• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्युठान निर्वाचन : पौडेललाई कांग्रेसको भर, थापालाई गठबन्धनमा अन्तर्घातको आस

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २३, २०७९  १०:०५
1140x725

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्युठानबाट प्रतिनिधि सभा उम्मेदवार दुर्गा पौडेललाई ‘कान्छी भाउजु’ भन्दै कटाक्ष गरे। पौडेलले च्याँखे थापेको आरोप समेत ओलीले लगाए। 

काठमाडौं-१ मा गत बुधबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय जनमोर्चाले एउटा सिट भएर पनि भष्मासुरको शैली देखाएको टिप्पणी गरेका थिए। ‘एउटा मोहनविक्रमजीको पार्टी छ। हामीले भोट खसाइदिएर कान्छी भाउजुलाई ल्याइदियौँ,’ ओलीले भने, ‘भरे त हाम्रै टाउकोमा, भष्मासुर भएर प्रहार गर्नुभयो।’

जनमोर्चाका तर्फबाट दुई सिट लिँदै पौडेल प्युठानबाट सत्ता गठबन्धनकी साझा उम्मेदवार बनेकी छिन्। मंसिर ४ गतेको निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

प्युठानमा नेकपा एमालेबाट सूर्य थापा, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल र राप्रपाबाट होमबहादुर मगर प्रतिस्पर्धामा छन्। २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट पौडेल निर्वाचित भएकी थिइन्। उनले नेपाली कांग्रेसका गोविन्द पोखरेललाई पराजित गरेकी थिइन्। त्यतिबेला पौडेललाई वाम गठबन्धनको साथ थियो। यस पटक भने उनी नेपाली कांग्रे सहितको सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी छिन्। उनलाई एमालेका उम्मेदवार थापाले चुनौती दिएका छन्।

पौडेल गठबन्धनकै दलबाट अन्तर्घात हुने डरमा छिन् भने एमालेका उम्मेदवार थापा यही विवादकै बीचबाट नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन्। तर गठबन्धनका कारण पौडेलको जित सहज भएको गठबन्धन पक्षधर जिल्ला नेताहरुले टिप्पणी गर्ने गरेका छन्। 

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काले गठबन्धन भएकाले पौडेलको जित सुनिश्चित भएको दावी गरे। जनमोर्चाको राम्रै मत, पौडेलको व्यक्तित्व अनि नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ पाएकाले जितका लागि कुनै समस्या नहुने उनको दावी छ।  

एमालेले पनि आफ्नो संगठन र मतदाता समक्ष पुग्दा पाएको उत्साहले जित हात पार्ने दावी गरेको छ। 

एमालेका जिल्ला सचिव माधव पौडेलले पार्टी एकढिक्का भएर मतदातासमक्ष पुगेको र मतदाताले पनि उत्साहपूर्वक साथ दिएकाले आफूहरु जित नजिक रहेको दावी गरे। थापाको केन्द्रीयस्तरमा राम्रो पहुँच भएका कारण पनि यो क्षेत्रका मतदाताले मन पराउने उनको तर्क छ। त्यस्तै थापा नयाँ अनुहार भएकाले त्यसको फाइदा हुने उनको दावी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले स्थानीय तहमा राम्रो मत पाएको र अन्य स्वतन्त्र मत पनि आउने एमाले नेताहरुको दावी छ। तर स्थानीय तहको मत हेर्दा गठबन्धन अगाडि नै देखिन्छ। 

पौडेललाई कांग्रेसको भर, थापालाई गठबन्धनमा अन्तर्घातको आस
नेपाली कांग्रेसका तर्फबाट यस पटक पनि प्रतिनिधि सभामा उम्मेदवारी दिने दावी डा गोविन्दराज पोखरेलले गर्दै आएका थिए। उनले अन्तिम समयसम्म टिकटका लागि प्रयास पनि गरेका थिए। तर सत्ता गठबन्धनभित्र रहेको जनमोर्चाले उक्त क्षेत्रमा दावी नछोडेपछि पोखरेल पछि हट्न बाध्य भए।

सत्ता गठबन्धनको चित्त बुझाउँदा राम्रो संगठन भएको उक्त क्षेत्र छोड्नु परेपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। स्थानीय नेताहरुले खुलेर विरोध नगरे पनि असहयोग गर्ने हुन् कि भन्ने डर पौडेललाई देखिन्छ। जनमोर्चा र माओवादीको मत मात्र पर्याप्त नहुने र निर्णायक शक्ति नेपाली कांग्रेस भएकाले उनीहरुलाई मनाउने प्रयासमा पौडेल छिन्।

प्युठानको प्रतिनिधि सभा गुमाउनु परेपछि कांग्रेसका कार्यकर्ता पार्टीको नेतृत्वप्रति खुसी छैनन्। पार्टीका जिम्मेवार नेता–कार्यकर्ताहरूले नै सामाजिक सञ्जालमार्फत नेतृत्वले गरेको निर्णयको विरोध गरिरहेका छन्।

