• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत स्याङ्जा

स्याङ्जा २ ले पनि दिन सक्छ ‘सरप्राइज’!

डिबी खड्का/नारायण अधिकारी मंगलबार, कात्तिक २९, २०७९  १५:१४
1140x725

स्याङ्जा– बाहिरबाट झट्टा हेर्दा स्याङ्जाको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका दुई हेभिवेट (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्‌मा अर्याल) बीच प्रतिस्पर्धा हुने देखिन्छ। स्याङ्जा नपुग्दासम्म हाम्रो अनुमान पनि त्यही थियो। निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी अर्याल र नेता गुरुङ मुख्य प्रतिस्पर्धी हुन् भन्ने हाम्रो बुझाइ स्याङ्जाको वालिङ पुगेपछि भने खण्डित भयो। 

उनीहरु दुबैका लागि चुनौतीका रुपमा देखिए, टिकराज गुरुङ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका टिकराजले सत्ता गठबन्धन र एमाले दुवैलाई कडा चुनौती दिइरहेका छन्। प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ। 

पाल्पाको तानसेन हुँदै वालिङतर्फ अघि बढ्दा स्याङ्जा सुरु भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’को प्रचारप्रसार देखिन थाल्यो। विशेषगरी अटो र घरका भित्तामा स्वतन्त्र पार्टीको ब्यानर देखिन थालेपछि हामीले उम्मेदवारका बारेमा सोधखोज गर्‍यौं।

Dhanraj_Gurung1668503801.jpg
धनराज गुरुङ, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार

वालिङ पुगिसक्दा थाहा भयो, स्वतन्त्रका उम्मेदवार टिकराज गुरुङ लोकप्रिय रहेछन्। रविका कारण नभइ टिकराजका कारण स्याङ्जामा ‘घन्टी’को झंकार बढ्दो क्रममा छ। 

एकरात वालिङको बसाइपछि हामीले गुरुङ र अर्यालका साथै टिकराजलाई  खोज्यौं। वालिङ नगरपालिका–१० स्थित भेनस होटलमै थिए धनराज। त्यहीँ हामीले टिकराजलाई पनि बोलायौं। झट्ट हेर्दा खासै उमेर खाएको नदेखिने एक पुरुष होटेलको गेटबाट छिर्नेबित्तिकै आंगनमा रहो भीडले ‘गुरु’ भन्दै नमस्कार टक्र्यायो । कांग्रेस उम्मेदवार धनराजले त्यहीँ रात बिताएकाले कांग्रेस कार्यकर्ताको बाक्लो भीड थियो। चारतारे झण्डा बोकेका युवाहरुले पनि ती अधबैंसै पुरुषलाई नमस्कार गर्दै जितको शुभेच्छा दिन थाले। हामी लगभग पक्का भयौं, टिकराज उनै हुन्। 

गुरुङ हामी नजिकै पुगेपछि उनलाई ठट्टा गर्‍यौं, ‘यहीँ शुभकामना र शुभेच्छा रहेछ। जुन सवै उम्मेदवारलाई दिँदा पनि बदर नहुने। कांग्रेसका कार्यकर्ताले पनि शुभेच्छा प्रकट गरे तपाईंलाई।’

 

Ncell 2
Ncell 2
nimb
nimb

टिकराजले हाँस्दै भने, ‘यी अहिले झण्डा बोक्ने सबै मेरा विद्यार्थी हुन्। उनीहरु नेता भइसके। म भर्खर सिक्दैछु।’

२०४५ सालदेखि टिकराजले स्याङ्जामा पढाउन थालेका रहेछन्। ‘यहाँको ढुंगा माटोमा म धेरै रोएको छु। मेरो दु:ख पाइ–पाइ यहाँको माटोलाई थाहा छ। असल शिक्षक भएर समाज परिवर्तन गर्न सकिने आशामा ३४ वर्ष बिताएँ। प्रश्न गरेर थप योगदान गर्न सकिन्छ भनेर स्थानीय रेडियो र टिभीमा पनि १०/१२ वर्ष काम गरें। तर त्यतिले मात्रै पर्याप्त नहुँदो रहेछ। अहिले आफैं प्रतिनिधि हुने बाटोमा लागेको छु।’

