• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

डडेलधुराका हरेक घरमा देउवालाई बिदा गर्ने कुरा भइरहेको छ : कर्ण मल्ल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  १४:३५
1140x725

यतिबेला डडेलधुराका कर्णबहादुर मल्लको चर्चा देशभर छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा उम्मेदवारी दिएपछि त उनको चर्चा झनै चुलिएको छ। 

कर्ण लामो समय देउवाका विश्वास पात्र मानिन्थे। देउवा दोस्रो पटक प्रधानमन्त्री भएपछि मल्लले २०५९ मा प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए। 

तर, २०६२ मा देउवाले मल्ललाई पार्टीबाट साधारण सदस्य नै नरहने गरी निष्काशन गरे। तत्कालीन राजदरबार निकट भएको आरोप लगाउँदै उनी कारबाहीमा परेका थिए। तर केही समयपछि उनीमाथिको कारबाही फुकुवा भयो।

२०६२–०६३ को जनआन्दोलनपछि पुनः मल्ल कांग्रेस प्रवेश गरे। त्यसपछि २०६७ र २०७२ सालमा अधिवेशनमार्फत उनी जिल्ला सभापति भए। कर्ण २०७४ सालको प्रदेश सभा निर्वाचनमा डडेलधुराको क्षेत्र नम्बर ‘ख’ बाट टिकट पाएर विजयी भए। 

उनै मल्लले यस पटक मंसिर ४ मा हुने निर्वाचनमा देउवाविरुद्ध प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। उनलाई डडेलधुरामा नेकपा एसका केन्द्रीय सदस्य तथा अहिलेका सुदूरपश्चिम प्रदेश 'क' का स्वतन्त्र उम्मेदवार डा तारा जोशी समूहको समर्थन छ भने एमाले डडेलधुराले विज्ञप्ति नै निकालेर उनलाई साथ दिने जनाएको छ। डडेलधुरामा देउवालाई चुनौती दिइरहेका मल्लसँग ललित बोहराले गरेको कुराकानी:

चुनावको तयारी कस्तो छ?
अहिले मतदाताको घरदैलोमा गइरहेको छु। उहाँहरूको आशिर्वाद लिइरहेको छु। 

के भन्दैछन् त मतदाता? 
निरन्तर एकै किसिमको स्वाद राम्रो हुँदैन। डडेलधुराको विकासका लागि परिर्वतन आवश्यक छ भन्दैछन्। सबै कुरा अहिले भनेर साध्य छैन। मत परिणामले देखाउँछ। 

तपाईंको उम्मेदवारी देउवालाई हराउनकै लागि हो?
मैले कसैलाई हराउन होइन, यहाँको समस्यालाई आफ्ना मुद्दा बनाएर समाधान गर्नसक्छु भन्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको हुँ। 

nimb
nimb
Ncell 2
Ncell 2

राजनीतिक गुरु देउवा नै हुन् भन्नुहुन्छ। तर उहाँकै विरुद्धमा लड्नुपर्ने अवस्था कसरी आयो? 
मलाई राजनीतिमा उहाँले प्रवेश गराउनुभएको हैन। उहाँको प्रभाव तथा व्यक्तित्वबाट प्रभावित भएर म राजनीतिमा लागेको पक्कै हो। तर मेरो गुरु किसुनजी हुनुहुन्छ। मैलै शेरबहादुर देउवालाई गुरु कहिल्यै मानिनँ। अभिभावक मानेको हुँ। उमेरको हिसाबले अहिले पनि अभिभावक मान्छु।

उहाँको बारेमा मैले जे सुनेको थिएँ, काम गर्दै जाँदा त्यो पाइँन। निकटबाट हेर्दा उहाँ विपरीत दिशाबाट डडेलधुराका मतदाताको मत लिने र मतबाट प्राप्त शक्तिलाई देश, हिन्दु धर्म, यहाँको समाज, यहाँको परिवेश र मतदाताका खिलापमा लगाइरहेको देखें। त्यसपछि मैले उहाँसँग विमति राख्दा पार्टीबाट निष्काशन गर्नुभयो। त्यसपछि बीपी कांग्रेसको सदस्य भएर डडेलधुराका जनतामाझ आएको हुँ। 

