• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कैलाली-५ : स्वतन्त्र उम्मेदवारले दिइरहेका छन् दललाई चुनौती

64x64
शेरबहादुर ऐर बिहीबार, मंसिर १, २०७९  १७:०७
1140x725

धनगढी– ‘गोपी हमाल जित्ने ठाउँमा पुष्करलाई जिताऔं, पैसा, पावर, चाकडी र भ्रष्टाचार हटाऔं,’ कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बनेका पुष्करनाथ ओझाको चुनावी गीत अहिले धनगढी उपमहानगरपालिकाका वडा-वडामा गुन्जिरहन्छ। 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा गठबन्धन दललाई पराजित गर्दै नगर प्रमुखमा गोपाल हमाल विजयी भएका थिए। अहिले स्वतन्त्रकै नारा बजाएर ओझा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धामा छन्।  

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का युवा हुन् केशव विक। उनी दलहरुदेखि आजित छन्। घरमै कृषि खेती गरिरहेका उनी भन्छन्, ‘एमाले हेरियो, कांग्रेस पनि हेरियो, माओवादी हेरिसकियो। उनीहरु निर्वाचन जितेपछि कहिले फर्केर आउँदैनन्। अहिले चुनावमा फेरि मत माग्न आएका छन्।’

अब युवा र विकास गर्न सक्ने योग्य व्यक्ति जिताउनुपर्ने धारणा राख्छन् उनी। पार्टीभन्दा पनि व्यक्ति चुन्ने उनको भनाइ छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्दै आएका छन् तेजराम चौधरी। ज्याला मजदूरी गरिरहेका उनी कस्ता उम्मेदवारहरु चुनावमा रहेका छन् भन्ने जानकारी पनि छैन। उनी घर तथा टोलछिमेकसँग सल्लाह गरेर र जता राम्रो मान्छे देखिन्छ, त्यसैलाई मतदान गर्ने पक्षमा छन्। उनले आफनो गाउँ–ठाउँ हेर्ने, स–साना समस्या पनि समाधान गर्न सक्ने व्यक्तिलाई मतदान गर्ने बताउँछन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का विरबहादुर बडायक पनि दलहरुदेखि निराश छन्। उनले भने, ‘अहिलेसम्म जनप्रतिनिधि छान्दा–छान्दा वाक्क भइसक्यौं। जसले जित्यो फर्केर आउँदैन वडामा हेर्दैन।’ 

घरमा दिनमा चार पाँच चोटी उम्मेदवारहरु मत माग्न आउने गरेको बताउँछन्। यसपल्ट उनले दललाई नभई स्वतन्त्र उम्मेदवार छान्ने सम्भावना रहेको बताए। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का गणेशबहादुर पार्की विकास गर्न सक्ने, राम्रो योजना ल्याउन सक्ने, किसानलाई मलखादको व्यवस्था गर्न सक्ने र किसानको समस्या समाधान गर्न सक्ने उम्मेदवारको पक्षमा छन्। उनी पनि धेरैपटक दललाई मतदान गरेको भएपनि किसानको समस्या समाधानका लागि कसैले पनि नहेरेको भन्दै आक्रोशित भए।

Ncell 2
Ncell 2

सोही वडाका दशरथ भट्ट भने दलका उम्मेदवार मतदान गर्ने पक्षमा छन्। उनी भन्छन्, ‘पार्टीकै तर विकास गर्ने इमान्दार व्यक्ति चाहिएको छ। यस्तो व्यक्ति जितेको खण्डमा विकास पनि हुनसक्छ र जनतालाई सबै कुरामा सजिलो हुन्छ। दलको व्यक्ति नै जितोस् र दलको व्यक्ति नै आओस् भन्ने मेरो मान्यता हो।’

उमेरले ६० नाघिसकेका धनगढी उपमहानगरपालिका वडा नम्बर १० का रामदेन राना पनि पार्टीकै कुनै व्यक्तिलाई नै मतदान गर्ने पक्षमा छन्। उनी भन्छन्, ‘वडाभरि दुई दलको प्रतिस्पर्धा देखिएको छ। हामी त विकास गर्न सक्ने र सहज व्यक्तिलाई मतदान गर्ने पक्षमा छौं।’

सोही वडाका बाबुराम राना भन्छन्, ‘जुन नेता आए पनि घर पुग्ने सडक बनेको छैन। सडकमा गाडी गुड्दा धुलो खानु परिरहेको छ। अहिलेसम्म यति धेरै व्यक्तिलाई जिताएका छौं। तर चुनावको बेलामा आश्वासन मात्र दिन्छन्। काम कहिले गर्दैनन्। जितेपछि फर्केर पनि आउँदैनन्।’

धनगढी उपमहानगरपालिकामा वडा नम्बर १२ देवकी ठगुन्ना पनि दलहरु नहेर्ने पक्षमा छन्। उनी भन्छन्, ‘पार्टी हेरिँदैन। जसले विकास गर्नसक्छ। गरिब, जेहेन्दार व्यक्तिको पक्षमा उभिन्छ। शिक्षा, स्वास्थ्यमा आम नागरिकको सहज पहुँच पुर्याउन सक्ने व्यक्तिलाई मतदान गर्नेछु।’

त्रिपक्षीय प्रतिस्पर्धा
कैलाली- ५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। ४ मंसिरमा तय भएको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा मुख्य प्रतिस्पर्धी हुने देखिएको छ।

