• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

अंश र वंशको उपहारले चुनाव जित्ने ठान्दिनँ: लालबाबु पण्डित [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २२, २०७९  ०९:४१
1140x725

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका नेता लालबाबु पण्डित मोरङ- ६ बाट उम्मेदवार बनेका छन्। पण्डित २०७० मा सुशील कोइराला नेतृत्वको सरकारमा रहँदा विदेशी मुलुकको पीआर लिएकाहरुप्रति अपनाएको नीतिका कारण चर्चामा आएका थिए। तर, २०७४ मा केपी ओली नेतृत्वको सरकारमा उनको प्रस्तुति अपेक्षाकृत नभएको भन्दै आलोचना भयो। २०७४ को निर्वाचनमा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका पण्डित यसपटक पनि उनैसँग प्रतिस्पर्धामा छन्। प्रस्तुत छ पण्डितसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीः

यस पटककको निर्वाचनमा तपाईंका चुनावी अजेन्डाहरु के छन्?
नेकपा एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ। पार्टीले घोषणा गरेको विषय त घोषणापत्रमै छँदैछ। यसका साथै सुशासन र विकासलाई अगाडि बढाउने, भ्रष्टाचारलाई न्यून गर्ने मेरो अजेन्डा छ। जनताको दुःखसुखका साथीको रुपमा अगाडि बढ्ने, आफ्नो क्षेत्रमा बढीभन्दा बढी भौतिक संरचनाहरु निर्माण गर्ने अजेन्डाहरु पनि छन्। सडक, यातायात, स्कुल, झुलुंगे पुल, कभर्ड हल, सामुदायिक भवन बनाउने, गरिबलाई आश्रयको व्यवस्था गर्ने, सुकुम्बासीलाई बासको व्यवस्थापन गर्ने र बाढी र डुबानबाट प्रभावितहरुको समस्या समाधान गर्ने मेरा अजेन्डा छन्। ती समस्याहरुलाई समाधान गर्ने गरी अगाडि बढ्नु नै अहिलेको विकल्प हो।

जनताहरुले तपाईसँग कस्तो अपेक्षा राखेका छन्, उनीहरुको चासो कस्ता विषयमा छन्?
जनताको अपेक्षा धेरै जसो सुशासनसँग सम्बन्धित छन्। विकाससँग छन्। राष्ट्रियतासँग छन्। र संकटको बेलामा आफ्नो प्रतिनिधिको साथ पाइयोस् भन्ने विषयमा छन्। उनीहरुले आफ्ना समस्याहरु समाधान गर्ने, आफ्ना कुरा सुन्ने र विकासप्रेमी जनप्रतिनिधि खोजिरहेका छन्। उनीहरुको म प्रतिको अपेक्षा भनेको म प्रतिको विश्वास हो।

तपाईंसँगको प्रतिस्पर्धामा गठबन्धनको बलियो उम्मेदवार हुनुहुन्छ। तैपनि, तपाईंले चुनाव जित्ने आधार के छ? 
मैले आफ्नो कामबाट कहिल्यै पनि देशको शिर निहुरिन दिएको छैन। मेरो आफ्नै शिर निहुरिने गरी, मतदाताको शिर निहुरिने गरी कुनै काम गरेको छैन। बरु सकेसम्म उच्च सम्मानका साथ काम गरेको छु। त्यसैले जनतामा विकासको प्रवाह दिने र जनप्रतिनिधिको असल भूमिकामा लालबाबु पण्डित भन्ने छ। 

हामीले आफूले मेहनत गरेर जनताको विश्वास जित्ने हो। अंश र वंशबाट उपहार स्वरुप निर्वाचन क्षेत्रमा आएर जित्ने कुरा म ठान्दिनँ। जनताको साथ सहयोग मलाई छ। मेहनत गरेको छु। जनताको साथ पाएको छु। साथ सहयोग पाउने आशा र विश्वास पनि मैले राखेको छु। त्यसकारणले म सजिलै निर्वाचन जित्छु।

Ncell 2
Ncell 2

गठबन्धनका उम्मेदवार शेखर कोइरालाप्रति तपाईको मूल्यांकन कस्तो छ?
मेरो विपक्षी वंशबाट आउनुभएको छ। तर मैले हरेक टोल, वडा र सिंगै क्षेत्रभर हरेक ठाउँमा जनताका आँखाले देख्ने गरी, बुझ्ने गरी, अनि गौरव गर्ने गरी काम गरेको छु। यिनै कुराहरुलाई आधार मानेर जित्ने कुरामा म विश्वस्त छु।

तपाईंले यसअघि पनि ४ पटक संसद्‌मा प्रतिनिधित्व गरिसक्नु भएको छ। फेरि निर्वाचन जित्नुभयो भने संसद्‌मा कस्ता मुद्दाहरु उठाउनुहुन्छ?
म यो निर्वाचन क्षेत्रबाट एक पटक मात्र प्रतिनिधित्व गरेको छु। यसअघि जिल्लाका अन्य निर्वाचन क्षेत्रबाट हो। यस निर्वाचन क्षेत्रबाट एक पटक साढे चार वर्षको अवधि मात्र हो। यो अवधिमा ५ अर्बभन्दा बढी संघीय बजेट यो निर्वाचन क्षेत्रमा परिचालन भएको छ। साढे तीन सयभन्दा बढी प्रोजेक्टहरु चलिराखेका छन्। ५२ करोड, ४८ करोड लगायत करोडौंकरोडको बहुवर्षीय प्रोजेक्टहरु पनि चलिरहेका छन्। काम भइरहेको छ।

विराटनगर विमानस्थललाई विस्तार गर्ने कामलाई अहिलेको गठबन्धनले रोकेको छ। त्यसलाई बिस्तार गर्ने काम नेकपा एमालेको सरकारले गर्छ। त्यस्तै केशल्या, बुढीखोला, गचिया खोलामा तटबन्धनको काम गर्छ, करिडोर निर्माण गरेर। साथसाथै खनारदेखि नेता चोकसम्मको नहर सडकलाई पनि कालोपत्रे गरेर हामी अगाडि बढ्छौं। सहरभित्र र गाउँभित्रका सडकहरुलाई पनि हामीले स्तरोन्नतिको काम गर्छौँ।

निर्वाचन जितेको अवस्थामा संसद्‌मा राष्ट्रियताको मुद्दा उठाउने छँदैछ। जनजीविकाको मुद्दा छँदैछ। गाँस र बासको मुद्दा, सुशासनको मुद्दा र विकासका मुद्दाहरु उठाउनेछु। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०९:४१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्... मंगलबार, माघ ६, २०८२
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयन... मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना ज... मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्