• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नयाँ नेतृत्वलाई इतिहासले सिकाएको पाठ

जेसन देव वैद्य बुधबार, कात्तिक ३०, २०७९  १८:०१
1140x725

२०४६ मा साल व्यवस्था परिवर्तनको हुँदाको एक घटनालाई अहिलेको परिवेशमा ल्याएर जोड्न जरुरी देख्दछु। नयाँ पिडिलाई यसबारे थाहा होला नहोला, तर आज हाम्रो देशको परिवेशलाई हेर्दा त्यस घटनालाई  थाहा पाइरहुन्  सान्र्दब हुनेछ भन्ने लाग्यो। ४६ सालको जनआन्दोलनमा होमिएका दलहरूका शीर्ष नेताहरूलाई स्वर्गीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवबाट राजदरबारमा दर्शन भेट भयो। उक्त दर्शन भेटमा स्वर्गीय राजाबाट आफू जनचाहको कदर गर्दै व्यवस्था परिवर्तनमा राजी भएको कुरा राख्नु हुँदै नेता गणलाई  राज्य व्यवस्था सम्हाल्न दिनुभयो। त्यस क्षणमा दलका नेतृत्वहरुलाई, कसरी गर्ने, केही मेसो थाहा थिएन भन्ने कुरा हामीले पछि आउने दिनमा बिस्तारै थाहा पायौ। हो, आउने दिनमा नयाँ पुस्ताका नेतृत्व यस्तो नहोस्। हाम्रो देशको कतिपय परिवर्तनहरू कसरी कताबाट आए र त्यसले कस्तो असर पार्‍यो। ती परिवर्तनहरूले हाम्रो मुलुकलाई फाइदा पुराए कि नोक्सान, भन्ने कुरामा ज्ञान हुन अत्यन्त जरुरी छ।

समग्रमा भन्नू पर्दा, अहिले विश्व नै अलिक असहज परिस्थितिबाट गुज्रिरहेको अवस्थामा छ। लाग्छ, कि हामी मानव जातिको इतिहासले नयाँ मोड आउने वाला छ। हुन त, विश्वको इतिहासलाई नै हेर्ने हो भने, जहिले पनि कि त युद्ध भइरहेको हुन्थ्यो। कि रोगको महामारी, कि आर्थिक सङ्कट तर अहिलेको परिवेशमा भने यी सबै घटनाहरु एकैपल्ट आइलागेको छ। सबैको मिश्रणले सृजना हुने सङ्कटलाई नै  महासङ्कट, भनिएको हो कि भन्ने लाग्छ। यी सबै परिवर्तन र हाम्रो बद्लिँदो पर्यावरणले मानव जातिलाई नै ठुलो संकट्मा पारेको छ। वातावरणको प्रकोपले पुर्यारउन थालेको क्षति दैनिक समाचार बन्दै छ। समस्या माथि थप समस्याहरू आइलागेको छ। यी परिवेशहरूलाई केलाएर हेर्दा, हाम्रो अस्तित्वको धरातल निकै नाजुक र फितलो अवस्थामा छ।

कुनै वस्तु माथि गएपछि तल खस्नै पर्छ। प्रकृतिको यस बनावटमा अपवाद पनि नहोला। माथि गए पछि, कुनै न कुनै कालखण्डमा तल आउनु पर्छ, प्रकृतिको विरुद्ध हामी जान पनि सक्दैनौ। तसर्थ, राजनैतिक शक्तिमा पनि त्यही लागू हुन्छ भन्ने सकिन्छ। सन १९९० मा  जर्मनीको विशाल पर्खाल ढलेर शीत युद्धको अन्त्य भयो। विश्वमा एउटा मात्र महाशक्तिको स्थापना भयो। दोस्रो विश्वयुद्ध अघि सम्म संसार भरी आधिपत्य जमाएर बसेको बेलायती साम्राज्यलाई उछिन्दै, आफूलाई एकल नयाँ शक्ति केन्द्र स्थापना गराउन लागिपरेकाहरूले अर्को राष्ट्रलाई विफल बनाएर आफू एक मात्र शक्ति भएर उदायो। करिब तीन दशकको यात्राको अब कति सम्म जानेछ।

