• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

राजधानीको ब्याटल हामीले तत्कालीन रुपमा हार्‍यौं, तर अझै पनि उक्त निर्णय उल्टन सक्छ: विष्णु पौडेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २७, २०७९  २०:०२
1140x725

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। उक्त निर्वाचनका लागि रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चुनावी मैदानमा छन्। प्रतिनिधि सभा तर्फबाट उम्मेदवार रहेका सत्ता गठबन्धनका राजु गुरुङले उम्मेदवारी दिएका थिए। 

तर, बैंकिङ कसुरमा कालो सूचीमा परेपछि उनको उम्मेदवारी खारेज भयो। त्यसलगत्तै सत्ता गठबन्धनले उक्त क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन गरेको छ। उक्त क्षेत्रमा उनका लागि सहजै देखिएपछि सत्ता गठबन्धनका दलहरू एकातिर र उनी एकातिर भएका छन्। मंसिर ४ को उक्त निर्वाचन र घर दैलोमा प्रचार गर्न व्यस्त पौडेलसँग नेपाल लाइभकर्मी डिबी खड्का र नारायण अधिकारीले गरेको कुराकानी:

मंसिर ४ नजिकै आएको छ। घरदैलो अभियान कस्तो चल्दैछ? 
घरदैलो अभियान मलाई प्रचारको उपयुक्त तरिका लाग्छ। यसमा मतदातासँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाइन्छ। उहाँहरूका सुझावहरू, गुनासाहरू सुन्न पाइन्छ। त्यसले गर्दा घरदैलो उपयुक्त हो भन्ने लाग्छ। म पनि यसैलाई प्राथमिकता दिँदै मतदाताहरूको गुनासो र उनीहरूको कुराकानी सुनिरहेको छु। 

यसपालीको चुनावी प्रतिस्पर्धालाई कसरी लिनु भएको छ? उम्मेदवारी दिँदादेखि नै तपाईं कन्फटेबलमा हुनुहुन्छ भन्ने छ। असहजता कत्तिको महसुस गर्नु भएको छ? 
रुपन्देहीको क्षेत्र–२ एमालेका लागि सधै नै ‘कन्फटेबल’ नै हो। यसमा चाहिँ उम्मेदवारीको विषयले तात्विक फरक पार्ने कुरा रहन्छ। हामी यसै पनि यहाँका जनताको, बहुसंख्यक मतदाताको विश्वासबाट ढुक्क थियौं। उहाँहरूले हामीलाई माया गर्नु भएको छ। हामीलाई साथ समर्थन दिनु भएको छ। 

खास गरेर यहाँ के बुझाई छ भने देशमा विकासका जे प्रयास भइराखेका छन्, ती प्रयास अगाडि बढाउनका निम्ती म उपयुक्त उम्मेदवार हुँ। रुपन्देही जिल्लालाई विकासको मोडल बनाउका निम्ती, आर्थिक दृष्ट्रिकोणले एउटा महत्वपूर्ण केन्द्रका रुपमा अघि बढाउनका निम्ती नेकपा एमालेले निर्वाचन जित्नुपर्छ भन्ने यहाँका मतदाताको बुझाई छ। यहाँका मतदाताको सुझाव, सल्लाह र अनुभूति हामीलाई प्राप्त हुन्छ। त्यसैले यो क्षेत्र हाम्रा लागि सुरक्षित क्षेत्र हो। 

आम मतादाताहरूको तपाईंप्रति केही आरोप, केही गुनासा सँग–सँगै देखिन्छ। जस्तो तपाईंले यहाँ राजधानी रोक्न सक्नु भएन भन्ने गुनासो पनि रहेछ। त्यसलाई कसरी चिर्दै हुनुहुन्छ? 
जनताको यो गुनासोप्रति मेरो सम्मान छ। प्रदेशको राजधानी कहाँ हुन्छ? भन्ने कुरा प्रदेश सभाको विषय थियो। मैले चाहिँ यो क्षेत्रको उम्मेदवार हुनुको नाताले, यस क्षेत्रको नागरिक हुनु नाताले प्रदेश राजधानीको आलोचना सहनु परेको हो भन्ने महसुस गरेको छु। 

Ncell 2
Ncell 2
nimb
nimb

मैले आफ्नो दृष्टिकोण र विश्लेषणका आधारमा प्रदेशको राजधानी रुपन्देहीमा हुनुपर्छ भनेर जोड दिएकै थिएँ। त्यसका निम्ती म सम्पूर्ण सामथ्र्यका साथ लागेको पनि हो। तर, प्रदेश सभाको निर्णय सार्वजनिक हुँदासम्म प्रदेशको राजधानी बुटवल लगायतका ठाउँमा राख्न सकिएन। यो प्रदेशको राजधानी रुपन्देहीको बुटवल हुनुपर्छ भन्ने तर्कहरू हामीले अघि सारेका थियौं। त्यसका केही तथ्यहरू छन्।

