• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

डडेलधुराका हरेक घरमा देउवालाई बिदा गर्ने कुरा भइरहेको छ : कर्ण मल्ल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  १४:३५
1140x725

यतिबेला डडेलधुराका कर्णबहादुर मल्लको चर्चा देशभर छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा उम्मेदवारी दिएपछि त उनको चर्चा झनै चुलिएको छ। 

कर्ण लामो समय देउवाका विश्वास पात्र मानिन्थे। देउवा दोस्रो पटक प्रधानमन्त्री भएपछि मल्लले २०५९ मा प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए। 

तर, २०६२ मा देउवाले मल्ललाई पार्टीबाट साधारण सदस्य नै नरहने गरी निष्काशन गरे। तत्कालीन राजदरबार निकट भएको आरोप लगाउँदै उनी कारबाहीमा परेका थिए। तर केही समयपछि उनीमाथिको कारबाही फुकुवा भयो।

२०६२–०६३ को जनआन्दोलनपछि पुनः मल्ल कांग्रेस प्रवेश गरे। त्यसपछि २०६७ र २०७२ सालमा अधिवेशनमार्फत उनी जिल्ला सभापति भए। कर्ण २०७४ सालको प्रदेश सभा निर्वाचनमा डडेलधुराको क्षेत्र नम्बर ‘ख’ बाट टिकट पाएर विजयी भए। 

उनै मल्लले यस पटक मंसिर ४ मा हुने निर्वाचनमा देउवाविरुद्ध प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। उनलाई डडेलधुरामा नेकपा एसका केन्द्रीय सदस्य तथा अहिलेका सुदूरपश्चिम प्रदेश 'क' का स्वतन्त्र उम्मेदवार डा तारा जोशी समूहको समर्थन छ भने एमाले डडेलधुराले विज्ञप्ति नै निकालेर उनलाई साथ दिने जनाएको छ। डडेलधुरामा देउवालाई चुनौती दिइरहेका मल्लसँग ललित बोहराले गरेको कुराकानी:

चुनावको तयारी कस्तो छ?
अहिले मतदाताको घरदैलोमा गइरहेको छु। उहाँहरूको आशिर्वाद लिइरहेको छु। 

के भन्दैछन् त मतदाता? 
निरन्तर एकै किसिमको स्वाद राम्रो हुँदैन। डडेलधुराको विकासका लागि परिर्वतन आवश्यक छ भन्दैछन्। सबै कुरा अहिले भनेर साध्य छैन। मत परिणामले देखाउँछ। 

तपाईंको उम्मेदवारी देउवालाई हराउनकै लागि हो?
मैले कसैलाई हराउन होइन, यहाँको समस्यालाई आफ्ना मुद्दा बनाएर समाधान गर्नसक्छु भन्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको हुँ। 

Ncell 2
Ncell 2

राजनीतिक गुरु देउवा नै हुन् भन्नुहुन्छ। तर उहाँकै विरुद्धमा लड्नुपर्ने अवस्था कसरी आयो? 
मलाई राजनीतिमा उहाँले प्रवेश गराउनुभएको हैन। उहाँको प्रभाव तथा व्यक्तित्वबाट प्रभावित भएर म राजनीतिमा लागेको पक्कै हो। तर मेरो गुरु किसुनजी हुनुहुन्छ। मैलै शेरबहादुर देउवालाई गुरु कहिल्यै मानिनँ। अभिभावक मानेको हुँ। उमेरको हिसाबले अहिले पनि अभिभावक मान्छु।

उहाँको बारेमा मैले जे सुनेको थिएँ, काम गर्दै जाँदा त्यो पाइँन। निकटबाट हेर्दा उहाँ विपरीत दिशाबाट डडेलधुराका मतदाताको मत लिने र मतबाट प्राप्त शक्तिलाई देश, हिन्दु धर्म, यहाँको समाज, यहाँको परिवेश र मतदाताका खिलापमा लगाइरहेको देखें। त्यसपछि मैले उहाँसँग विमति राख्दा पार्टीबाट निष्काशन गर्नुभयो। त्यसपछि बीपी कांग्रेसको सदस्य भएर डडेलधुराका जनतामाझ आएको हुँ। 