त्यस  दशकदेखि एकछत्र राज गरिरहेको शक्तिले आज आएर फेरि पुरानो शक्ति सँग फेरि भिडैछ। सोभियत युनियनलाई  ससाना राष्ट्रमा विभाजन गर्दै तिनलाई आफ्नो प्रभावमा पार्दै दक्षिणी प्रशान्तका राष्ट्रहरू सँग साझेदार बनाउँदै जाने रणनीतिमा गए। यसरी अघिसर्दै जानेक्रमलाई निरन्तरता दिँदै जाने क्रमले आज फेरि अर्को मुडभेड सुरु भएको छ। यस  खालको राजनैतिक वेग शताब्दीमा धेरै कम क्षण मात्र आउने गर्छ।

उदाउन थालेको राष्ट्रको नेतृत्वले प्रत्यक्ष युद्धभुमिमा मात्र लडाइ लडिरहेको छैन, आर्थिक र आइटीको आधुनिक तवरबाट पनि लडिरहेका छन्। दशकौँदेखि अप्रत्यक्ष नाकाबन्दीबाट आउँदै गर्दा उसले त्यही तरिकाबाट ढाल्दै आफ्नो अर्थतन्त्रको सञ्जाल बनाउँदै लगेको देखिन्छ। आफैंलाई ऋण मुक्त, प्रशस्त सुनको भन्डार, अमेरिकी डलरभन्दा अरू विदेशी मुद्रा संचित बढी राखेर आफूलाई तयार राखेको देखिन्छ, सबै हेर्दा लाग्छ कि यो हाम्रो यात्रा निकै लामो हुनेवाला छ। हाल अन्तर्राष्ट्रिय व्यापारको लागि नयाँ स्ट्यान्डर्ड स्थापना गरेका छन्। जसमा ब्राजिल, रुस, भारत र चाइना जस्ता आर्थिक र सैन्य रूपमा शक्तिशाली छन्। यसले विश्व व्यापार, अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउने निश्चित छ। हामी जस्तो सानो राष्ट्रलाई यसले कस्तो असर पार्ला, त्यो बुझ्न जरुरी छ।

३० वर्ष अगाडि आएको शक्ति ध्रुवीकरणको बेगले हाम्रो देशमा संवैधानिक राजतन्त्र व्यवस्था स्थापना भई, पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो। आज आएर बदलिँदो अन्तर्राष्ट्रिय माहौलले हाम्रो जस्तो सङ्क्रमणकालीन अवस्थाबाट बाहिर निस्कन नसकेको देशलाई झनै असहज परिस्थितिमा धकेल्न थालेको भान हुन्छ। गतिहीन राजनैतिक नेतृत्वले देसलाई अनिश्चित भविष्यमा डोराउँदै, एउटा असफल राष्ट्र बनाउला भन्ने डर लाग्छ। हेर्दा हेर्दै श्रीलङ्का, लेबनान, अफगानिस्तान जस्ता राष्ट्र ढलेको देखेर त्यो परिस्थिति हाम्रो नआउला भन्ने सकिन्न। हाम्रो लथालिङ्ग आन्तरिक व्यवस्थापन, समस्याहरूले  गिजोलिँदै लगेको समाज, दिशाहीन नेतृत्वले आउने समस्याहरू कसरी पार लगाउला भन्ने प्रश्न सधैँ मेरो मनमा आउने गर्छ।

तर,अहिलेको परिस्थितिको बारे नयाँ पुस्ताको सोच अलि भिन्नै रहेको पाए। ६२÷६३ को आन्दोलनलाई कुन तरिकाले बुझे, त्यसबाट बनेको मानसिकताले आन्तरिक र बाह्य परिवेशबाट नियालेर हेर्दा, कति विषय बस्तु, ऐतिहासिक घटनाहरू  र त्यसबाट सृजित अवस्थालाई गहिराइमा बुझ्न अत्यन्त जरुरी ठान्दछु। अझ, भावी नेतृत्वले यी यावत कुराहरूका कारण र कारक  बुझ्न अपरिहार्य छ।

