• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गोरखा १ : आशावादी गठबन्धन, ४० हजारको अन्तर निस्तेज पार्ने रणनीतिमा एमाले

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ३०, २०७९  ०८:५४
1140x725

काठमाडौं- यतिखेर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। उक्त भिडियोमा बच्चा लिएर बारीमा कोदो टिपिरहेकी महिलासँग उम्मेदवारले ‘भोट हाल्न नसके जानु पर्दैन’ भनेर संवाद गरेको देखिन्छ।

यसरी महिलासँग कुराकानी गर्ने व्यक्ति हुन्, गोरखा– १ का नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं।

बजगाईं– कोदो टिपेको, नल काटेको?
महिला– कोदो टिपेको।
बजगाईं– दुःख छ?
महिला– दुःख छ।
बजगाईं– हामी त भोट माग्न आएको। यति सानो नानी रहेछ, कसरी आउनु। नसके नआउनु है।
महिला– हस्।

मंसिर ४ गतेको निर्वाचनमा आफू रुख चिह्नबाट उठेको भन्दै परिचय दिन्छन् अनि मत मागेर हिँड्छन् बजगाईं।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छोडेर गोरखा गएपछि यो जिल्ला चर्चाको केन्द्रमा छ। प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बनेपछि गोरखा– १ भने ओझेल परेको छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट बजगाईं र नेकपा एमालेबाट रामशरण बस्नेत उम्मेदवार छन्। उनीहरु दुवै परिचित प्रतिस्पर्धी हुन्।

२०७४ सालको निर्वाचनमा यही क्षेत्रको प्रदेश सभा खमा प्रतिस्पर्धा गरेका उनीहरुमध्ये बस्नेतले बाजी मारेका थिए। बजगाईंले ५ वर्षअघिको हारको बदला लिनु छ भने बस्नेत जितको दबदबा कायमै राख्ने चुनौतीका साथ मैदानमा छन्। 

गण्डकी प्रदेश सभामा मन्त्री समेत भएका बस्नेत बाटो नै नभएको स्थानमा पुल बनाएको भन्दै चर्चा र विवादमा पनि परेका थिए।

२०७४ सालको निर्वाचनमा बस्नेतले १६ हजार ६५६ मत पाएर विजयी भएका थिए भने बजगार्इंले १३ हजार १ मत पाए। उक्त निर्वाचनमा प्रतिनिधि सभातर्फ कांग्रेसका चिनकाजी श्रेष्ठ उम्मेदवार थिए भने वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीले हरिराज अधिकारीलाई साझा उम्मेदवार बनाएका थिए। प्रतिनिधि सभामा माओवादी केन्द्रका अधिकारीले जित हात पारेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यस पटकको निर्वाचनमा ठिक उल्टो भएको छ। नेकपा एमाले एक्लै लडेको छ भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर निर्वाचनको मैदानमा छन्। यसको फाइदा उठाउँदै जित हात पार्ने दाउमा बजगाईं रहेका छन् भने उनलाई रोकेर प्रदेशबाट प्रतिनिधि सभामा उक्लिने रणनीतिमा बस्नेत छन्। 

स्थानीय मत ४० हजारको फरक
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गोरखा– १ मा नेपाली कांग्रेस पहिलो छ। कांग्रेसले २७ हजार ८४ मत पाएको छ भने माओवादी केन्द्रको २५ हजार ४७२ मत छ। दुई दलको मत परिणामसहित नेसपा र समाजवादीको मत जोड्दा ५५ हजारभन्दा बढी मत गठबन्धनको पक्षमा देखिन्छ। एमालेको मत १४ हजार ५ सय ६६ छ। एमालेभन्दा सत्ता गठबन्धन ४० हजारभन्दा बढी मतले अगाडि देखिन्छ। 

१ लाख १५ हजार हाराहारीमा मतदाता रहेको यस क्षेत्रको प्रदेश कमा गठबन्धनले माओवादी केन्द्रका तर्फबाट कृष्ण धिताल र प्रदेश खमा नेपाली कांग्रेसका गोरखा सभापति समेत रहेका नन्दप्रसाद न्यौपाने उम्मेदवार छन्। 

बजगाईंको २५ बुँदे प्रतिबद्धता
‘विकासका लागि राजनीति’ नारासहित बजगाईले २५ बुँदे प्रतिवद्धता अघि सारेका छन्। आफू संसद् बनेपछि राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नेदेखि बेनिघाट, आरुघाट, लार्के सडक निर्माण गरी त्रिदेशीय व्यापारबाट मुलुकको आर्थिक समृद्धिको ढोका खुलाउने उनको दावी छ। 