पुराना सहकर्मीहरुले साथ छाडेको अवस्थामा तपाईंको जित कसरी हुनसक्छ? त्यसमा स्थानीय सरकार पनि सबै गठबन्धनकै छन्।
२०७४ सालमा पनि दुई कम्युनिस्ट पार्टीबीच प्राकृतिक गठबन्धन थियो। तर डडेलधुरामा परिणाम विपरीत आयो। झन् अहिले कांग्रेस र माओवादीबीचको अप्राकृतिक गठबन्धन छ। यसले १० प्रतिशत मतदाता पनि बाँधिएका छैनन्। एक यो कारणले म जित नजिक छु। 

अर्को, अहिले हरेक घरमा शेरबहादुर देउवाले हामीलाई ढाँट्यो, देउवा हाम्रो हैन, हामी मात्रै उनका लागि प्रयोग भयौँ भन्ने बहस चलिराखेको छ। त्यो बहसको परिणाम पनि यो पटक देउवालाई मत नदिएर सम्मानपूर्वक बिदाइ गर्ने कुरा खुला रूपमा आइरहेको छ। यसबाट थाहा हुन्छ, यहाँका मतदाताले उहाँलाई यो पालि विस्थापित गर्ने तयारी गरेका छन्। 

अर्को कुरा, मेरा पूर्वसहकर्मी कसैले पनि साथ छाडेका छैनन्। मैले राजनीतिक रूपमा ल्याएका केही साथी शेरबहादुर देउवाको सत्ता र शक्तिबाट प्रभावित भएर त्यता लागिरहेका छन्। त्योभन्दा २० गुणाभन्दा बढी हिजो अधिवेशनमा भाग लिएका वडा सभापति, जिल्ला कार्यसमितिका साथी, भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा रुखबाट लडेका धेरै उम्मेदवार मेरो अभियानमा जोडिएका छन्। 

पुराना सहकर्मीले तपाईंलाई पुनः सहयोग गर्छन् त?
देउवाजीले चुनाव जित्ने भए गठबन्धन किन गर्नुहुन्थ्यो? त्यस्तै मसँग जोडिएका साथीहरूलाई किनेर लैजानुपर्ने अवस्था किन आयो होला। मलाईं छाडेका नेता–कार्यकर्ताको तुलनामा उहाँसँग रहेका दर्जनौँ साथीहरू हरेक दिन मसँग जोडिइरहेका छन्। यसले देउवा अब जनताको रहनुभएन भन्ने प्रमाणित गर्छ। जनतामा उहाँको ‘क्रेज’ पनि रहेन, इमेज र विश्वसनीयता पनि रहेन। 

एमालेसँग तालमेलको कुरा भएको छ। स्वयं अध्यक्ष केपी शर्मा ओलीले भाषण गरेरै तपाईंलाई सहयोग गर्न निर्देशन दिएका छन्। तर जिल्ला तहका केही नेताले सहयोग नगर्ने कुरा बाहिर आइरहेको छ। त्यो अवस्थामा एमालेबाट सहयोग पाउनेमा ढुक्क हुनुहन्छ? 

नेकपा एमालेका अध्यक्ष ओलीले जिल्लामा आफ्नो उम्मेदवार नदिएर मलाई सहयोग गर्ने बाचा गर्नुभएको छ। अब आफ्ना अध्यक्षले दिएको निर्देशन यहाँका नेतागणले कति कार्यान्वयन गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो। तर मलाई विश्वास छ, एमालेजस्तो अनुशासित र व्यवस्थित पार्टीले आफ्नो केन्द्रीय अध्यक्षले गरेको निर्णय कार्यान्वयन गर्नु हुनेछ।