नागरिकहरूले धैर्यता गुमाउँदै गरेको अवस्थामा राजनैतिक क्षेत्रमा प्रवेश गरेका नयाँ अनुहारहरू र उनीहरूले  साथमा आएको नयाँ ऊर्जा, बिचार र क्षमताहरूबाट केही नागरिकहरू आशावादी भएका छन्। तर यी समस्याहरूका बारेमा नयाँ पीढीका नेतृत्वले बुझ्नु पर्ने र समाधानका उपायहरूबारे जानकार छन् कि छैनन्। त्यसले हाम्रो राष्ट्रको भविष्य निर्धारण गर्ने भएको हुनाले, यी विषयमा जानकार हुन अत्यन्तै जरुरी छ।

Ncell 2
Ncell 2
nimb
nimb

यदि व्यवस्थापन राम्रो हुँदाको बेला, हस्तान्तरण प्रक्रियाले, अर्कै वेग समात्छ, रफ्तार फरक हुन जान्छ र आफ्नो लक्ष तिर अझ गतिशील हुन थाल्छ। तर, हाम्रो यथार्थ भने लथालिङ्ग, झर्दै, भत्कँदै गरेको अवस्थामा छ। हामीले तुरुन्तै उपयुक्त ठाउँमा  टेको लगाएनौ भने, गर्लम्मै भत्किन धेरै बेर लाग्दैन।

यसैले कता कता टेको लगाउनु पर्ने हो र पुनर्निर्माण कसरी कताबाट थालनी गर्नु पर्ने हो भन्ने विषयमा प्रस्ट मार्ग चित्र हुन आवश्यक छ। जति ढिलो हुन्छ त्यति धेरै क्षति हुन्छ। समस्याहरू झन् झन् गिजोलिँदै जान्छ। २०४६ साल देखि आज सम्म आउँदाको परिस्थितिलाई हेर्ने हो भने हाम्रो नयाँ पुस्ताले आफ्नो देशमा भविष्य देख्न छोडी सके, र उनीहरू पलायनको हुने क्रम तीव्र। ‘आज हामीले कस्तो अवस्था सृजना गर्‍यौँ त?  के हाम्रो गन्तव्य यस्तै परिस्थिति ल्याउनु थियो ?  आगामी दिनमा पनि हामी यही तरिकाबाट अघि बढ्यौँ भने हामी कता पुग्छौ होला? राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहले भन्नू भएको एउटा वाक्य यहाँ राख्दै छु हरेक उपलब्धिहरू परिवर्तन हुन तर हरेक परिवर्तन उपलब्धि हुन सकेनन्।’ यो कुरा आज आएर स्थापित भएको छ। ६२÷६३ को आन्दोलन पछि देशको अवस्था र राज गरेका नेतृत्वहरूको जीवन स्तरमा आएको आमूल परिवर्तनलाई मात्र हेर पनि पुग्छ।

हाम्रो आन्तरिक र बाहिरी समस्या जसरी विकसित हुँदै गएका, ती मध्ये केही समस्याहरू माथि हाम्रो पक्ड भन्दा बाहिर छ। हाम्रा आन्तरिक समस्याहरू अन्तर्राष्ट्रिय राजनीतिको परिस्थिति र परिवेशबाट सृजित हुँदै जानेछ भन्ने कुरामा दुई मत नहोला।  अन्तर्राष्ट्रिय परिवेश र त्यसबाट सृजना हुने परिस्थितिले कसरी हाम्रो राष्ट्रको भविष्य निर्धारण गर्छ भन्ने कुरामा विशेष सजगता अपनाउनु पर्ने हुन्छ। हुन त विगतमा पनि हुँदै आएको थियो र भविष्यमा पनि हुने त्यस्तै नै हो। संसारमा आज जुन किसिमको आधुनिक सञ्जाल बनेको छ, जहाँ हरेक देश कोही न केहिरुपमा अर्को देश सँग परनिर्भर छ। यस किसिमको स्वथामा हामी आफ्नो कूटनैतिक सम्बन्धलाई संतुलमा राख्न अत्यन्तै जरुरी छ। आउने दिनलाई मध्यनजर गर्दै हामी सके सम्म छिटो, आत्मनिर्भर हुँदै जानु, बाहेक अरू केही उपाय बाकी देखिन्न। त्यसको लागी गर्नु पर्ने कामहरू तुरुन्तै  सुरु गर्नु पर्छ। किनकि समस्या जटिल हुँदै गइरहेको छ।