मनास्लु तथा धार्चे क्षेत्रलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटकको हब बनाउने, चुमभ्यालीमा प्रचलित स्याक्या तथा नुब्री भ्याली र धार्चे क्षेत्रका गुरुङ, घले, भोटेलामा समुदायमा प्रचलित मौलिक संस्कृति र परम्परालाई राष्ट्रिय पहिचान दिई, त्यहाँको धार्मिक, ऐतिहासिक र पर्यापर्यटनको विकास गर्ने आफ्नो प्राथमिकता हुने उनको दावी छ। 

केरौँजा, श्याम्चेत, खानीगाउँ लगायतका पहिरोबाट उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई पूर्वाधारयुक्त ठाउँमा स्थानान्तरण गर्न प्रयत्न गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दशकौंदेखिको समस्या समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्ने, विकास निर्माण तथा स्थानीय आवश्यकतामा पर्याप्त छलफल र परामर्श गरी कार्यक्रम अघि बढाइने उनको प्रतिवद्धता छ।

गोरखकाली, गोरखनाथ, मनकामना, भीमवीरेश्वर मन्दिर क्षेत्र र तल्लो दरबार क्षेत्रलाई प्रवद्र्धन गर्दै उत्कृष्ट धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उनको दावी छ। 

जिल्लाका वडादेखि पालिका जोड्ने सडकहरुको स्तरोन्नति गर्ने, स्तुलखोला, खोर्लाखोला, बुढीगण्डकी, स्यार लगायतका विभिन्न नदी, खोलाका आवश्यक ठाउँ र बस्ती क्षेत्र जोड्ने ठाउँमा पक्की पुल निर्माणमा पहल गर्ने आफ्नो प्रमुख दायित्व रहेको उनको दावी छ।

निषेधित मनास्लु क्षेत्रलाई खुला गर्ने, आपतकालीन हेलिउद्धार गर्न हटलाइन अनुमतिको व्यवस्था ग्यारेन्टी गर्ने, जडिबुटीबाट आर्थिक समृद्धिको प्रचुर सम्भावनाको ढोका खुलाउन पहल गर्ने उनको प्रतिवद्धतामा उल्लेख छ। 

रामशरण बस्नेतका अजेण्डा 
प्रदेश सांसदको रुपमा सुरु गरेका काम केन्द्रबाट पुनः राष्ट्रिय महत्वका आयोजनाहरु यस क्षेत्रमा ल्याउने दावी बस्नेतले गरेका छन्। उनले आफ्नो प्रतिवद्धतामा प्रदेशमा मन्त्री रहँदा रहेका कामहरुलाई निरन्तरता दिने र  विकासका अन्य कार्यक्रम पनि सञ्चालन हुने दावी गरिएको छ।  

भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका बस्नेतले आफू निर्वाचित हुनुपर्नाका कारणहरु मतदाता सामु उल्लेख गरेका छन्। बस्नेतले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न आफू यस क्षेत्रको उम्मेदवार बनेको दावी उनले गरेका छन्।

रुइला नाका सडक निर्माण सम्पन्न गर्ने, एक निर्वाचन क्षेत्र एक पक्की सडक, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय, पालिकास्तरीय स्वास्थ्य चौकीबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पहल गर्ने उनी बताउँछन्। एकघर एक धाराको अवधारणा अनुसार काम गर्न, कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धिसहितको रोजगारी सिर्जना गर्न, धार्मिक, सांस्कृतिक, पुरातात्विक लगायतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने कार्यभार पूरा गर्न आफू यस क्षेत्रको उम्मेदवार भएको उनले बताएका छन्।

खेल क्षेत्रलाई प्रवद्र्धन गर्न एक वडा एक खेल मैदान निर्माण गर्ने, सूचना सञ्चारलाई आमजनताको पहुँचमा पु¥याउन, राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनालाई कार्यान्वयन गर्न आफू यो क्षेत्रको उम्मेदवार बनेको बस्नेतको दावी छ। 

सामाजिक सुरक्षासहितको न्याय, शान्ति, सुशासन र भयरहितको सुसंस्कृत समाज निर्माण गर्ने, युवालाई स्वरोजगार बनाउने काम आफ्नो प्रमुख प्राथमिकतामा रहने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०८:५४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्