यहाँको परिवेशमा मैलै सुरुदेखि नै प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा एमालेका पठानसिंहलाई सहयोग गर्छु। ‘ख’ मा चाहिँ मेरो उम्मेदवार डा तारा जोशी हुनेछन् र एमालेले पनि तारा जोशीलाई समर्थन गर्नुपर्छ भन्ने कुरा अध्यक्ष केपी ओलीसँगको भेटघाटमा गरेको थिएँ। यो कुरा मैल जिल्ला अध्यक्षलाई पनि भनेको हो। वाचा अनुसार ‘क’ प्रदेशमा पठानसिंह बोहरालाई र ‘ख’ मा तारा जोशीलाई सहयोग गरिरहेको छु। 

तपाईंजस्तै देउवाविरुद्ध गुल्मीबाट आएर सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीले तपाईंलाई कुनै असर पर्छ? 
उहाँ पनि नेपाली नागरिक हो। उहाँको उम्मेदवारीप्रति यहाँका राजनीतिक दल विशेषत सत्तारुढ गठबन्धनको तितो टिप्पणी थियो सुरुबाटै। तर उहाँको उम्मेदवारीलाई आमनागरिकले सहज रूपमा लिनुपर्छ भनेर मैले सार्वजनिक रूपमै भनेको थिएँ। यहाँको राजनीतिकर्मी भएकाले मैलै त्यसलाई आफ्नो कर्तव्यका रूपमा लिएको छु। मैले मेरा आठै जना प्रतिस्पर्धीलाई सम्मान गर्छु।

सागर ढकालसँग भएको पटक–पटकको भेटमा मैलै दुवैको लक्ष्य परिवर्तन रहेकाले हामी सँगै उभिनुपर्ने समेत बताएको थिएँ। दुर्भाग्य के हो भने, एउटा इन्जिनियर आउँदा डडेलधुरामा यति चर्चा हुनुपर्ने तर मेरै समर्थनमा रहेका डा तारा जोशीले भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट पीएचडी गरेका छन्। हजारौँ इन्जिनियरलाई पढाउन सक्ने उहाँ उम्मेदवार पनि हुनुहुन्छ तर उहाँको चर्चा नहुनु दुःखद कुरा हो।

अन्त्यमा, तपाईंले डडेलधुरामा तत्काल गर्नुपर्ने के–के काम देख्नुभएको छ? 
जिल्लाका ५२ वटै वडामा पुगेको म पहिलो उम्मेदवार हो। केही ठाउँमा त तेस्रो पटक पुगिरहेको छु। भित्री मधेस क्षेत्रमा पर्ने कसान भन्ने स्थान छ। त्यहाँको बारेमा सम्माननीय प्रधानमन्त्रीलाई पनि थाहा नहोला। कसान जस्तै धेरै बस्ती छन्, जहाँ अहिले पनि बिजुली पुगेको छैन, टेलिफोन टिप्दैन। 

शेरबहादुर देउवाले ३२ वर्षदेखि जितिरहनुभएको छ, तर बिजुली र सञ्चार जस्ता किनेर पाउने सेवाबाट त्यहाँका नागरिक वञ्चित छन्। तर उहाँले अहिले पनि विभिन्न आश्वासन बाँडिरहनुभएको छ। त्यो कुरा पत्याउने अवस्थामा दुर्गम बस्तीका नागरिक छैनन्। तिनै अधुरा योजनालाई पूर्णता दिन मेरो उम्मेदवारी हो।

म पश्चिम सेतीजस्ता ठूला योजनाको आश्वासन दिन्नँ। बाँकी रहेका खानेपानी, सडक, बिजुली, सिँचाइका काम अगाडि बढाएर जिल्लाको सबैभन्दा ठूलो समस्या मदिराजस्ता दुर्व्यसनीको अन्त्य गर्छु। 

यसैगरी डडेलधुराबाट कञ्चनपुर जाने द्रूतमार्गको काम अगाडि बढाउँछु। त्यस्तै जिल्लाका धार्मिक, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउने काम गर्छु। जसले यहाँको बेरोजगारी र गरिबीको अन्त्य गर्न मद्दत गर्नेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १४:३५
  • #चुनाव_२०७९
  • #डडेलधुरा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्... मंगलबार, माघ ६, २०८२
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयन... मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना ज... मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्