४६ साल देखि आज सम्म आउँदा जस्तो जस्तो घटनाहरू घट्दै गए, त्यसबाट हामीलाई धेरै कुराहरू बुझन सक्छौ। घटना पछि, बदलिँदै गरेको परिवेश र त्यसबाट घटेका अरू घटनालाई आधार मान्दै जाने हो भने, त्यसले धेरै विषय बस्तुलाई बुझन मद्दत गर्छ। हेर्दै जाने हो भने, २०४६ सालको व्यवस्था परिवर्तन पछि, हाम्रा दुई विशाल छिमेकी देशहरू भूमिका, हामी माझ ओभानो हुन थाले। त्यो भन्दा पहिले त्यतिको सक्रिय भएका कुराहरू बिरलै थाहा हुन्थ्यो। हो, हुन त त्यति बेला आजजस्तो अत्याधुनिक जवाना थिएन र समाचार थाहा नपाएक्क भनौला तर, यी धेरै कुराहरू लिखित रूपमा आउने गर्दैनन्। जसरी यहाँ व्यवस्था परिवर्तनको क्रममा देखिएको सक्रियताले हाम्रो अर्को छिमेकी बिस्तारै सशङ्कित हुन थाले र उ आफू पनि अलि सक्रिय हुन थाले। बितेको ५ वर्षमा बाहिर आएका घटनाहरूले त्यो व्यवहार कुन हद सम्म भैसकेको रैछ, भन्न सक्छौ। विदेशीहरू  राती प्रधानमन्त्री निवासमा निर्धक्क जान्छन् भने, अब हामी आफै अडकल लगाउन सक्छौ कि हाम्रो विदेशी नीति र नैतिकता कस्तो छ।

४६ सालको आन्दोलन पछि, एउटा छिमेकी आफ्नो पूर्व निर्धारित नेतृत्वले सृजना गरेको पथ अनुसार चल्दै गए  र अर्को छिमेकी, आफ्नो छिमेकको भूमिमा बसेर आफू विरुद्ध केही क्रियाकलाप गर्ला भनेर सशङ्कित हुन पुगे। यो समय संसारको एक मात्र शक्तिले  हामीलाई हाम्रो छिमेकीको आँखाबाट हेर्दथे। त्यही खालको बिश्वास पनि दिलाउन उनीहरू सफल भएका थिए। हुन त इतिहासमा रुसकै नजिक मानिए पनि त्यति बेला त्यहाँका नेतृत्वले आजको भारत बनाउन  जग स्थापना गर्न थालिसकेका  थिए। उनीहरूलाई आफ्नो, देश बनाउन ठुलो पुजी चाहेको थियो। आफ्नो देशको लागि लगानी ल्याउनु थियो। आफूले लिएको आड नै नरहे पछि उ सँग पनि त्यो भन्दा अरू कुनै बाटो नै थिएन। तर, भविष्यको कुनै समयमा आएर, हेर्ने दृष्टिकोण फरक होला भन्ने हिसाब नगरेको हो कि, भन्ने लाग्छ। अपत्यारिलो तरिकाले आफ्नै आँखा अगाडि आएर दरिलो जरा गाडे पछि मात्र थाहा पाए, उनीहरूलाई धोका भयो भनेर। क्रान्तिकारी नेताको भाषालाई सापटी लिएर भन्नू पर्दा “ ढाडमा टेकेर टाउकोमा हन्ने“, हुन त त्यसतै भएको छ अहिले।

