• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गोरखा १ : आशावादी गठबन्धन, ४० हजारको अन्तर निस्तेज पार्ने रणनीतिमा एमाले

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ३०, २०७९  ०८:५४
1140x725

काठमाडौं- यतिखेर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। उक्त भिडियोमा बच्चा लिएर बारीमा कोदो टिपिरहेकी महिलासँग उम्मेदवारले ‘भोट हाल्न नसके जानु पर्दैन’ भनेर संवाद गरेको देखिन्छ।

यसरी महिलासँग कुराकानी गर्ने व्यक्ति हुन्, गोरखा– १ का नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं।

बजगाईं– कोदो टिपेको, नल काटेको?
महिला– कोदो टिपेको।
बजगाईं– दुःख छ?
महिला– दुःख छ।
बजगाईं– हामी त भोट माग्न आएको। यति सानो नानी रहेछ, कसरी आउनु। नसके नआउनु है।
महिला– हस्।

मंसिर ४ गतेको निर्वाचनमा आफू रुख चिह्नबाट उठेको भन्दै परिचय दिन्छन् अनि मत मागेर हिँड्छन् बजगाईं।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छोडेर गोरखा गएपछि यो जिल्ला चर्चाको केन्द्रमा छ। प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बनेपछि गोरखा– १ भने ओझेल परेको छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट बजगाईं र नेकपा एमालेबाट रामशरण बस्नेत उम्मेदवार छन्। उनीहरु दुवै परिचित प्रतिस्पर्धी हुन्।

२०७४ सालको निर्वाचनमा यही क्षेत्रको प्रदेश सभा खमा प्रतिस्पर्धा गरेका उनीहरुमध्ये बस्नेतले बाजी मारेका थिए। बजगाईंले ५ वर्षअघिको हारको बदला लिनु छ भने बस्नेत जितको दबदबा कायमै राख्ने चुनौतीका साथ मैदानमा छन्। 

गण्डकी प्रदेश सभामा मन्त्री समेत भएका बस्नेत बाटो नै नभएको स्थानमा पुल बनाएको भन्दै चर्चा र विवादमा पनि परेका थिए।

२०७४ सालको निर्वाचनमा बस्नेतले १६ हजार ६५६ मत पाएर विजयी भएका थिए भने बजगार्इंले १३ हजार १ मत पाए। उक्त निर्वाचनमा प्रतिनिधि सभातर्फ कांग्रेसका चिनकाजी श्रेष्ठ उम्मेदवार थिए भने वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीले हरिराज अधिकारीलाई साझा उम्मेदवार बनाएका थिए। प्रतिनिधि सभामा माओवादी केन्द्रका अधिकारीले जित हात पारेका थिए।

Ncell 2
Ncell 2

यस पटकको निर्वाचनमा ठिक उल्टो भएको छ। नेकपा एमाले एक्लै लडेको छ भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर निर्वाचनको मैदानमा छन्। यसको फाइदा उठाउँदै जित हात पार्ने दाउमा बजगाईं रहेका छन् भने उनलाई रोकेर प्रदेशबाट प्रतिनिधि सभामा उक्लिने रणनीतिमा बस्नेत छन्। 

स्थानीय मत ४० हजारको फरक
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गोरखा– १ मा नेपाली कांग्रेस पहिलो छ। कांग्रेसले २७ हजार ८४ मत पाएको छ भने माओवादी केन्द्रको २५ हजार ४७२ मत छ। दुई दलको मत परिणामसहित नेसपा र समाजवादीको मत जोड्दा ५५ हजारभन्दा बढी मत गठबन्धनको पक्षमा देखिन्छ। एमालेको मत १४ हजार ५ सय ६६ छ। एमालेभन्दा सत्ता गठबन्धन ४० हजारभन्दा बढी मतले अगाडि देखिन्छ। 

१ लाख १५ हजार हाराहारीमा मतदाता रहेको यस क्षेत्रको प्रदेश कमा गठबन्धनले माओवादी केन्द्रका तर्फबाट कृष्ण धिताल र प्रदेश खमा नेपाली कांग्रेसका गोरखा सभापति समेत रहेका नन्दप्रसाद न्यौपाने उम्मेदवार छन्। 

बजगाईंको २५ बुँदे प्रतिबद्धता
‘विकासका लागि राजनीति’ नारासहित बजगाईले २५ बुँदे प्रतिवद्धता अघि सारेका छन्। आफू संसद् बनेपछि राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नेदेखि बेनिघाट, आरुघाट, लार्के सडक निर्माण गरी त्रिदेशीय व्यापारबाट मुलुकको आर्थिक समृद्धिको ढोका खुलाउने उनको दावी छ। 

मनास्लु तथा धार्चे क्षेत्रलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटकको हब बनाउने, चुमभ्यालीमा प्रचलित स्याक्या तथा नुब्री भ्याली र धार्चे क्षेत्रका गुरुङ, घले, भोटेलामा समुदायमा प्रचलित मौलिक संस्कृति र परम्परालाई राष्ट्रिय पहिचान दिई, त्यहाँको धार्मिक, ऐतिहासिक र पर्यापर्यटनको विकास गर्ने आफ्नो प्राथमिकता हुने उनको दावी छ। 

