• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कैलाली-५ : स्वतन्त्र उम्मेदवारले दिइरहेका छन् दललाई चुनौती

64x64
शेरबहादुर ऐर बिहीबार, मंसिर १, २०७९  १७:०७
1140x725

धनगढी– ‘गोपी हमाल जित्ने ठाउँमा पुष्करलाई जिताऔं, पैसा, पावर, चाकडी र भ्रष्टाचार हटाऔं,’ कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बनेका पुष्करनाथ ओझाको चुनावी गीत अहिले धनगढी उपमहानगरपालिकाका वडा-वडामा गुन्जिरहन्छ। 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा गठबन्धन दललाई पराजित गर्दै नगर प्रमुखमा गोपाल हमाल विजयी भएका थिए। अहिले स्वतन्त्रकै नारा बजाएर ओझा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धामा छन्।  

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का युवा हुन् केशव विक। उनी दलहरुदेखि आजित छन्। घरमै कृषि खेती गरिरहेका उनी भन्छन्, ‘एमाले हेरियो, कांग्रेस पनि हेरियो, माओवादी हेरिसकियो। उनीहरु निर्वाचन जितेपछि कहिले फर्केर आउँदैनन्। अहिले चुनावमा फेरि मत माग्न आएका छन्।’

अब युवा र विकास गर्न सक्ने योग्य व्यक्ति जिताउनुपर्ने धारणा राख्छन् उनी। पार्टीभन्दा पनि व्यक्ति चुन्ने उनको भनाइ छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्दै आएका छन् तेजराम चौधरी। ज्याला मजदूरी गरिरहेका उनी कस्ता उम्मेदवारहरु चुनावमा रहेका छन् भन्ने जानकारी पनि छैन। उनी घर तथा टोलछिमेकसँग सल्लाह गरेर र जता राम्रो मान्छे देखिन्छ, त्यसैलाई मतदान गर्ने पक्षमा छन्। उनले आफनो गाउँ–ठाउँ हेर्ने, स–साना समस्या पनि समाधान गर्न सक्ने व्यक्तिलाई मतदान गर्ने बताउँछन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का विरबहादुर बडायक पनि दलहरुदेखि निराश छन्। उनले भने, ‘अहिलेसम्म जनप्रतिनिधि छान्दा–छान्दा वाक्क भइसक्यौं। जसले जित्यो फर्केर आउँदैन वडामा हेर्दैन।’ 

घरमा दिनमा चार पाँच चोटी उम्मेदवारहरु मत माग्न आउने गरेको बताउँछन्। यसपल्ट उनले दललाई नभई स्वतन्त्र उम्मेदवार छान्ने सम्भावना रहेको बताए। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का गणेशबहादुर पार्की विकास गर्न सक्ने, राम्रो योजना ल्याउन सक्ने, किसानलाई मलखादको व्यवस्था गर्न सक्ने र किसानको समस्या समाधान गर्न सक्ने उम्मेदवारको पक्षमा छन्। उनी पनि धेरैपटक दललाई मतदान गरेको भएपनि किसानको समस्या समाधानका लागि कसैले पनि नहेरेको भन्दै आक्रोशित भए।

nimb
nimb
Ncell 2
Ncell 2

सोही वडाका दशरथ भट्ट भने दलका उम्मेदवार मतदान गर्ने पक्षमा छन्। उनी भन्छन्, ‘पार्टीकै तर विकास गर्ने इमान्दार व्यक्ति चाहिएको छ। यस्तो व्यक्ति जितेको खण्डमा विकास पनि हुनसक्छ र जनतालाई सबै कुरामा सजिलो हुन्छ। दलको व्यक्ति नै जितोस् र दलको व्यक्ति नै आओस् भन्ने मेरो मान्यता हो।’

उमेरले ६० नाघिसकेका धनगढी उपमहानगरपालिका वडा नम्बर १० का रामदेन राना पनि पार्टीकै कुनै व्यक्तिलाई नै मतदान गर्ने पक्षमा छन्। उनी भन्छन्, ‘वडाभरि दुई दलको प्रतिस्पर्धा देखिएको छ। हामी त विकास गर्न सक्ने र सहज व्यक्तिलाई मतदान गर्ने पक्षमा छौं।’

सोही वडाका बाबुराम राना भन्छन्, ‘जुन नेता आए पनि घर पुग्ने सडक बनेको छैन। सडकमा गाडी गुड्दा धुलो खानु परिरहेको छ। अहिलेसम्म यति धेरै व्यक्तिलाई जिताएका छौं। तर चुनावको बेलामा आश्वासन मात्र दिन्छन्। काम कहिले गर्दैनन्। जितेपछि फर्केर पनि आउँदैनन्।’

धनगढी उपमहानगरपालिकामा वडा नम्बर १२ देवकी ठगुन्ना पनि दलहरु नहेर्ने पक्षमा छन्। उनी भन्छन्, ‘पार्टी हेरिँदैन। जसले विकास गर्नसक्छ। गरिब, जेहेन्दार व्यक्तिको पक्षमा उभिन्छ। शिक्षा, स्वास्थ्यमा आम नागरिकको सहज पहुँच पुर्याउन सक्ने व्यक्तिलाई मतदान गर्नेछु।’

त्रिपक्षीय प्रतिस्पर्धा
कैलाली- ५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। ४ मंसिरमा तय भएको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा मुख्य प्रतिस्पर्धी हुने देखिएको छ।

दलीय अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिए पनि नेपाली कांग्रेसबाटै कारबाहीमा रहेका पूर्वनेता ओझा पनि चुनावमा होमिएपछि त्रिपक्षीय बनेको हो। 