ती तथ्य र तर्कहरू खण्डित भएका छैनन्। यो राजधानी त सर्‍यो। नयाँ ठाउँमा लगेर राजधानी सारियो होला तर त्यहाँ बनाउँदा जम्मा–जम्मी चार अक्षर सरेको देख्छु। राजधानी भन्ने चारवटा अक्षरबाहेक केही सरेको छैन। अहिले पनि सबै कुराको केन्द्र बुटवल नै हो। 

अन्तर्राष्ट्रिय विमानस्थल यहीँ छ यो सर्दैन।  बुटवल–सुनौली सिनेरी सडक यही छ त्यो सर्दैन। भन्सार नाका सर्छ? अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका केही पनि सर्दैन। त्यस कारण आर्थिक, सामाजिक र विकासका दृष्टिकोणले यो देशकै आर्थिक केन्द्रका रुपमा अहिले पनि अगाडि छ। हामीले पनि त्यसैगरी अगाडि बढाएका छौं।  

राजधानी सर्‍यो, के सर्‍यो भनेर आलोचना गर्नेभन्दा यहाँ भएका केन्द्रबाट फाइदा लिने गर्नुपर्छ। चारवटा अक्षर मात्रै सरेको हो। राजधानी सरेछ भने पनि केही सरकारी कार्यालयबाहेक अरु केही सर्ने मैले देख्दिनँ। एयरपोर्ट जान पर्‍यो भने कि त नेपालगन्ज जानपर्‍र्यो कि त भैरहवा आउनुपर्‍यो।

भन्सार नाकामा जान पर्‍यो भने पनि कि त रुपैडिहा जानुपर्‍यो कि त सुनौली लोलैया जानुपर्छ। विकासका दृष्टिकोणले हेर्नुहोस्, अरु पूर्वाधारका हिसाबले हेर्नुहोस्। अरु सबै हिसाबले यो प्रदेशको राजधानी बुटवल हुनुपर्ने थियो। यी तथ्यलाई त्यो निर्णयले खण्डित गर्न सकेको छैन। हिजोको प्रदेश सभाले त्यो निर्णय गर्‍यो। त्यो प्रदेश सभाले गरेको निर्णय सास्वत अपरिवर्तनीय होइन।

अर्काे प्रदेश सभाले डस्टर लगाएर, मेटेर अर्काे प्रदेश सभाको नाम लेख्न सक्छ, प्रदेश सभाले चाह्यो भने। कहिलेकाहीँ के हुन्छ भने लडाइँ न्यायपूर्ण हुन्छ तर जितिँदैन। त्यो न्यायपूर्ण लडाइँ जितिएन भन्दैमा न्यायपूर्ण लडाइँ खण्डित भएको भन्न मिल्दैन। म के भन्छु भने भगवानहरूले पनि धार्मिक युद्ध हारेका छन्।

राजधानीको प्रश्नमा हामी पूर्ण ब्याटल हार्‍यौंं। तर, मलाई के लाग्छभन्दा अन्तिम निर्णय अपरिवर्तनीय होइन। प्रदेश सभाले चाह्यो भने त्यो निर्णय बदलिन सक्छ। जहाँ हामीले भन्दै आएका छौं त्यो कुरा कार्यान्वयन नहुन सक्छ। त्यस कारण यो प्रदेश सभाको क्षेत्राधिकारको विषय हो। म के देख्छुभन्दा राजधानीको विषयमा पूनर्विचार हुने ठाउँ अझै बाँकी छ। प्रदेश सभाले फेरि उपयुक्त निर्णय गर्छ। रुपन्देहीमै फर्काउँछ भन्ने कुरामा म अहिले पनि विश्वस्त गर्छु।

तपाईंको क्षेत्रमा सुकुम्बासीको धेरै समस्या रहेछ। यी मतदाताका समस्याहरू सधैं जीवितै छन्। जो खोला किनारका सुकुम्बासी हुनुहुन्छ। उहाँहरूलाई विष्णु पौडेलेले जित्यो भन्यो त्यहाँ करिडोर बनाउँछ र हामीहरूलाई उठिबास बनाउँछ भन्ने गुनासो पनि सुनियो । तपाईंप्रतिको त्यो गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ? 
यो करिडोर सडक भनेको तिनाउ नदीको व्यवस्थापनका लागि बुटवल र यस क्षेत्रको जिल्लाकै विकासका लागि धेरै महत्त्वपूर्ण छ। पहिलो चरणको साढे चार अर्ब बजेट छुट्टाएर काम थालनी भइसकेको छ। यसको निर्माण यस निर्वाचन क्षेत्रका जनताले र बुटवलका जनताले चाहेको, रोजेको र खोजेको आधारमा हुन्छ। त्यस कारण यो तिनाउ करिडोर बन्नुपर्छ भन्ने जनताको चाहाना बमोजिम नै यो आयोजना योजनामा व्यवस्थापन गरेर काम सुरु गरेका हौं। 