केरौँजा, श्याम्चेत, खानीगाउँ लगायतका पहिरोबाट उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई पूर्वाधारयुक्त ठाउँमा स्थानान्तरण गर्न प्रयत्न गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दशकौंदेखिको समस्या समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्ने, विकास निर्माण तथा स्थानीय आवश्यकतामा पर्याप्त छलफल र परामर्श गरी कार्यक्रम अघि बढाइने उनको प्रतिवद्धता छ।

गोरखकाली, गोरखनाथ, मनकामना, भीमवीरेश्वर मन्दिर क्षेत्र र तल्लो दरबार क्षेत्रलाई प्रवद्र्धन गर्दै उत्कृष्ट धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उनको दावी छ। 

जिल्लाका वडादेखि पालिका जोड्ने सडकहरुको स्तरोन्नति गर्ने, स्तुलखोला, खोर्लाखोला, बुढीगण्डकी, स्यार लगायतका विभिन्न नदी, खोलाका आवश्यक ठाउँ र बस्ती क्षेत्र जोड्ने ठाउँमा पक्की पुल निर्माणमा पहल गर्ने आफ्नो प्रमुख दायित्व रहेको उनको दावी छ।

निषेधित मनास्लु क्षेत्रलाई खुला गर्ने, आपतकालीन हेलिउद्धार गर्न हटलाइन अनुमतिको व्यवस्था ग्यारेन्टी गर्ने, जडिबुटीबाट आर्थिक समृद्धिको प्रचुर सम्भावनाको ढोका खुलाउन पहल गर्ने उनको प्रतिवद्धतामा उल्लेख छ। 

रामशरण बस्नेतका अजेण्डा 
प्रदेश सांसदको रुपमा सुरु गरेका काम केन्द्रबाट पुनः राष्ट्रिय महत्वका आयोजनाहरु यस क्षेत्रमा ल्याउने दावी बस्नेतले गरेका छन्। उनले आफ्नो प्रतिवद्धतामा प्रदेशमा मन्त्री रहँदा रहेका कामहरुलाई निरन्तरता दिने र  विकासका अन्य कार्यक्रम पनि सञ्चालन हुने दावी गरिएको छ।  

भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका बस्नेतले आफू निर्वाचित हुनुपर्नाका कारणहरु मतदाता सामु उल्लेख गरेका छन्। बस्नेतले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न आफू यस क्षेत्रको उम्मेदवार बनेको दावी उनले गरेका छन्।

रुइला नाका सडक निर्माण सम्पन्न गर्ने, एक निर्वाचन क्षेत्र एक पक्की सडक, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय, पालिकास्तरीय स्वास्थ्य चौकीबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पहल गर्ने उनी बताउँछन्। एकघर एक धाराको अवधारणा अनुसार काम गर्न, कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धिसहितको रोजगारी सिर्जना गर्न, धार्मिक, सांस्कृतिक, पुरातात्विक लगायतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने कार्यभार पूरा गर्न आफू यस क्षेत्रको उम्मेदवार भएको उनले बताएका छन्।

खेल क्षेत्रलाई प्रवद्र्धन गर्न एक वडा एक खेल मैदान निर्माण गर्ने, सूचना सञ्चारलाई आमजनताको पहुँचमा पु¥याउन, राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनालाई कार्यान्वयन गर्न आफू यो क्षेत्रको उम्मेदवार बनेको बस्नेतको दावी छ। 

सामाजिक सुरक्षासहितको न्याय, शान्ति, सुशासन र भयरहितको सुसंस्कृत समाज निर्माण गर्ने, युवालाई स्वरोजगार बनाउने काम आफ्नो प्रमुख प्राथमिकतामा रहने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०८:५४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछाने आज रिहा हुने, धरौटी बुझाउन रूपन्देही जाँदै
नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
४४ वर्षे सक्रिय राजनीतिबाट काशीनाथको विश्राम
सम्बन्धित सामग्री
राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र जसमा मतदान केन्द्र क प्रदेश सभाका सदस्यका लागि र मतदान केन्द्र ख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखक... बुधबार, पुस २, २०८२
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिए... बुधबार, मंसिर २४, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक... आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
रवि लामिछाने आज रिहा हुने, धरौटी बुझाउन रूपन्देही जाँदै शुक्रबार, पुस ४, २०८२
नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै शुक्रबार, पुस ४, २०८२
४४ वर्षे सक्रिय राजनीतिबाट काशीनाथको विश्राम शुक्रबार, पुस ४, २०८२
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, पुस ४, २०८२
प्रचण्डलाई ‘नाम’ र माधवलाई ‘पार्टी’ घाँडो भएको थियो, एकताको नाटक गरे : ओली बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्