वालिङ क्षेत्रका उनी लोकप्रिय शिक्षक मात्रै होइन, सञ्चारकर्मी र समाजसेवी समेत रहेको स्थानीयहरुले बताए। उनले राजनीति रोजेकोमा वालिङ क्षेत्रका अधिकांस खुसी छन्। स्थानीयबाट पाएको मायाबाट उनी उत्साहित पनि छन्। 

आफ्नो क्षेत्रका हरेकजसो घरपरिवारसँग उनको दोहोरो चिनजान छ। कुनै न कुनै रुपमा हरेक घरपरिवारका सदस्यसँग आफू जोडिएको उनी बताउँछन्। ‘कुनै परिवारका छोराछोरीलाई मैले पढाए होला। कुनै परिवारका छोराछोरी नपढाए पनि सामाजिक कामको माध्यमबाट भए पनि म कुनै न कुनै रुपमा हरेक परिवारसँग जोडिएको छु। उहाँहरुले टिकराज कस्तो व्यक्ति भन्ने राम्रोसँग चिन्नुहुन्छ। यो माया मंसिर ४ मा पनि देखिनेमा म विश्वस्त छु,’ टिकराज बताउँछन्। 

Xtrem

Xtrem

स्थानीयका अनुसार उनले पढाएका विद्यार्थी डाक्टर, पाइलट र इञ्जिनियरदेखि सबै पेसामा छन्। उनी थप्छन्, ‘मेरो विद्यार्थी नपुगेको देश पनि छैन होला।’ अहिले उनका लागि विदेशबाट समेत भोट माग्न थालिएको छ। घरपरिवारलाई भोट दिन स्थानीयका छोराछोरीले विदेशबाटै दबाब दिन थालेको स्थानीय देविका पराजुली बताउँछिन्। उनी भन्छिन्, ‘असल शिक्षक  त हुनुहुन्छ नै, गाउँठाउँमा केही पर्दा अघि  सरिहाल्ने उहाँको स्वभाव छ।’

उता टिकराज लोकप्रिय हुँदै गएका छन् भने यता अर्याल यसअघि यही क्षेत्रबाट जितेर मन्त्री समेत भइसकेकाले असन्तुष्टि झेलिरहेकी छिन्। 

निर्वतमान सांसद अर्यालप्रति सवै मतदाता सन्तुष्ट छैनन्। मन्त्री समेत हुँदा आफूहरुको क्षेत्र उपेक्षामा परेको र अर्यालले खास खेदिने गरी विकासको काम नगरेको उनीहरुको आरोप छ। सन्देश न्यौपानेले भने, ‘कसैले सम्पत्ति कमायो भने घर जग्गा जोड्ला नि। अनि न सम्पत्ति कमाएछ भन्ने थाहा हुन्छ। नत्र सम्पत्ति कमाएको छु भन्दैमा कसैले पत्याउँदैन। अर्यालको पनि त्यस्तै देखियो। उनले गरेको छु भने भनेर भन्दा त्यसको महसुस स्याङ्जालीले गरेका छैनन्।’

Padma_aryal1668503838.jpg
पद्‌मा अर्याल, एमाले उम्मेदवार

अर्यालले त्यही चिर्नका लागि कामको फेहरिस्त उतारिएको पुस्तिका बाँडिरहेकी छिन् भने हरेक घरदैलोमा जाँदा आफूले ल्याएका योजना सुनाउन सक्नेगरी कन्ठस्थ पारेकी छिन्। यसले केही हदसम्म असन्तुष्टि मत्थर गर्दै गएको देखिन्छ । खासगरी जितेर गएपछि फर्केर घरदैलोमा नआएको गुनासो रहेछ। वालिङ ११ मियालेमा उनले घरदैलो गर्दै गर्दा यही गुनासो आयो। उनले भनिन्, ‘जिताएर माथि पठाउने अनि अहिले यहाँ खोजेर पाइन्छ ? कसैको तुलसीको मठ रोप्न आइन होला। काम त भएकै छ नि। वडाले गर्ने काममा पनि संघीय सांसदको भूमिका खोजेर हुन्छ र?’  यही क्रममा उनले गरेका काम सुनाइन् र स्थानीय केही सन्तुष्ट देखिए।