जहाँसम्म करिडोर किनारामा नदीको छेउमा बसिरहनु भएका यहाँका नागरिकहरू हुनुहुन्छ। उहाँहरू त्यसै पनि सुरक्षित हुनुहुन्न। नदीको किनारामा हुनुहुन्छ। त्यो ठाउँ सुरक्षित छैन। त्यसैले उहाँहरूको सुरक्षालाई पनि हेरेर निर्णय हुन्छ। त्यो बस्ती सुरक्षित त गर्नु पर्‍यो नि! त्यसकारण हामीले के भनेका छौं भने उहाँहरूलाई जसको मतको आधारमा म सांसद भएँ। जसको मतको आधारमा म मन्त्री भएँ। उप्रधानमन्त्री भएँ। मलाई हौसाएर मतदान गरेर त्यो हैसियत प्रदान गर्ने मतदातालाई तिनाउ नदी किनारामा विचलित पारेर, एउटा काखमा बच्चा, अर्काे काखमा झिलिझुम्टा बोकेर कहाँ जाने हो थाहा छैन।

त्यस्तो अवस्थामा पुर्‍याउन मेरो चाहाना पक्कै छैन। त्यो खालको अभिव्यक्ति र त्यो खालको अमानवीय कुराको हामी कल्पनासम्म पनि गर्न सक्दैनौं। त्यसैकारण हामीले के भनिरहेका छौं भने यो तिनाउ करिडोर निमार्णको क्रममा जो प्रभावित परिवार हुनुहुन्छ। प्रभावित परिवारलाई हामीले सम्बन्धित पालिकाभित्र पुनस्र्थापना योजना लागू गर्छौं। बाटो, पानी, बिजुलीलगायतका पूर्वाधारसहित उहाँहरूलाई हामी स्थानान्तरण गर्छाैं। उहाँहरूलाई क्षतिपूर्ति दिन्छौं। र यो सडक आयोजनालाई कार्यान्वयन गर्छाैं। 

त्यस कारण त्यो प्रभावित परिवारले चाहिँ चित्त दुखाउनुपर्ने आवश्यकता आउने दिइने छैन। उहाँहरूको विश्वास जितेर, सहमतिमा त्योभन्दा राम्रो गरेर स्थानान्तरण गरेर मात्र हामी काम गर्ने छौं। तिनाउ नदी किनारामा बसेका दिदिबहिनी, दाजुभाईसँग मैले प्रत्यक्ष कुराकानी गरेको छु। उहाँहरू कन्भिन्स हुनु भएको छ। ठिक छ हामीलाई राम्रो ठाउँमा सुरक्षित स्थानमा स्थानान्तरण गरिदिनुहोस् भन्नु भएको छ। उहाँहरू आफ्ना घर टहराको क्षतिपूर्ति दिएर सार्नका लागि सहमत हुनुहुन्छ। हामी उहाँहरूलाई राम्रो व्यवस्थापन गरेर यो समस्याको समाधान गर्छाैं। 

देशभरी नै एउटा लहर चलिरहेको छ। त्यसको अनियमित बाछिटाहरू तपाईंको क्षेत्रमा देखिराछ, खासगरी नयाँ मतदाताहरू जो १८ देखि २० को उमेर हुनुहुन्छ। उहाँहरूसँग कुरा गर्दाखेरी नयाँ मान्छे जिताउने जो भए नि नयाँ ल्याउने भन्ने छ। धेरै वर्षदेखि तपाईं यो क्षेत्रमा उम्मेदवार हुँदै आउनु भएको छ। नयाँ ल्याउने जनताको आस र तपाईंको विश्वासलाई कसरी सम्बोधन गर्नुहुुन्छ?


