काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस दोस्रो शक्ति बन्ने भविश्यवाणी गरेका छन्। सुनसरी लौकहीमा बुधबार चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
ओलीले कांग्रेस इतिहासमै कमजोर भएको र अरुको साहारा लिन परेको भन्दै व्यंग्य गरे।
‘नेपाली कांग्रेसको दोस्रो शक्ति हो। आफैँ उम्मेदवार उठाउने शक्ति छ्रैन’, उनले भने, ‘काग्रेस माकुरा झै पर–पर खुट्टा टेकेर हिडेको जस्तो भएको छ।’
उनले माकुराको तौल नभएजस्तै अब कांग्रेसको पनि हुने दाबी गरे। कांग्रेसले जम्मा एउटा सिट भएको राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको भन्दै कमजोर भएको उनले दाबी गरे।
ओलीले एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी नै नबन्ने ठोकुवासमेत गरे। उनले लोसपाले प्रत्यक्ष तर्फ एक सिट पनि जित्न मुस्किल भएको दाबी पेश गरे। त्यसैले जसपा समयमै बूढो रुख छोडेर सूर्यको न्यायोमा आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।