काठमाडौं– नेपाल बैंकर संघले मंसिर महिनामा बैंकको ब्याजदर नबढाउने निर्णय गरेको छ। वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले कात्तिक महिनामै कायम ब्याजदरलाई मंसिरमा लागू गर्ने निर्णय गरेको हो।
अघिल्लो ६ महिनायता निक्षेपको ब्याजदर यथावत राखेका वाणिज्य बैंकहरु असोज महिनामा भने बढाएका थिए। बैंकर्स संघले गत फागुन महिनादेखि कायम ब्याजदरमा राष्ट्र बैंकले गरेको ब्याजदरसम्बन्धी नीतिगत व्यवस्था अनुसार १० प्रतिशतले थप गरेको थियो।
असोज महिनामा व्यक्तिगत मुद्धतिको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्धतिको ब्याजदर १०.१३३ प्रतिशत कायम थियो। कात्तिक महिनामा पनि सोही लागू ब्याजदर लागू गरिएमा मंसिरमा पनि सोही ब्याजदरलाई यथावत राख्न लागिएको एक बैंकरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।