अन्त के छ थाहा छैन। मैले सबै ठाउँमा घुम्न पनि पाएको छैन तर यहाँका मतदाताको कुरा गर्नुहुन्छ भने युवाहरू वा यूवतीहरू, युवा उमेरका मतदाताहरू सम्पूर्णसँग म प्रत्यक्ष रुपले जोडिएको छु। उहाँहरूको सुझाव, गुनासो, उहाँहरूको भावनाप्रति प्रशंसा गर्दै म अगाडि बढेको छु। युवादेखि वृद्धसम्म र महिलादेखि युवतीसम्म सबैले मलाई उत्तिकै हौसला दिनु भएको छ। 

भूमिकाका दृष्टिकोणले युवाहरूका समस्याहरू सुरुमै बुझ्ने र समाधान गर्ने सामथ्र्य लिएर हामीले काम गरिरहेका छौं। यहाँका नयाँ युवा मतदातामा कुनै भ्रम छैन। जस्तो म अर्थमन्त्री भएको बेलामा मैले युवाका आवश्यकता सम्बन्धी केही महत्वपूर्ण अवधारणा लिएर अघि सारेको थिएँ। युवाहरू सक्षम छन् १०–१२  कक्षा पास गरेका छन्। उनीहरूले रोजगारी पाएका छैनन्। 

स्वरोजगार हुनका लागि उनीहरूसँग पुँजी छैन, सीप छैन। यी समस्यालाई लक्षित गरेर एमालेको सरकार हुँदा प्रमाणपत्र धितो राखेर ऋण दिने र उद्यमी बनाउने योजना ल्याएका हौं। 

परियोजना प्रस्तावको आधारमा शैक्षिक प्रमाणपत्र धितो राखेर राज्यबाट निब्र्याजी ऋण पाउने र कमाएपछि राज्यको ऋण निब्र्याजी तिर्नेगरी यस्तो कार्यक्रम लिएर आएका थियौं तर प्रभावकारी रुपमा कार्यान्वयन गर्न पाएका थिएनौं। अब एमालेको बहुमत पाएर सरकार चलाउन पाएमा यसको कार्यान्वयन गर्छौं। 

यस्ता थुप्रै युवा लक्षित कार्यक्रम हामीले जनता माँझ ल्याएका छौँ। युवाहरूलाई सीप सिकाउनका लागि सौर्य नेपाल बहु प्राविधिक शिक्षालय भनेर सञ्चालन गरेका छौँ। त्यहाँ विभिन्न प्राविधिक विषयमा अल्पकालीन र मध्यकालीन तालिमहरू हुन्छन्। प्राविधिक विषयमा पढाई हुन्छ। यहाँ अध्ययन गरेको विद्यार्थी कोहि पनि बेरोजगार बस्नु पर्दैन। अहिले म के प्लानिङ गरिराछु भने रुपन्देहीको क्षेत्र नम्बर २ मा प्रत्येक घरका बेरोजगार रहेका युवाहरूको अभिलेख संकलन भइरहेको छ। यही अध्ययनका आधारमा रोजगारीको योजना ल्याउने मेरो विचार छ।

तपाईंले अहिले जनताको घरदैलोमा गइरहनुभएको छ। तपाईं नेकपा एमालेको प्रभावशाली नेतृत्वमा पर्नुहुन्छ। रुपन्देही २ का जनताका लागि तपाईंका अबका ५ वर्षका योजना के–के हुन् त?
मैले माथि नै धेरै कुरा भनेको छु। यो क्षेत्रमा केही महत्वपूर्ण योजनाहरू सम्पन्न हुने चरणमा छन्। जस्तो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल सुनौली सडक, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका थुप्रै कामहरू हामीले सुरु गर्‍यौं र सम्पन्न गरेका छौं।  यी र यस्ता योजनाहरुको प्रभावकारी व्यवस्थापन गरेका छौं र गौतम बुद्ध विमानस्थलको काम पनि सकेर सञ्चालन सुर भएको छ। अर्कोे कुरो केही महत्वपूर्ण आयोजनाहरू निर्माणधीन अवस्थामा छन्।  

बुटवलको सिद्धबाबामा पहिरो छ, त्यो पहिरो व्यवस्थपानको लागि सुरुङगमार्गको कार्य मैले नै अघि बढाएको छु। बुटवलदेखि पोखरासम्मको बाटोलाई हामी सुधार गरिरहेका छौं। बुटवलबाट चनौटे जाने बाटो पनि हामीले व्यवस्थित गर्दै लाने योजना बनाएका छौं। साथै यहाँका विभिन्न सडकहरूको सुधार गर्ने योजना छ। 

त्यस्तै लुम्बिनी विश्वविद्यालयलाई व्यवस्थित बनाउँदै लैजाने योजना छ। सरकारी विद्यालयलाई विद्यार्थीको आर्कषण हुने बनाउने योजना छन्। हामीले यस क्षेत्रमा स्वास्थ्य, शिक्षा र सीप विकास तालिमको क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने योजना बनाएका छौं। समग्रमा रुपन्देही जिल्लालाई विकासको नमुना बनाउने मेरो अठोट हो।

तस्बिरहरू: निमेषजंग राई/नेपाल लाइभ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  २०:०२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #विष्णु पौडेल
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्