दलीय अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिए पनि नेपाली कांग्रेसबाटै कारबाहीमा रहेका पूर्वनेता ओझा पनि चुनावमा होमिएपछि त्रिपक्षीय बनेको हो। 

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली- ५ (तत्कालीन ६) र डडेलधुराबाट चुनाव जित्दा धनगढी छाडेका थिए।  उपनिर्वाचनमा कांग्रेसबाट विजयी बनेका तिनै ओझालाई २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई हराउन भूमिका खेलेको भन्दै पार्टीबाट निष्कासित गरिएको छ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमाले नेता रानाले २७ हजार दुई सय दुई मतसहित विजयी हुँदा आरजुले २२ हजार तीन सय २२ मत मात्र पाएकी थिइन्।

कसको कति मत?
गत स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा कैलाली ५ मा एमालेभन्दा झन्डै दोब्बर मतले अगाडि रहेको गठबन्धनको जितमा ओझा चुनौतीका रूपमा रहेका छन्। कांग्रेसका कतिपय असन्तुष्ट नेता–कार्यकर्ताले ओझालाई समर्थन गरिरहेकाले गठबन्धनका लागि यहाँ चुनौती थपिएको हो। 

कांग्रेस कैलालीका पूर्वसचिव पूर्ण कुँवरलगायत नेताहरू ओझाको पक्षमा खुलेरै लागेका छन्। कतिपय पुराना नेताको समर्थन पनि उनलाई छ। डोटीबाट बसाइँ सरेर आएका मतदाताको बाहुल्य रहेको क्षेत्र नम्बर ५ मा भेगीय रूपमा पनि ओझाको पकड छ। 

‘पञ्चायतकालदेखि नै म यहाँ कांग्रेसको संगठन निर्माणमा सक्रिय रहेँ। त्यही भएर पनि होला कांग्रेसका धेरै नेता–कार्यकर्ताले मलाई अहिले समर्थन गर्नुभएको छ,’ ओझाले भने, ‘सबै पार्टीका असन्तुष्ट र आमनागरिकको साथ रहेकाले म स्वतन्त्र भए पनि साझा उम्मेदवार हुन पुगेको छु। चुनावी अभियानका क्रममा पाइरहेको मतदाताको साथले म उत्साहित छु।’

ओझाले उम्मेदवारी दर्ता गराउनुअघि नै यस क्षेत्रमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी सहकार्य गर्ने सहमति भएको छ। सोही अनुसार राप्रपाले पनि प्रतिनिधिबाहेक प्रदेशमा मात्र आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराई चुनावमा होमिएको छ।

दलहरूप्रति नागरिकमा देखिएको असन्तुष्टिका कारण पनि आफूलाई मतदाताको समर्थन मिलेको उनको भनाइ छ। यद्यपि, पार्टीका असन्तुष्ट मत मुख्य प्रतिस्पर्धी एमालेमा नभई स्वतन्त्रमा जाने भएकाले यसले गठबन्धनलाई फाइदा गर्ने कांग्रेसका कतिपय नेताको विश्लेषण छ। 

गठबन्धनलाई स्वतन्त्र चुनौतीका रूपमा रहेको आकलन गरिए पनि स्थानीय तहमा प्राप्त मतका आधारमा भने यहाँ गठबन्धन स्पष्ट रूपमा अगाडि छ। कैलाली- ५ मा पर्ने धनगढी उपमहानगरकाका १९ वटै र कैलारी गाउँपालिकाका दुई वटा गरी २१ वटा वडामा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको ३२ हजार ६ सय र एमालेको १७ हजार चार सय २० मत छ। कांग्रेस एक्लैको २२ हजार सात सय ७९ मत रहेको छ। धनगढीको मेयरमा भने कांग्रेस उम्मेदवारलाई पराजित गरेर स्वतन्त्र र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका थिए। 

गठबन्धनका उम्मेदवार पन्त स्वतन्त्र उम्मेदवारीले आफूलाई कुनै फरक नपर्ने दावी गर्छन्। कांग्रेसको बलियो पकड रहेको यो क्षेत्रमा पाँचदलीय गठबन्धनले आफ्नो जित अझ सहज बनाएको उनको दावी छ।

‘स्थानीय तहमा पाएको मतले पनि यसको पुष्टि गर्छ,’ उनले भने, ‘हामी स्पष्ट रूपमा अगाडि छौँ।’ स्वतन्त्रको कुनै सम्भावना नरहेको दावी गर्दै उनले आफ्नो प्रतिस्पर्धी कोही नरहेको प्रतिक्रिया दिए।

नेकपा एमालेका उम्मेदवार नारदमुनि राना पनि सहज जित हासिल गर्ने बताउँछन्। उनी भन्छन्, ‘गठबन्धनभित्र एकता छैन। यो गठबन्धनमा नेताहरु एक भए पनि कार्यकर्ता एकता भएका छैनन्। कांग्रेसभित्र धेरै असन्तुष्टि छ। त्यो मत स्वतन्त्र र मैले पाउँछु। हाम्रो पार्टीमा कुनै असन्तुष्ट पनि छैन। त्यसैले म जित्नेमा ढुक्क छु।’

उनी अहिले आफ्नो पाँच वर्षे सांसद कार्यमा गरेका प्रगति लिएर जनतामाझ मत मागिरहेका छन्। उनी भन्छन्, ‘पाँच वर्षमा मैले राम्रै काम गरेको छु। जनता मदेखि खुसी छन्।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:०७
  • #कैलाली_५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्