ताव गर्नुभयो । त्यसपछि म उम्मेदवार बनेर आएँ। त्यही भएर मलाई मेरो राजनीतिक भविष्यमा जोखिम छ जस्तो लाग्दैन। 

तपाईंको बाजे र बुबा नै सांसद र मन्त्री हुनुभयो। एउटा परिवारको तेस्रो पुस्ता राजनीतिमा आउँदा जनतासामु कस्ता अजेण्डा लैजानुभएको छ? 
मेरो बाजे र बुबा सांसद र मन्त्री हुँदा यो क्षेत्रमा भएको विकास त तपाईंले हेर्नु भएकै होला। म दाबाका साथ भन्न सक्छु, मधेसको ग्रामीण भेगमा यहाँजत्तिको विकास अन्त कतै भएको छैन। तर म भने आफ्नै अजेण्डा बोकेर राजनीतिमा आएको हुँ।

मेरो बाजे र बुबाका कारण यहाँका गाउँ-टोलका सडक तथा पुलको समस्या छैन। अब यो क्षेत्रलाई कसरी थप विकास गर्ने भन्नेमा मेरो ध्यान केन्द्रित हुनेछ। मेरो प्राथमिकता तीन वटा कुरामा हुन्छ। पहिलो, कृषिका लागि सिचाईं जो यहाँका जनताको मुख्य आवश्यकता हो। दोस्रो, शिक्षाको स्तर र उच्च तहको शिक्षाको व्यवस्था आफ्नै क्षेत्रमा गर्छु। र, तेस्रो, स्वास्थ्यको सवालमा एउटा राम्रो अस्पताल म आफनो निर्वाचनमा बनाउनेछु।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:३९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्