• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

अंश र वंशको उपहारले चुनाव जित्ने ठान्दिनँ: लालबाबु पण्डित [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २२, २०७९  ०९:४१
1140x725

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका नेता लालबाबु पण्डित मोरङ- ६ बाट उम्मेदवार बनेका छन्। पण्डित २०७० मा सुशील कोइराला नेतृत्वको सरकारमा रहँदा विदेशी मुलुकको पीआर लिएकाहरुप्रति अपनाएको नीतिका कारण चर्चामा आएका थिए। तर, २०७४ मा केपी ओली नेतृत्वको सरकारमा उनको प्रस्तुति अपेक्षाकृत नभएको भन्दै आलोचना भयो। २०७४ को निर्वाचनमा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका पण्डित यसपटक पनि उनैसँग प्रतिस्पर्धामा छन्। प्रस्तुत छ पण्डितसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीः

यस पटककको निर्वाचनमा तपाईंका चुनावी अजेन्डाहरु के छन्?
नेकपा एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ। पार्टीले घोषणा गरेको विषय त घोषणापत्रमै छँदैछ। यसका साथै सुशासन र विकासलाई अगाडि बढाउने, भ्रष्टाचारलाई न्यून गर्ने मेरो अजेन्डा छ। जनताको दुःखसुखका साथीको रुपमा अगाडि बढ्ने, आफ्नो क्षेत्रमा बढीभन्दा बढी भौतिक संरचनाहरु निर्माण गर्ने अजेन्डाहरु पनि छन्। सडक, यातायात, स्कुल, झुलुंगे पुल, कभर्ड हल, सामुदायिक भवन बनाउने, गरिबलाई आश्रयको व्यवस्था गर्ने, सुकुम्बासीलाई बासको व्यवस्थापन गर्ने र बाढी र डुबानबाट प्रभावितहरुको समस्या समाधान गर्ने मेरा अजेन्डा छन्। ती समस्याहरुलाई समाधान गर्ने गरी अगाडि बढ्नु नै अहिलेको विकल्प हो।

जनताहरुले तपाईसँग कस्तो अपेक्षा राखेका छन्, उनीहरुको चासो कस्ता विषयमा छन्?
जनताको अपेक्षा धेरै जसो सुशासनसँग सम्बन्धित छन्। विकाससँग छन्। राष्ट्रियतासँग छन्। र संकटको बेलामा आफ्नो प्रतिनिधिको साथ पाइयोस् भन्ने विषयमा छन्। उनीहरुले आफ्ना समस्याहरु समाधान गर्ने, आफ्ना कुरा सुन्ने र विकासप्रेमी जनप्रतिनिधि खोजिरहेका छन्। उनीहरुको म प्रतिको अपेक्षा भनेको म प्रतिको विश्वास हो।

तपाईंसँगको प्रतिस्पर्धामा गठबन्धनको बलियो उम्मेदवार हुनुहुन्छ। तैपनि, तपाईंले चुनाव जित्ने आधार के छ? 
मैले आफ्नो कामबाट कहिल्यै पनि देशको शिर निहुरिन दिएको छैन। मेरो आफ्नै शिर निहुरिने गरी, मतदाताको शिर निहुरिने गरी कुनै काम गरेको छैन। बरु सकेसम्म उच्च सम्मानका साथ काम गरेको छु। त्यसैले जनतामा विकासको प्रवाह दिने र जनप्रतिनिधिको असल भूमिकामा लालबाबु पण्डित भन्ने छ। 

हामीले आफूले मेहनत गरेर जनताको विश्वास जित्ने हो। अंश र वंशबाट उपहार स्वरुप निर्वाचन क्षेत्रमा आएर जित्ने कुरा म ठान्दिनँ। जनताको साथ सहयोग मलाई छ। मेहनत गरेको छु। जनताको साथ पाएको छु। साथ सहयोग पाउने आशा र विश्वास पनि मैले राखेको छु। त्यसकारणले म सजिलै निर्वाचन जित्छु।

nimb
nimb
Ncell 2
Ncell 2

गठबन्धनका उम्मेदवार शेखर कोइरालाप्रति तपाईको मूल्यांकन कस्तो छ?
मेरो विपक्षी वंशबाट आउनुभएको छ। तर मैले हरेक टोल, वडा र सिंगै क्षेत्रभर हरेक ठाउँमा जनताका आँखाले देख्ने गरी, बुझ्ने गरी, अनि गौरव गर्ने गरी काम गरेको छु। यिनै कुराहरुलाई आधार मानेर जित्ने कुरामा म विश्वस्त छु।

तपाईंले यसअघि पनि ४ पटक संसद्‌मा प्रतिनिधित्व गरिसक्नु भएको छ। फेरि निर्वाचन जित्नुभयो भने संसद्‌मा कस्ता मुद्दाहरु उठाउनुहुन्छ?
म यो निर्वाचन क्षेत्रबाट एक पटक मात्र प्रतिनिधित्व गरेको छु। यसअघि जिल्लाका अन्य निर्वाचन क्षेत्रबाट हो। यस निर्वाचन क्षेत्रबाट एक पटक साढे चार वर्षको अवधि मात्र हो। यो अवधिमा ५ अर्बभन्दा बढी संघीय बजेट यो निर्वाचन क्षेत्रमा परिचालन भएको छ। साढे तीन सयभन्दा बढी प्रोजेक्टहरु चलिराखेका छन्। ५२ करोड, ४८ करोड लगायत करोडौंकरोडको बहुवर्षीय प्रोजेक्टहरु पनि चलिरहेका छन्। काम भइरहेको छ।

विराटनगर विमानस्थललाई विस्तार गर्ने कामलाई अहिलेको गठबन्धनले रोकेको छ। त्यसलाई बिस्तार गर्ने काम नेकपा एमालेको सरकारले गर्छ। त्यस्तै केशल्या, बुढीखोला, गचिया खोलामा तटबन्धनको काम गर्छ, करिडोर निर्माण गरेर। साथसाथै खनारदेखि नेता चोकसम्मको नहर सडकलाई पनि कालोपत्रे गरेर हामी अगाडि बढ्छौं। सहरभित्र र गाउँभित्रका सडकहरुलाई पनि हामीले स्तरोन्नतिको काम गर्छौँ।

निर्वाचन जितेको अवस्थामा संसद्‌मा राष्ट्रियताको मुद्दा उठाउने छँदैछ। जनजीविकाको मुद्दा छँदैछ। गाँस र बासको मुद्दा, सुशासनको मुद्दा र विकासका मुद्दाहरु उठाउनेछु। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०९:४१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्