प्युठानबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य डा पोखरेलले निर्वाचनमा गठबन्धनका उम्मदवार पौडेलका लागि भोट माग्न नसकिने अभिव्यक्ति दिएर सार्वजनिक रुपमै लेखेका थिए। उनले गठबन्धनका नाममा प्युठान कांग्रेसलाई कमजोर बनाउने गरी भएको सहमतिको समर्थन गर्न नसकिने बताएका छन्। आफूले रुख चिह्नमा मात्र मत माग्ने तर, कांग्रेसका कार्यकर्तालाई ‘गिलास’ मा भोट हाल भनेर आह्वान गर्न नसक्ने अभिव्यक्ति नै दिएका थिए।

डा शेखर कोइराला पक्षका पोखरेललाई देउवाले टिकट नदिएपछि कांग्रेसमा देखिएको असन्तुष्टिको लाभ उठाउने दाउमा एमाले छ। 

नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार गिरीले टिकटका कारण पार्टीका केही नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिएको स्वीकार गरे। ‘पार्टीका साथीहरुमा टिकटलाई लिएर केही असन्तुष्टि थियो,’ उनले भने, ‘तर अब पार्टीको निर्णय मान्न तयार हुनुभएको छ।’

जनमोर्चाको दावी : ५ वर्षको विकास नै जित्ने आधार 
राष्ट्रिय जनमोर्चाका नेताहरुले आफूहरुको जितको आधार २०७४ सालमा सांसद भएपछि सुरु गरेका विकास निर्माणका काम भएको दावी गरेका छन्। पाँच वर्षे कार्यकालमा पौडेलले सांसदमा खेलेको भूमिका र उनले विकासका लागि गरेको पहलले नै जित हात पार्न पर्याप्त रहेको नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले बताए।

‘पौडेलको आफ्नै छवि राम्रो छ, त्यसमाथि नेपाली कांग्रेस र माओवादी जस्ता दुई दलको समर्थन भएकाले कुनै कठिन छैन,’ उनले भने, ‘पौडेल आफैं राष्ट्रिय पहिचान भएको बलियो उम्मेदवार हो।’ 

पौडेलले सांसदमा देशको हित विपरीत हुने प्रस्तावको विपक्षमा उभिँदा राष्ट्रिय छवि बनेको जिकिर न्यौपानेले गरे। तर एमालेका कार्यकर्ताले भने मसालभित्र महामन्त्री मोहनविक्रम सिंहले नातावादमा लागेर आफ्नी श्रीमतीलाई मात्र उम्मेदवार बनाएको भन्दै असन्तुष्टि रहेकाले त्यसको फाइदा हुने दावी गरेका छन्।  

प्रतिनिधि सभाकी उम्मेदवार दुर्गा पौडेल कि बोमबहादुर खत्री? भनेर पार्टी केन्द्रमा चुनाव नै गर्नुपर्नेसम्मका विवाद भएको विषय एमालेले मत तान्नका लागि उठाएको छ। तर मसालले भने उक्त प्रचार गलत भएको दावी गरेको छ। 

स्थानीय तहको तथ्यांक : बलियो गठबन्धन 
२०७४ सालको निर्वाचनमा पौडेलले १० हजारभन्दा बढी मतको अन्तरले जित हात पारेकी थिइन। उनले ४१ हजार ५ सय १४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए। उक्त नजिता यस पटक पनि दोहोरिने दावी पौडेल पक्षको छ। 

गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेको भन्दा सत्ता गठबन्धनको मत धेरै छ। प्युठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ भने कांग्रेसले २१ हजार २२ मत पाएको देखिन्छ। त्यस्तै माओवादी केन्द्रले १५ हजार ७४६ मत र राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ। 

त्यसैगरी नेकपा विप्लव समूहले १ हजार ४१७, एकीकृत समाजवादीले १ हजार ३२२, स्वतन्त्र उम्मेदवारले ६३१ र अर्का स्वतन्त्र उम्मेदवारले ६१४ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनको मत हेर्दा करिब ५० हजार ६ सय २२ देखिन्छ। 

गठबन्धनको मत करिब १० हजार बढी भएकाले एमालेका लागि यो निर्वाचन सहज देखिँदैन। सत्ता गठबन्धनको डोरी कसिलो बाँध्न सके आफूहरुलाई कुनै समस्या नभएको जनमोर्चाको दावी छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १०:०५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्धारमा सरकार असफल भयो, अब राहत र पुनर्निर्माणमा गम्भिर हुनुपर्छ : प्रचण्ड
सर्वोच्चको फैसला लत्याउँदै निजी सञ्चारमाध्यमलाई सूचना निषेध गर्ने निर्देशिका कार्यान्वयनमा
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
उद्धारमा सरकार असफल भयो, अब राहत र पुनर्निर्माणमा गम्भिर हुनुपर्छ : प्रचण्ड बुधबार, भदौ १७, २०८३
सर्वोच्चको फैसला लत्याउँदै निजी सञ्चारमाध्यमलाई सूचना निषेध गर्ने निर्देशिका कार्यान्वयनमा बुधबार, भदौ १७, २०८३
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस बुधबार, भदौ १७, २०८३
राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्