कांग्रेसका तर्फबाट सत्ता गठबन्धनकका उम्मेदवार गुरुङलाई भने ‘बाहिरिया’को आरोप चिर्न मुस्किल परिरहेको छ। स्थानीय पुष्प हमालले भने, ‘उहाँको ठाउँ दुई नम्बर क्षेत्रमा पर्दैन। उहाँले टिकट ल्याउँदा स्थानीय कांग्रेस पनि खुसी छैनन्।’

धनराजका लागि अन्य दुई चुनौती पनि छन्,  पहिलो सामुदायिक (गुरुङ) भोट एकलौटी गर्न नपाउनु। एकपक्षीय हुन सक्ने भोट बाँडिदा त्यसको लाभ अर्याललाई पुग्ने स्थानीय बताउँछन्। अर्को कांग्रेसको गढ क्षेत्र मानिएको वालिङ र भीरकोट क्षेत्रको भोट पनि टिकराजले बढी लिने आंकलन गरिएको छ। स्थानीय कमल पंगेनी भन्छन्, ‘वालिङमा अहिले एमालेले जिते पनि कांग्रेसको गढ क्षेत्र हो। यहीँ टिकराज बलिया छन्। यसले पद्‌मा अर्याललाई नै फाइदा पुग्छ।’ 

तीन उम्मेदवारका फरक-फरक अजेन्डा
मुख्य प्रतिस्पर्धामा रहेका यी तीन उम्मेदवारका आ-आफ्ना अजेन्डा छन्। एमालेकी सचिव समेत रहेकी अर्यालले समृद्धिको सपना बाँडिरहेकी छिन्। यसअघि पनि उक्त क्षेत्रमा आफूलाई जिताएपछि धेरै बजेट पार्न सफल रहेको बताउँदै त्यहीकारण फेरि रोज्ने नेपाल लाइभलाई बताइन्। 

अर्यालले भनिन्, ‘व्यवस्था परिवर्तन गरियो। आफूहरु सरकारमा हुँदा ऐन, कानून बनाउने जस्ता महत्त्वपूर्ण काम भए। चुच्चे नक्सा जारी भयो। अब पालो समृद्धिको छ। एमालेले बाचा गरेका सपना र थालेका कामहरु पूरा गर्न र समृद्ध नेपाल निमार्ण गर्न पनि हामीहरुको जित आवश्यक छ।’ 

अर्का प्रतिस्पर्धी धनराजले स्थानीय विकास बाहेक आफ्नो मुख्य अजेण्डा सुशासन रहेको बताएका छन्। भ्रष्टाचार अन्त्य नगरी सुशासन सम्भव नहुने र सुशासन नभइ देश विकास सम्भव नभएकाले आफ्नो पहिलो प्राथमिकता सुशासन रहेको धनराजले हामीसँगको कुराकानीमा बताए। 

शिक्षण पेसाको ‘बाटो’बाट राजनीतिको ‘राजमार्ग’मा आइपुगेका टिकराज गुरुङको अजेन्डा भने परिवर्तन छ। पुराना दलबाट देशको विकास सम्भवन हुन नसकेकाले परिवर्तन गर्न नयाँ बाटो अपनाउनु पर्ने अवस्था आइसकेको उनको बुझाइ छ। मानिसका सामाजिक, आर्थिक अवस्था परिवर्तन गर्नका लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै उनी भोट माग्न व्यस्त छन्।

