• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बदर मतको संख्या घटाउने अभियानमा निर्वाचन आयोग, प्रमुख आयुक्त भन्छन्– १ प्रतिशतभन्दा कममा झार्छौँ

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २४, २०७९  ०८:३१
1140x725

काठमाडौं–  ३० वैशाख २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या अत्यधिक रह्यो। मतदाताले उम्मेदवार नै नभएको चिह्नमा मतदान गर्नेदेखि गलत रुपमा स्वस्तिक छाप लगाउनेसम्मका ‘कमजोरी’ देखिए। काठमाडौं, विराटनगर, भरतपुर, पोखराजस्ता महानगरमै बदर मत धेरै देखियो। स्थानीय तहमा देखिएको बदर मतको संख्याले मतदाता शिक्षामा भएको कमजोरी पनि सतहमा आएको थियो। 

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि सोही समस्या दोहोरिने चिन्ताका बीच निर्वाचन आयोगले भने बदर मतको संख्यामा उल्लेख्य कमी आउने दाबी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आगामी निर्वाचनमा बदर मतको संख्या १ प्रतिशतभन्दा कम हुने दाबी गर्छन्। 

आयोगले यसपटक मतदाता शिक्षालाई व्यापक बनाइएको दाबी गरेको छ। मतदाता शिक्षाको अभियानलाई प्रभावकारी बनाउन नयाँ–नयाँ तरिका अपनाएको आयोगका पदाधिकारीको दाबी छ। सार्वजनिक सञ्चार माध्यमदेखि कालकारसम्मको प्रयोग र अन्य क्षेत्रका मानिसहरुलाई पनि मतदाता शिक्षामा संलग्न गराइएको प्रमुख निर्वाचन आयुक्त थपलिया बताउँछन्। सामाजिक सञ्जालमार्फत् पनि मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको थपलियाले जानकारी दिए। 

विगतका  निर्वाचनबाट पाठ सिकेर यसपटक मतदाता शिक्षा रणनीति बनाएर काम गरेकाले कम मत मात्र बदर हुने थपलियाको दाबी छ। मतदानको दिन आउन अझै समय रहेकाले त्यो अवधीभित्र आयोगले अरु तरिका पनि अपनाउने थपलिया बताउँछन्। 

निर्वाचन आयोगले मतदाता शिक्षालाई विगतभन्दा थप प्रभावकारी बनाउने काम गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद आर्यालको पनि दाबी छ। गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको अर्याल बताउँछन्। आयोगले कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा सुरु गरेको अर्यालले बताए। 

Ncell 2
Ncell 2

आयोगले एक महिना अगाडिबाट नै नमूना मतपत्रहरु छपाइ गरेर प्रत्येक जिल्ला निर्वाचन कार्यलयमार्फत् जिल्लाका प्रत्येक पालिकाको कम्तीमा पनि १ स्थानमा नमूना मतदान गर्नेगरी बजेटको व्यवस्था गरेको अर्यालले बताए। मत हाल्ने प्रक्रिया, ढाँचा र कुन मतपत्र पहिला दिने जानकारीका लागि नमूना मतदानका लागि पठाइएको उनले बताए । 

गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएको भनेर स्थगित भएको मतदाता शिक्षा अभियानले आयोगले यही कात्तिक १८ गतेदेखि पुन: सुरु गरेको थियो। मतदाता शिक्षामा प्रभावकारिता बढाउनका लागि सबै स्थानीय तहहरुसँग समन्वय, सहकार्य गरिएको अर्यालले बताए। 

सबै पालिकाहरुमा अहिले मतदाता शिक्षा समग्री पुगेको र अहिले ६ हजार ७५३ वडाहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। ‘स्थानीय तहको मातहतमा रहेर मतदाता कार्यकर्तामार्फत् मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएका छौं,’ उनले भने। 
सहप्रवक्ता अर्यालले निर्वाचन आयोगले राजनीतिक दलका उम्मेदवारहरुलाई मतदातसँग मत माग्ने मात्रै नभएर मत हाल्न सिकाउन आग्रह गरेको बताए। 

‘निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारहरुलाई मत मात्रै नमाग्नुस् मत हाल्ने तरिका पनि सिकाउनुस् भनेका छौं। प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रका सक्कली मतपत्रको ढाँचा आयोगको वेबसाइटमा राखेका छौं,’ उनले भने ‘राजनीतिक दलहरुले त्यो मतपत्र प्रयोग गरेर मतदाता शिक्षा दिन नसक्नुहुन्छ। त्यसैले आयोगले मत मात्रै नमागेर मत हाल्ने तरिका पनि सिकाउन आग्रह गरेकाले राम्रो हुने विश्वास रहेको छ। विगतको भन्दा बढी मतदाताहरु बढाउने आयोगको योजना छ ।’  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०८:३१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ !
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो
सम्बन्धित सामग्री
राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र जसमा मतदान केन्द्र क प्रदेश सभाका सदस्यका लागि र मतदान केन्द्र ख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखक... बुधबार, पुस २, २०८२
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिए... बुधबार, मंसिर २४, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक... आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो आइतबार, पुस ६, २०८२
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट आइतबार, पुस ६, २०८२
परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्