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली- ५ (तत्कालीन ६) र डडेलधुराबाट चुनाव जित्दा धनगढी छाडेका थिए।  उपनिर्वाचनमा कांग्रेसबाट विजयी बनेका तिनै ओझालाई २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई हराउन भूमिका खेलेको भन्दै पार्टीबाट निष्कासित गरिएको छ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमाले नेता रानाले २७ हजार दुई सय दुई मतसहित विजयी हुँदा आरजुले २२ हजार तीन सय २२ मत मात्र पाएकी थिइन्।

कसको कति मत?
गत स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा कैलाली ५ मा एमालेभन्दा झन्डै दोब्बर मतले अगाडि रहेको गठबन्धनको जितमा ओझा चुनौतीका रूपमा रहेका छन्। कांग्रेसका कतिपय असन्तुष्ट नेता–कार्यकर्ताले ओझालाई समर्थन गरिरहेकाले गठबन्धनका लागि यहाँ चुनौती थपिएको हो। 

कांग्रेस कैलालीका पूर्वसचिव पूर्ण कुँवरलगायत नेताहरू ओझाको पक्षमा खुलेरै लागेका छन्। कतिपय पुराना नेताको समर्थन पनि उनलाई छ। डोटीबाट बसाइँ सरेर आएका मतदाताको बाहुल्य रहेको क्षेत्र नम्बर ५ मा भेगीय रूपमा पनि ओझाको पकड छ। 

‘पञ्चायतकालदेखि नै म यहाँ कांग्रेसको संगठन निर्माणमा सक्रिय रहेँ। त्यही भएर पनि होला कांग्रेसका धेरै नेता–कार्यकर्ताले मलाई अहिले समर्थन गर्नुभएको छ,’ ओझाले भने, ‘सबै पार्टीका असन्तुष्ट र आमनागरिकको साथ रहेकाले म स्वतन्त्र भए पनि साझा उम्मेदवार हुन पुगेको छु। चुनावी अभियानका क्रममा पाइरहेको मतदाताको साथले म उत्साहित छु।’

ओझाले उम्मेदवारी दर्ता गराउनुअघि नै यस क्षेत्रमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी सहकार्य गर्ने सहमति भएको छ। सोही अनुसार राप्रपाले पनि प्रतिनिधिबाहेक प्रदेशमा मात्र आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराई चुनावमा होमिएको छ।

दलहरूप्रति नागरिकमा देखिएको असन्तुष्टिका कारण पनि आफूलाई मतदाताको समर्थन मिलेको उनको भनाइ छ। यद्यपि, पार्टीका असन्तुष्ट मत मुख्य प्रतिस्पर्धी एमालेमा नभई स्वतन्त्रमा जाने भएकाले यसले गठबन्धनलाई फाइदा गर्ने कांग्रेसका कतिपय नेताको विश्लेषण छ। 

गठबन्धनलाई स्वतन्त्र चुनौतीका रूपमा रहेको आकलन गरिए पनि स्थानीय तहमा प्राप्त मतका आधारमा भने यहाँ गठबन्धन स्पष्ट रूपमा अगाडि छ। कैलाली- ५ मा पर्ने धनगढी उपमहानगरकाका १९ वटै र कैलारी गाउँपालिकाका दुई वटा गरी २१ वटा वडामा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको ३२ हजार ६ सय र एमालेको १७ हजार चार सय २० मत छ। कांग्रेस एक्लैको २२ हजार सात सय ७९ मत रहेको छ। धनगढीको मेयरमा भने कांग्रेस उम्मेदवारलाई पराजित गरेर स्वतन्त्र र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका थिए। 

गठबन्धनका उम्मेदवार पन्त स्वतन्त्र उम्मेदवारीले आफूलाई कुनै फरक नपर्ने दावी गर्छन्। कांग्रेसको बलियो पकड रहेको यो क्षेत्रमा पाँचदलीय गठबन्धनले आफ्नो जित अझ सहज बनाएको उनको दावी छ।

‘स्थानीय तहमा पाएको मतले पनि यसको पुष्टि गर्छ,’ उनले भने, ‘हामी स्पष्ट रूपमा अगाडि छौँ।’ स्वतन्त्रको कुनै सम्भावना नरहेको दावी गर्दै उनले आफ्नो प्रतिस्पर्धी कोही नरहेको प्रतिक्रिया दिए।

नेकपा एमालेका उम्मेदवार नारदमुनि राना पनि सहज जित हासिल गर्ने बताउँछन्। उनी भन्छन्, ‘गठबन्धनभित्र एकता छैन। यो गठबन्धनमा नेताहरु एक भए पनि कार्यकर्ता एकता भएका छैनन्। कांग्रेसभित्र धेरै असन्तुष्टि छ। त्यो मत स्वतन्त्र र मैले पाउँछु। हाम्रो पार्टीमा कुनै असन्तुष्ट पनि छैन। त्यसैले म जित्नेमा ढुक्क छु।’

उनी अहिले आफ्नो पाँच वर्षे सांसद कार्यमा गरेका प्रगति लिएर जनतामाझ मत मागिरहेका छन्। उनी भन्छन्, ‘पाँच वर्षमा मैले राम्रै काम गरेको छु। जनता मदेखि खुसी छन्।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:०७
  • #कैलाली_५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना आइतबार, साउन ३१, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, साउन ३१, २०८३
एभरेस्ट वुमन्स भलिबल लिग असोजमा आइतबार, साउन ३१, २०८३
अपडेट : पहिरो पन्छाएसँगै खुल्यो पृथ्वीराजमार्ग आइतबार, साउन ३१, २०८३
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्