पुराना सहकर्मीहरुले साथ छाडेको अवस्थामा तपाईंको जित कसरी हुनसक्छ? त्यसमा स्थानीय सरकार पनि सबै गठबन्धनकै छन्।
२०७४ सालमा पनि दुई कम्युनिस्ट पार्टीबीच प्राकृतिक गठबन्धन थियो। तर डडेलधुरामा परिणाम विपरीत आयो। झन् अहिले कांग्रेस र माओवादीबीचको अप्राकृतिक गठबन्धन छ। यसले १० प्रतिशत मतदाता पनि बाँधिएका छैनन्। एक यो कारणले म जित नजिक छु। 

अर्को, अहिले हरेक घरमा शेरबहादुर देउवाले हामीलाई ढाँट्यो, देउवा हाम्रो हैन, हामी मात्रै उनका लागि प्रयोग भयौँ भन्ने बहस चलिराखेको छ। त्यो बहसको परिणाम पनि यो पटक देउवालाई मत नदिएर सम्मानपूर्वक बिदाइ गर्ने कुरा खुला रूपमा आइरहेको छ। यसबाट थाहा हुन्छ, यहाँका मतदाताले उहाँलाई यो पालि विस्थापित गर्ने तयारी गरेका छन्। 

अर्को कुरा, मेरा पूर्वसहकर्मी कसैले पनि साथ छाडेका छैनन्। मैले राजनीतिक रूपमा ल्याएका केही साथी शेरबहादुर देउवाको सत्ता र शक्तिबाट प्रभावित भएर त्यता लागिरहेका छन्। त्योभन्दा २० गुणाभन्दा बढी हिजो अधिवेशनमा भाग लिएका वडा सभापति, जिल्ला कार्यसमितिका साथी, भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा रुखबाट लडेका धेरै उम्मेदवार मेरो अभियानमा जोडिएका छन्। 

पुराना सहकर्मीले तपाईंलाई पुनः सहयोग गर्छन् त?
देउवाजीले चुनाव जित्ने भए गठबन्धन किन गर्नुहुन्थ्यो? त्यस्तै मसँग जोडिएका साथीहरूलाई किनेर लैजानुपर्ने अवस्था किन आयो होला। मलाईं छाडेका नेता–कार्यकर्ताको तुलनामा उहाँसँग रहेका दर्जनौँ साथीहरू हरेक दिन मसँग जोडिइरहेका छन्। यसले देउवा अब जनताको रहनुभएन भन्ने प्रमाणित गर्छ। जनतामा उहाँको ‘क्रेज’ पनि रहेन, इमेज र विश्वसनीयता पनि रहेन। 

एमालेसँग तालमेलको कुरा भएको छ। स्वयं अध्यक्ष केपी शर्मा ओलीले भाषण गरेरै तपाईंलाई सहयोग गर्न निर्देशन दिएका छन्। तर जिल्ला तहका केही नेताले सहयोग नगर्ने कुरा बाहिर आइरहेको छ। त्यो अवस्थामा एमालेबाट सहयोग पाउनेमा ढुक्क हुनुहन्छ? 

नेकपा एमालेका अध्यक्ष ओलीले जिल्लामा आफ्नो उम्मेदवार नदिएर मलाई सहयोग गर्ने बाचा गर्नुभएको छ। अब आफ्ना अध्यक्षले दिएको निर्देशन यहाँका नेतागणले कति कार्यान्वयन गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो। तर मलाई विश्वास छ, एमालेजस्तो अनुशासित र व्यवस्थित पार्टीले आफ्नो केन्द्रीय अध्यक्षले गरेको निर्णय कार्यान्वयन गर्नु हुनेछ।