पछिल्लो समय माइक्रो व्यवस्थापन गर्दा गर्दा आजित भए। हाल उनीहरू आफ्नो राष्ट्र स्वार्थको लागि चाहिने तरिकाबाट मात्र व्यवस्थापन गर्न थालेका छ्न। भद्रगोलबाट बाहिरै बस्ने निधो गरे। एक जना पूर्व निर्वाचन आयुक्तले खुल्ला रूपमा भन्नू भएकै छ, कस्ता कस्ता काम लिएर हाम्रा नेताहरू  पुग्दथे भनेर। यसबाट सजिलै अनुमान लगाउन सकिन्छ कि सुरुवात तिर उनीहरू कति सक्रिय थिए। पहिले बाटो त खुल्लै नै थियो होला। यति हुँदा हुँदै, इतिहासकै कालो दिन “दरबार हत्याकाण्ड“ भयो। त्यसपछि गृहयुद्ध झन् चर्किन थाल्यो। आज आएर थाहा भयो कि  हत्याकाण्ड हुन अलि अगाडि दरबारको पहलमा त्यस बेलाका बिद्रोहीहरु सँग कुरा धेरै अगाडि बढी सकेको थियो। शरणार्थी रूपमा बसिरहेकाहरूले धोका दिन लागेको त थाहा पाइहाले होलान्। जबकि हाम्रो भन्दा उनीहरू गुप्तचर निकाय  निकै सक्रिय छ्न। आफ्नो देशको कुराहरूलाई गम्भीरता पूर्वक लिन्छन्।

मूलधारका राजनीतिक दलहरूले चरणबद्ध सडक आन्दोलन गर्दै थिए। काठमाडौंमा १८ चरण सम्म पुगेको असफल आन्दोलनलाई नागरिकहरू वास्ता नगरेकाले थकित हुँदै थिए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अघि सरेको आन्दोलन, फलतः बाह्र बुँदेमा आएर टुङ्गो लगाए। यी सबैको बाबजुद अहिले आएर आफूहरूले शरण दिएको “ठुलो भुल भएको“ भन्ने कुरा वहाँहरू कै सञ्चार माध्यममा आएकै हो। कटुवाल प्रकरणको बेला सार्वजनिक भएको भिडियो हात पार्न जो कहिले सक्दैन। समय अनुकूल पारेर सार्वजनिक भएको हेर्दा नै बुझ्न सकिन्छ कि, समय सापेक्ष रूपमा चलाएको हतियार थियो। खुल्लमंचबाट छिमेकी मुलुक सँग सुरुङ युद्ध  गर्नेको मुखमा ताला लगाउन त्यो शक्ति सफल भए। हुन त, यस व्यवस्थाको सृजनाकारले यस व्यवस्थाको सुरुवातमा नै हातमा हिरा जडित१७–१८ लाख पर्ने धडी र ५०–६० हजार जाने पेनको हस्ताक्षरबाट सुरु भयो थियो। जुन सिद्धान्तले प्रेरित भएर युद्धमा होमिनु भयो, त्यसमा वहाँ टिक्न सक्नु भएन। जसरी आमूल परिवर्तन वहाहरुको जीवनमा आयो बाकी देश र नागरिकहरूको जीवनमा आएन।

