• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
चितवन स्थलगत

सुरेन्द्र पाण्डेको घरदैलो : कोही गरिदियो भनेर रुने, कोही गरेन भनेर हप्काउने

डिबी खड्का/नारायण अधिकारी मंगलबार, कात्तिक २२, २०७९  १२:२१
1140x725

लोथर/चितवन– पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर। पूर्व–पश्चिम हाई–वेबाट दक्षिणतर्फको लोथर बस्तीमा सोमबार मध्याह्न चुनावी सरगर्मी निकै बढ्दो थियो। 

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे घरदैलो कार्यक्रममा व्यस्त देखिन्थे। गलामा माला, निधारमा अबिरले रंगिएका पाण्डे असिन पर्दै मतदाताको घर दैलोमा व्यस्त भेटिए। चितवनको उखरमाउलो गर्मी यतिबेला मत्थर भए पनि पाण्डे असिन–पसिन देखिन्थे।

suredndra pandey chunabi avihan (3)1667885898.jpg

पाण्डेको घरदैलो अभियानलाई हामीले पनि पच्छ्यायौं। हाई–वे बाट लोथर बस्ती पस्नेबित्तिकै आउने अधिकारी टोलबाट हामी पाण्डेसँगै मिसिँदै उनको अभियानलाई नियाल्यौं। 

करिब ७० वर्ष काटेका जीतबहादुर अधिकारी दम्पतिले करेसाको फूल टिपेर पाण्डेलाई सिउरिँदैे आर्शिवाद दिए। शुभकामना दिँदै भने— हामीलाई हेर्नुपर्छ। 

पाण्डेले जवाफ फर्काए—त्यहीँ भएर आइपुगेँ।

अधिकारी आमाले पाण्डेलाई फूल सिउरिदिएकी थिइन्। पाण्डेले भने आफ्नो गलाको माला झिकेर उनलाई लगाइदिए। निकै हतारमा रहेका पाण्डे अघि बढ्दै गए। हामीले एकछिन् अधिकारी दम्पतिको आशय बुझ्न खाज्यौं।

‘उम्मेदवार त तपाईं हुनुभएजस्तो माला लगाउनु भयो त?’ ठट्यौंली पारामा केही फुत्किहाल्छ कि भन्ने आशय हाम्रो थियो। ‘बुढी आमा भनेर लगाइदिएको रे’ अधिकारी आमा फिस्स हाँसिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

suredndra pandey chunabi avihan (2)1667885899.jpg

यही मेसोमा हो हो मिलाइदिए जीतबहादुर बा ले पनि–‘हामी भएको ठाउँमा अहिलेसम्म कोही आएका छैनन्। आउने जतिलाई हुन्न भन्दैनौँ। सबैलाई हुन्छ भनेका छौं। दिने बेला देखिएला। जसले दुःखमा हेरेको छ उनैलाई दिन्छौं।’ अधिकारी दम्पतिको एउटै स्वर देखियो।  

लोथर क्षेत्र एमालेको राम्रै प्रभाव क्षेत्र रहेछ। पाण्डे सकड वारिपारिका घरमा पालैपालो पुग्थे। हामी उनी र मतदाताका गतिविधि नियाल्थ्यौं। भोटको मूल्य दुईपटक बुझिसकेका पाण्डे लोथरका घर सकभर नछुटाउने प्रयासमा थिए। 

सोही क्रममा भेटिए पाण्डेसँग आँसु साट्दै गरेका एक बृद्ध। उनका आँसु पाण्डेले गरेका कुनै कामबाट प्रभावित भएर खुसी हुँदै झरेका होइनन्, बरु उनको पार्टीले गरेका कामबाट खुसी हुँदै उनका आँसु खसेका रहेछन्। आँसु झार्दै उनले भने, ‘हामीलाई बृद्धाभत्ता दिने पार्टी।’

chitwan-91667893702.jpg

पाण्डे लोथरतर्फको पूर्वी भाग अझ अघि बढ्दै गए। साइकल निकालेर कतै निस्कन लागेका एक बृद्ध भेटिए। उनीसँग हात मिलाउँदै भोट माग्न अघि बढेका पाण्डेलाई उनले प्रश्नै—प्रश्न फाले। ‘किन भोट दिने? कति पटक दिने? के–के भयो? हामीलाई पनि थाहा छ। यो पटक यो ठाउँको डेढ दुई सय मत यताउता पारिन्छ।’

उनी यतिमै रोकिने छाँटकाँटमा थिएनन्। पाण्डेलाई घरदैलो अभियानमा सहयोग गरेको स्थानीय युवाको टोलीले उनलाई थामथुम पारेर अघि बढ्यो। हामी भने उनको असन्तुष्टि खोज्नेतर्फ लाग्यौं।  

पाण्डेलाई हप्काउने ती वृद्ध रहेछन् ७३ वर्षीय होमबहादुर पाठक। उनले हामीसँग पनि दोहोर्याए— ‘मैले दुई, पाँच सय भोट त यताउती पार्न सकिन भने कान काटेर फाल्दिन्छु। यो ठाउँमै बस्दिनँ। म त्यति च्यालेन्ज दिने मान्छे। तर, यीनीहरुले मलाई पुछेको छैन। पर्र्सी ४ गते थाहा हुन्छ।’

suredndra pandey chunabi avihan (4)1667885900.jpg

उनले हामीलाई राप्ती १ को गत वैशाखको स्थानीय चुनावबारे सुनाउँदै भने— ‘१६५ भोट मात्रै अस्ती अन्त गयो।’ एमालेबाट असन्तुष्ट भएका पाठक यो पटक भने आफ्नो मत बदल्ने अडानमा देखिए।