धनराज र पद्‌मालाई टक्कर दिने टिकराज को हुन्?
टिकराजले वालिङमै रहेको भवानी माविबाट २०४४ सालमा एसएलसी पास गरेका थिए। त्यसपछि उनी अध्यापन पेसामा आबद्ध भए। २०४५ देखि २०५२ सम्म वालिङकै बाल विद्या विकास अंग्रेजी आवसीय माविमा अध्यापन गरेका थिए। 

७ वर्षसम्म वालिङमा पढाएका टिकराज त्यसपछि भने अध्यापन गराउने क्रममै काठमाडौं हानिए। काठमाडौंको गल्कोपाखास्थित सगरमाथा अंग्रेजी आवासीय माविमा उनले २०५३ देखि २०५४ सम्म एक वर्ष अध्यापन गराए। काठमाडौंमा एक वर्ष अध्यापन गराएपछि उनी फेरि आफ्नै गाउँ फर्किए। त्यसयता उनी निरन्तर स्याङ्जामै छन्। २०५४ देखि वालिङको नेपाल आर्दश माविमा उनी निरन्तर अध्यापनरत थिए। 

Tikraj_Gurung_1668503873.jpg
टिकराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

शिक्षकका अलवा उनी सञ्चारकर्ममा पनि जोडिएका रहेछन्। करिब १३ वर्षसम्म उनले रेडियो आँधीखोलामा काम गरे। वालिङ टेलिभिजनमार्फत् पनि उनले विभिन्न सन्देशमुलक कार्यक्रम प्रस्तुत गरे।

अध्यापन र सञ्चारकर्म बाहेक आफू संगीतप्रेमी पनि रहेको टिकराज सुनाउँछन्। ‘आमा सजीव मेरी देवी हुन्’ गीत टिकराजले लेखे। खेलमा पनि उनको पहिचान छ। भलिबलको क्षेत्रीय खेलाडीसम्म रहेका उनी त्यसक्रममा पनि गाउँ-गाउँ पुगेका रहेछन्।

यो बाहेक गाउँलेले भने उनलाई सामाजिक अभियन्ताको रुपमा पनि चिन्ने गर्छन्। गाउँघरमा कोही बिरामी पर्दा टिकराज नै अघि सर्छन्। किड्नी फेल, क्यानसर, ब्लड क्यानसर तथा अन्य रोगबाट पीडित, भूकम्प पीडितहरुका लागि सहयोग गर्ने, चन्दा संकलन गर्ने काममा पनि टिकराज खटिने गरेको वालिङबासी बताउँछन्।

के छ अंक गणित?
२०७४ सालको निर्वाचनमा एमाले–माओवादी (वाम गठबन्धन) हुँदा पद्‌मा अर्यालले बाजी मारेकी थिइन्। उनले कांग्रेस पूर्वउपसभापति समेत रहेका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्। माओवादीको समेत साथ पाएकी अर्यालले त्यतिबेला झण्डै ४ हजार मतको अन्तरले विजयी भएकी थिइन्।

यो पटक भने परिस्थिती केही फरक छ। माओवादीले कांग्रेसलाई सहयोग गरेको छ। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार धनराज बनेका छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजालाई हेर्ने हो भने सत्ता गठबन्धन त्यहाँ एमालेभन्दा अगाडि देखिएको छ। नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेकाहरुले ३६ हजार ८ सय ६ मत ल्याएका थिए भने नेकपा एमालेका वडाध्यक्षहरुले ३४ हजार ८ सय ९ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार ४ सय ४७, राप्रपाले ५११, एकीकृत समाजवादीकाले २३३ मत ल्याएका थिए। 

स्थानीय चुनावमा पाएका मतहरुमा भने अहिले केही उलटफेर हुने देखिन्छ। धनराज र पद्‌मालाई टक्कर दिन आइपुगेका टिकराजले स्थानीय तहको निर्वाचनको गणित बिगार्ने निश्चित छ। माहोल यही तरिकाले बन्दै र बिग्रिदै गए स्याङ्जा- २ ले सरप्राइज पनि दिन सक्छ!

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:१४
  • #चुनाव_२०७९
  • #स्याङ्जा
  • #प्रतिनिधिसभा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्