आज हाम्रा नेतृत्वले के के गरेका रहेछन् त, हिजो साथ दिएकोमा आज आएर पछुतो मानिरहेका छन् त?  आफूले साथ दिएको परिवर्तनको फल आफूले सोचेको जस्तो नभएको कारणले नै होला, अहिले उनीहरूले बिश्वासधात भएको बुझेको हुन सक्छ नि हैन र? संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी  हुँदा वहाँहरूको चासोको विषय सम्बोधन नभएको कुराहरू आज हामीले सजिलै आंकल गर्न सक्छौ। वहाँहरूको हालको नेतृत्वको धार्मिक आस्था जति गहिरो लगाव छ, लगभग त्यसै विषयसँग सम्बन्धित हुन सकिन्छ जस्तो लाग्छ। हाम्रो समाजमा जसरी ती शक्तिहरू स्थापना भए त्यसरी नै वहाँको सिमाना तिर हुँदै आफ्नो भुमरीमा स्थापित गर्न थाले। हाम्रो छिमेकीहरूको होस हवास तब उड्यो जब हाम्रा नेताहरू ट्याक्सी जस्तो बने। पैसा र शक्तिको लागि, जे पनि गरिदिने। हिजो आफ्नो नजरबाट हेर्नेहरू नै, आज त्यही आएर अड्डा जमाए। हाम्रो देशको अन्तर्राष्ट्रिय कूटनैतिक आधारलाई धरापमा पर्दै युद्धमा एउटा समूहलाई साथ दिए।

आजको परिवर्तनको लहर सुरु, रुस युक्रेन युद्ध सुरु हुन केही समय अगाडी नै सुरु भएको थियो। यी दुई शक्तिको अप्रत्यक्ष “प्रोक्सी वार“ केही समय अगाडि सुरु भई सकेको थियो। यो युद्धको परिणामले संसार बहु ध्रुवीकरणको सृजना गर्ने छ। तर प्रत्यक्ष रूपमा आज छर्लङ्ग हुदैछ। ध्रुवीकरणको यात्रा आरम्भ भएको छ। दक्षिणी प्रशान्त क्षेत्रको अवस्था पनि उतिकै नाजुक छ। अप्रत्यक्षता आर्थिक र सामाजिक युद्ध त आरम्भ त भई सक्यो। अब, आफ्नो समय अनुकूल पारेर, सायद आउने हिउँद तिर केही हुन सक्ला केही। यो सुरु भएको यात्रा कुनै बिन्दुमा गएर त रोकिन्छ। तर, जुन यात्राको दौरान दिनहरू हुन्छन्, त्यो चाहिँ निकै कठिन हुनेछ। दोस्रो विश्व युद्धका दिन भन्दा पनि धेरै गाह्रो हुन्छ। दोस्रो विश्व युद्ध ताका संसारमा यस्तो आधुनिक सञ्जाल थिएन। त्यो बेला हामी पनि आत्मनिर्भर थियौ तर, अहिले परनिर्भर छौ। यति फरकले नै हाम्रो अवस्था कस्तो होला भनी आंकल्न गर्न काफी छ।

के अब हाम्रा छिमेकीले आफूले गरेको भुल सुधार गर्न यही समय उपयोग गर्ला त? ध्रुवीकरणको वजन र आफ्नो राष्ट्रको स्वार्थ बारे सोचेर निर्णय गर्नेहरूले हामी जस्तो गतिहीन र गन्तव्य विहीनहरू नेतृत्वले जसरी निर्णय गर्दैनन्। उनीहरूको लक्ष्य प्राप्त गर्नलाई पहिले नै मार्ग बनाएका हुन्छन्। एउटा सतरंझको खेलाडीको लागि हाम्रा नेतृत्व अगाडि पङ्क्तिमा पर्ने एउटा गोटी मात्र हुन।

