काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाएका छन्।
बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गच्छदारमाथि मतपत्र लुटेको आरोप लगाएका हुन्।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका गच्छदार यसपटक चुनाव जितेर गएपनि संसद् भवन छिर्न नपाउने भन्दै ओलीले आफ्नो मत ‘खेर नफाल्न’ मतदातालाई आग्रह गरे।
गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेको र निलम्वित व्यक्ति भएकाले उनको प्रतिस्पर्धी भगवती चौधरीलाई जिताउन ओलीले आग्रह गरे।
‘विजय गच्छादारालाई मैले हैन आफ्नै कामले भ्रष्टाचार मुद्दा लागेको हो,’ ओलीले भने, ‘यहाँका जनताले गच्छादारालाई जिताएर पठाए भने पनि सपथग्रहण नै हुँदैन। संसद्मै प्रवेश गर्न पाउँदैन, के तामासा गर्ने।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।