• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

‘स्वतन्त्र कार्ड’ले आस र त्रासमा रुमलिएको उदयपुर–२

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  ०९:४२
1140x725

उदयपुर– सिट बाँडफाँटका सन्दर्भमा सत्ता गठबन्धनमा लामो रस्साकस्सीका बीच उदयपुर- २ आफ्नो भागमा पारेपछि एकीकृत समाजवादी उत्साहित बनेको थियो। गत स्थानीय चुनावमा देखिएको उत्साहजनक मत र त्यसमाथि गठबन्धनको समर्थन हुने भएपछि यो क्षेत्र समाजवादीका लागि ‘ग्रीन जोन’ देखियो।

२०७४ को चुनावमा जित हासिल गरेको उक्त क्षेत्र यसपटक पनि आफ्नै भागमा पार्न माओवादी केन्द्रले पनि लामै जोडबल गरेको थियो। यस क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्य सुरेशकुमार राई (हिमाल) ले अन्तिमसम्म पनि आफ्नो दावी नछाडेपछि केन्द्रबाटै हस्तक्षेप गरेर समाजवादीलाई टिकट दिइएको थियो।

समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा आफ्नो निर्वाचन क्षेत्र पुग्दा निकै उत्साहित देखिए। उत्साहित हुनु पनि स्वभाविक थियो। गत वैशाखमा भएको स्थानीय चुनावको परिणामलाई केलाउँदा उनी सहज जितको नजिक देखिएका थिए।

तर, अहिले स्थिति बदलियो। ग्रिन जोनमा देखिएका खतिवडा अहिले ढुक्क हुने अवस्थामा छैनन्। गठबन्धनबाट खतिवडाले टिकट पाएपछि असन्तुष्ट बनेका क्षेत्र नम्बर २ का कांग्रेस नेता रामकुमार राईले स्वतन्त्र उम्मेदवारी दिए।

उम्मेदवारीपछि दसैंको मुखमा आफ्नो निर्वाचन क्षेत्र पुगेका खतिवडाले कटारी बजारमा रहेको गठबन्धनको सम्पर्क कार्यालय अगाडि स्थानीय शुभचिन्तकसँग सल्लाह माग्दै भने- उम्मेदवारी त दिइयो अब के चाहिँ गर्नु पर्ला?

सायद खतिवडाले ती शुभचिन्तकबाट कुनै विकासे अजेण्डाहरु आउने अपेक्षा गरेका थिए। तर शुभचिन्तकको सल्लाह भने अनपेक्षित आयो। ‘पहिलो कुरा त रामकुमारलाई उम्मेदवारी फिर्ता गराउन लगाउनूस्। बाँकी कुरा त्यसपछि गरौंला,’ शुभचिन्तकले खतिवडालाई सुझाए। 

‘त्यो त छँदैछ’ भनेका खतिवडालाई उनै शुभचिन्तकले दिएको सुझाव पूरा गर्न नसक्दा आससँगै त्रास पनि देखिएको छ। ‘रामकुमार फ्याक्टर’ ले खतिवडाको संसद् छिर्ने सम्भावना के हुन्छ भन्ने अन्योल पारिदिएको छ।

सुरुवाती क्रममा एक पक्षीय देखिएको उदयपुरको क्षेत्र नम्बर २ रामकुमार राईको स्वतन्त्र उम्मेदवारीले अहिले निकै रोचक प्रतिस्पर्धा हुने संघारमा पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेबाट छुटिट्एपछि पहिलो पटक केन्द्रीय चुनावमा आफ्नो स्थानको मूल्यांकन गर्न निर्वाचनमा होमिएको एकीकृत समाजवादीलाई दावी गरेजस्तो सजिलो छैन। प्रदेश १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा २ स्थान पाएको समाजवादीलाई उदयपुर- २ मा दावी गरेजस्तो जित हात पार्न सहज  छैन।

१० जना दलका र २ स्वतन्त्र गरी १२ जना उम्मेदवार रहेको यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार राईको अवस्था पनि राम्रो रहेकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। 