स्वर्गीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाह देव बाट भनी बक्सेको कुरा याद आयो। “हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ, हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्दछ, अनि हाम्रो संस्कृति सभ्यता मेटिए हामी पनि मेटिन्छौ“। आज जसरी हाम्रो रीति रिवाज लोपोन्मुख हुँदै गएको र त्यसलाई नयाँ नयाँ रुपरंगमय बनाएको देख्दा हाम्रो सभ्यतालाई नै ठुलो खतरा मानेको हो कि भन्ने लाग्छ। ६० को दशक ताका द्वन्द्व, आर्थिक सङ्कटलाई पार्गर्दै, भित्र देखी उकुसमुकुस भएका जातिहरू हाम्रो यो प्रान्तमा घुम्न आएका थिए। हाम्रो जीवन शैली, हाम्रो आनन्दमय जीवन, हाम्रो पारिवारिक संसकार, रीति रिवाज कस्तो लाग्यो होला उनीहरूलाई। आज पनि देख्न सकिन्छ, वहाँहरू हाम्रो देश आएर फर्कन मन लाग्दै भन्छन्। उनीहरूको समाजमा  १८ वर्षको हुँदादेखि आर्थिक भार जिन्दगीभर थुपारेको हुन्छ, पढाइ, धर, गाडी सबै थोक ऋणमा नै हुन्छ, दुई महिना जागिर भएन भने घरवर विहीन भइन्छ। त्यो मानसिक तापक्रमको मानिसले हाम्रो जस्तो जीवन त सोच्न पनि सक्दैन।

ती जातिहरूलाई संभवत हाम्रो सभ्यता, हाम्रो जीवन शैली, प्रकृति सँगको मिलेर बनेको हाम्रो जीवन, आफ्नै तरिकाको औषधि उपचार आदि देखेर अचम्म नै भएको हुनुपर्छ। जीवन जिउने अर्को तरिका देखेर यतै रमाउन थाले। ठुलो धक्का उनीहरूलाई तब लाग्यो, जब उनीहरूले हाम्रो सभ्यताको आध्यात्मिक पाटो देखे। उनीहरूलाई त अनौठो नै लाग्यो होला। उनीहरूको जीवनमा त त्यस बारे चेतना पनि थिएन। अध्यात्मले उनीहरूमा नयाँ आयाम नै प्रारम्भ गर्‍यो। आउने जाने क्रम बढ्दै गय्क। यो दशकमा त्यस भेगका ठुला ठुला व्यक्तित्वहरू आएर। कोही हस्तिहरू रवि शङ्कर सँग सिक्दै थिए भने, कोही धार्मिक आश्रममा जिन्दगी बिताउँदै थिए। कस्ता कस्ता कलाकार हाम्रो देशमा पनि आएका कुरा आज हामी सुन्न सक्छौ। हाम्रो प्रत्यक्ष संलग्नता बिना नै, उनीहरूको समाज नै बिस्तारै परिवर्तन हुन् थाले। न त पुरै हामी भए न त उ पुरै आफू जस्तो नै। दुवैको मिश्रणले “हिप्पी“ बने। शान्ति र लभ (माया) त उनीहरूको थेगो नै बन्यो। आज त्यो देशमा त्यस्तो नागरिक भए के हुन्थ्यो होला?

यस्ता धेरै परिस्थिति परिवेशहरू छन्। हाम्रो भौगोलिक अवस्था अरूको लागि आफ्नो स्वार्थ सिद्ध गर्न उपयुक्त स्थान हुनसक्ने कुरालाई ध्यानमा राखी  अन्तर्राष्ट्रिय कूटनैतिक सन्तुलन, छिमेकी मुलुकहरू सँगको सम्बन्ध, विश्वास, सरोकार र सुरक्षाका विषय बुझ्न जरुरी छ। अबको हाम्रो बाटो भनेको आर्थिक स्तर उन्नति नै हो। औद्योगिक आन्दोलन गर्दै  देसलाई आत्मनिर्भर र निर्यात मुखी बनाऊ पर्ने नै हिन्छ। मानव स्रोत विकास र त्यसका लागि चाहिने संरचना र जनशक्ति र भविष्यको बजार बारे खोज अनुसन्धान, आफ्नै आविष्कार गर्न सुरु गर्नु पर्छ। आफ्नो भिन्नता, विमतिहरू होलान्, ती कुरालाई सुल्झाउँदै गर्दा अर्थतन्त्र र आर्थिक अवस्था सुधारलाई नगिजलौँ। अब अगाडि बढौँ र आउने पुस्ताले गर्व गर्न सक्ने देश र समाज बनाऊ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नयाँ नेतृत्वलाई इतिहासले सिकाएको पाठ
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्