 ‘जितेर गएपछि केही गर्नु भएकै छैन। देखेकै आज हो। सुरेन्द्र पाण्डे हो कि कुन पाण्डे हो। जुँगा चाहिँ छ’ पाँच वर्षमा एकपटक भेट हुँदाको रोष पाठकले फाले। उनी अझै कड्किदै गए। आफूमात्र मत नदिने नभइ अरु मत समेत गडबढ गराउने उनको चेतावनी थियो। 

हामी पाण्डेलाई पच्छ्याउँदै डीपाट टोल पुग्यौं।

छोरी बोकेर बाटोमा हिँड्दै गरेका युवाले पनि जितेपछि केही नगरेको दुखेसो पोखे। डीपाट टोलमै पाण्डे मत माग्दै थिए। सोही मेसोमा पुगिन् कल्पना सिलवाल न्यौपाने। 

पाण्डेले आफ्नो शैली अनुसार कल्पनासँग मत माग्दै थिए। 

‘तपाईंले मत पाउन पहिला त हामी बाँच्नु पर्ला नि। हामीलाई बचाउनका लागि के गर्नुभयो?’ प्रश्नको तिर कल्पनाले पाण्डेमाथि फाल्दै थिइन्, सँगै उभिएका कल्पनाका छोराले पाण्डेलाई सिधैं भन्दिए, ‘यो पटक त एमालेलाई हुँदैन। भोट अन्तै जान्छ।’

suredndra pandey chunabi avihan (6)1667885901.jpg

पाण्डेसँग जवाफ फर्काइरहने समय पनि नभएर हो वा जवाफ नभएर हो केही नभनी अघि बढे। पाण्डेको टोली बिदा भएपछि कल्पनाले छोरालाई भनिन्, ‘हाल्ने अन्त भए पनि अहिले भन्नु हुन्न। अहिले नै किन निराश बनाउनु।’

घरदैलो अभियानका क्रममा पाण्डेको टोली साँझपख लोथरकै देउराली चोक पुगेर कोणसभामा परिणत भयो। 

कोणसभामा मन्तव्य राख्नुभन्दा पहिला जुर्‍यो स्थानीय एक किशोरीको जन्मदिनको विशेष अवसर। उभिएरै ती किशोरीलाई माला लगाइदिएर पाण्डेले शुभकामना दिए। 

suredndra pandey chunabi avihan (7)1667885902.jpg

घरदैलोमा दौडधुप गर्नु, गाली पचाउनु, हौसला पाउनु, स्थानीयका साना कार्यक्रममा पनि सरिक हुनु यस्तै शैलीमा पाण्डेको अहिले दैनिकी बितेको छ।
 
आफ्ना घोषणापत्र भएका आकर्षक कार्यक्रमदेखि स्थानीयस्तरमा गरिने विकास कार्यक्रमको मन्तव्य पाण्डेले राखेर कुरोको बिट मारे। हौसला र आक्रोश दुवै मिश्रित पाण्डेको सोमबारको घरदैलो कार्यक्रम सकियो।

नेता आउँदा छैन उत्साह, घरबाट सडकमासमेत निस्कँदैनन् मतदाता 

सोमबार मध्यान्यहबाट साँझसम्म पाण्डेको चुनावी अभियानलाई हामीले पच्छ्याउँदा मतदाता भने त्यति उत्साहित देखिएनन्।

suredndra pandey chunabi avihan (8)1667885903.jpg

पर्चा पम्प्लेट, ब्यानर र गाडीमा माइकिङ गर्दै निकै उत्साहित भएर पाण्डे आफ्नो टीमसहित घरदैलो अभियानमा थिए। उनी प्रत्येकजसो घर नछुटाई पस्ने गर्थे। तर मतदाता भने नेता आए भनेर घरबाट सडकसम्म निस्केर स्वागत गर्ने गरेको देखिएन। फाट्टफुट्ट घरहरुमा भने घडा बनाएर स्वागत गरेको देखिए पनि अधिकांशजसो भने घरबाट सडकसम्म निस्किएनन्। 

suredndra pandey chunabi avihan (9)1667885904.jpg

अझ कतिसम्म भने आफ्नो ठाउँको उम्मेदवार मत माग्दै घर–घर पुग्दासमेत तास खेलिरहेका एक हुल तन्नेरीलाई भेट्न पाण्डे घरमै पुग्नुपर्‍यो। उनीहरुमा को नेता उठ्यो, किन उठ्यो, पहिलाका बाचा पूरा गर्यो कि गरेन, प्रश्न किन नगर्ने जस्ता विषयको कुनै चिन्ता थिएन।

suredndra pandey chunabi avihan (1)1667885905.jpg

तासमा मग्न उनीहरु सायद जतिसक्दो चाँडो नेता पाण्डे बिदा होउन् भन्ने चाहन्थे। पाण्डेको भोट माग्ने शैली भने आफ्नै छ। उनीसँग हिँडेका स्थानीय युवाहरु नै घर–घर पसेर मत माग्छन्। बृद्धबृद्धा देखे–‘तपाईंलाई बृद्धाभत्ता दिलाउने पार्टी, व्यक्ति, युवादेखि सोही अनुसारका वचन र आश्वासन’ दिन्छन्। पाण्डे भने नमस्कार र ह्याण्डसेक गर्दै अघि बढ्छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १२:२१
  • #सुरेन्द्र पाण्डे
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्