यहाँको परिवेशमा मैलै सुरुदेखि नै प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा एमालेका पठानसिंहलाई सहयोग गर्छु। ‘ख’ मा चाहिँ मेरो उम्मेदवार डा तारा जोशी हुनेछन् र एमालेले पनि तारा जोशीलाई समर्थन गर्नुपर्छ भन्ने कुरा अध्यक्ष केपी ओलीसँगको भेटघाटमा गरेको थिएँ। यो कुरा मैल जिल्ला अध्यक्षलाई पनि भनेको हो। वाचा अनुसार ‘क’ प्रदेशमा पठानसिंह बोहरालाई र ‘ख’ मा तारा जोशीलाई सहयोग गरिरहेको छु। 

तपाईंजस्तै देउवाविरुद्ध गुल्मीबाट आएर सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीले तपाईंलाई कुनै असर पर्छ? 
उहाँ पनि नेपाली नागरिक हो। उहाँको उम्मेदवारीप्रति यहाँका राजनीतिक दल विशेषत सत्तारुढ गठबन्धनको तितो टिप्पणी थियो सुरुबाटै। तर उहाँको उम्मेदवारीलाई आमनागरिकले सहज रूपमा लिनुपर्छ भनेर मैले सार्वजनिक रूपमै भनेको थिएँ। यहाँको राजनीतिकर्मी भएकाले मैलै त्यसलाई आफ्नो कर्तव्यका रूपमा लिएको छु। मैले मेरा आठै जना प्रतिस्पर्धीलाई सम्मान गर्छु।

सागर ढकालसँग भएको पटक–पटकको भेटमा मैलै दुवैको लक्ष्य परिवर्तन रहेकाले हामी सँगै उभिनुपर्ने समेत बताएको थिएँ। दुर्भाग्य के हो भने, एउटा इन्जिनियर आउँदा डडेलधुरामा यति चर्चा हुनुपर्ने तर मेरै समर्थनमा रहेका डा तारा जोशीले भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट पीएचडी गरेका छन्। हजारौँ इन्जिनियरलाई पढाउन सक्ने उहाँ उम्मेदवार पनि हुनुहुन्छ तर उहाँको चर्चा नहुनु दुःखद कुरा हो।

अन्त्यमा, तपाईंले डडेलधुरामा तत्काल गर्नुपर्ने के–के काम देख्नुभएको छ? 
जिल्लाका ५२ वटै वडामा पुगेको म पहिलो उम्मेदवार हो। केही ठाउँमा त तेस्रो पटक पुगिरहेको छु। भित्री मधेस क्षेत्रमा पर्ने कसान भन्ने स्थान छ। त्यहाँको बारेमा सम्माननीय प्रधानमन्त्रीलाई पनि थाहा नहोला। कसान जस्तै धेरै बस्ती छन्, जहाँ अहिले पनि बिजुली पुगेको छैन, टेलिफोन टिप्दैन। 

शेरबहादुर देउवाले ३२ वर्षदेखि जितिरहनुभएको छ, तर बिजुली र सञ्चार जस्ता किनेर पाउने सेवाबाट त्यहाँका नागरिक वञ्चित छन्। तर उहाँले अहिले पनि विभिन्न आश्वासन बाँडिरहनुभएको छ। त्यो कुरा पत्याउने अवस्थामा दुर्गम बस्तीका नागरिक छैनन्। तिनै अधुरा योजनालाई पूर्णता दिन मेरो उम्मेदवारी हो।

म पश्चिम सेतीजस्ता ठूला योजनाको आश्वासन दिन्नँ। बाँकी रहेका खानेपानी, सडक, बिजुली, सिँचाइका काम अगाडि बढाएर जिल्लाको सबैभन्दा ठूलो समस्या मदिराजस्ता दुर्व्यसनीको अन्त्य गर्छु। 

यसैगरी डडेलधुराबाट कञ्चनपुर जाने द्रूतमार्गको काम अगाडि बढाउँछु। त्यस्तै जिल्लाका धार्मिक, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउने काम गर्छु। जसले यहाँको बेरोजगारी र गरिबीको अन्त्य गर्न मद्दत गर्नेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १४:३५
  • #चुनाव_२०७९
  • #डडेलधुरा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्