पार्टीको उपमहासचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका खतिवडालाई यस क्षेत्रमा सत्ता गठबन्धका कांग्रेस र माओवादी केन्द्रले सघाउने सहमति छ। 

भर्खरै जन्मिएको पार्टीको संगठन कमजोर भए पनि कांग्रेस र माओवादीको समर्थनमा आफू सहजै चुनाव जित्ने दावी खतिवडाले गरेका छन्। सत्ता गठबन्धन कायम रहने र समाजवादीका माथिल्लो तहका नेता भएकाले खतिवडाले मन्त्री भएर यस क्षेत्रमा विकास गर्ने आश्वासनका साथ गठबन्धन निर्वाचनको प्रचारमा दौडिएको छ। तर खतिवडालाई त्यति सजिलो भने छैन। 

सत्ता गठबन्धन र पार्टीमै पटकपटक विद्रोह गरेका कांग्रेसका पुराना नेता रामकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएपछि यस क्षेत्रमा कसले बाजी मार्ने हो भन्ने आकलन गर्न गाह्रो छ।

कांग्रेसको क्षेत्रीय सभापति भइसकेको, २०५४ सालमा कटारी गाविसको चुनाव जितेर लगातार जनताको काममा लामो समय काम गरेकाले आफ्नो जित सुनिश्चत रहेको राईको दावी छ। जनताको मनोभावनालाई पार्टीहरुले घात गरेपछि आफू मैदानमा आएको र इमान्दार कांग्रेस कार्यकर्ताको सहयोग भएकाले चुनाव जित्ने उनको दावी छ। गठबन्धन दल कांग्रेसको समेत केही भोट राईले काट्ने देखिएपछि यस क्षेत्रको चुनावी परिणाम अनपेक्षित आउन सक्ने आकलन गरिएको छ। 

२०५६ सालमा चुनाव जितेर गए पनि त्यसपछि यस क्षेत्रमा नफर्किएको र विकासमा चासो नदिएको आरोप खतिवडामाथि छ। लामो समय राजनीतिमा क्रियाशील खतिवडा जनतामाझ आइनपुगेको दावी गर्दै नेकपा एमालेले यस पटक खतिवडालाई हराउन सहज भएको दावी गरेको छ।

एमालेबाट यस क्षेत्रमा प्रदेश सचिवालय सदस्य अम्बरबहादुर रायमाझीले उम्मेदवारी दिएका छन्। बागी उम्मेदवारी दिएका राईले गठबन्धनको मत काट्ने र खतिवडाको मत यस क्षेत्रमा नभएकाले आफ्नो जित सुनिश्चित रहेको रायमाझीको दावी छ। 

उदयपुर- २ मा माओवादीका पालिका प्रमुखका उम्मेदवारले ल्याएको कुल मत ८ हजार १४३ छ। त्यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ल्याएको कुल मत ४ हजार ९६४ छ भने कटारी नगरपालिकामा उपमेयरमा मात्र उम्मेदवारी दिएको समाजवादीले ३ हजार ७२३ मत ल्याएको थियो। 

एउटा पालिकामा उम्मेदवारी दिएको कांग्रेसले ६ हजार ४१७ मत ल्याएको थियो। एमालेले कुल १६ हजार ५१४ मत ल्याएको थियो भने गठबन्धनले ल्याएको मतको अंकगणित गर्दा एमालेभन्दा गठबन्धन ६ हजार ७११ मतले अगाडि छ।

५ स्थानीय तहमध्ये यस क्षेत्रमा ४ गाउँपालिका र एक नगरपालिका छन्। जसमा जम्मा ९३ हजार ४ सय २१ मतदाता छन्। यी मतदाताको मन जित्दै प्रतिनिधि सभामा जाने तयारीका लागि निर्वाचनमा होमिएका यी तीन उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने आकलन गर्न सकिने अवस्था छैन।

आ-आफ्नै दावी रहे पनि तीनै उम्मेदवारले मतदातासमक्ष नयाँ र फरक चुनावी नारा र प्रतिवद्धता ल्याउन सकेका छैनन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०९:४२
  • #चुनाव_२०७९
  • #उदयपुर २
  • #स्वतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्