• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जनताले दुःख–सुखमा आउनेलाई नरोजी अर्को मान्छेलाई रोज्दैनन्: कृष्णभक्त पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २१, २०७९  १९:३३
1140x725

चितवन– २ मा नेकपा एमालेबाट उम्मेदवार भएका छन्, कृष्णभक्त पोखरेल। उनी चितवनबाटै २०७० र २०७४ मा पनि निर्वाचित भएका थिए। तेस्रोपटक उनीसँग कांग्रेसका उमेश श्रेष्ठदेखि रवि लामिछानेसम्म प्रतिस्पर्धामा उत्रिएका छन्। उनले आफ्नो तेस्रो प्रतिस्पर्धालाई कसरी विश्लेषण गरेका छन्? यसपटक उनीसँग के अजेन्डा छ? आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त रहेका उनीसँग उनकै निर्वाचन क्षेत्रमा नेपाल लाइभका लागि डिबी खड्का र नारायण अधिकारीले गरेको कुराकानीः

तपाईंको चुनावी घरदैलो चल्दैछ। कस्तो प्रतिक्रिया पाउनुभएको छ?

जनताले अपार माया र स्नेह देखाउनुभएको छ। यसले अरु जिम्मेवार बनाएको छ। नेकपा एमाले मात्रै एउटा यस्तो पार्टी हो। जसले स्थायित्व दिनसक्छ। समृद्ध नेपाल र सुखी नेपाली बनाउन सक्छ। त्यसलाई यो घरदैलोले करिबकरिब अनुमोदन गरिसकेको जस्तो अनुभूति भएको छ। एकदम उज्यालो र चम्किलो भावनाको साथ हामी विजयको यात्रातर्फ लम्किरहेका छौँ भन्ने मलाई लाग्छ।

पछिल्ला निर्वाचनहरुमा चितवन ’हटस्पट’ बनिरहेको छ। यसपटक चितवन– २ अझै बढी चर्चाको केन्द्रमा छ। तर तपाईं आफ्नो पक्षमै नतिजा आउनेमा विश्वस्त हुनुहुन्छ?

नेकपा एमालेको जुन जनाधार यस क्षेत्रमा छ। स्थानीय तहको निर्वाचनमा चितवन– २ अन्तर्गत पर्ने वडाहरुमा एमालेको बहुमत देखिन्छ। अर्कोतिर, यहाँ मेरो सम्बन्ध छ। म हिजो २० वर्ष वकालत गर्दा त्यस्तो माओवादी हुनुहुन्न, हिरासत वा थुनामा पर्दा उहाँहरुलाई मैले मुद्दामामिलामा सहयोग नगरेको होस्। ती मान्छेसँग मेरो आँखामा आँखा जुधाएर भेट हुन्छ नि, मप्रति विश्वास देख्छु। नेपाली कांग्रेसमा पनि कुनै न कुनै रुपमा मैले सहयोग नगरेका वा तीन पुस्ता नजानेका व्यक्ति हुनुहुन्न। मेरो बाजेले पनि चितवनमै बिवाह गर्नुभयो। म यहीँ जन्मेँ, हुर्केँ, बढेँ, २० वर्ष वकालत गरेँ। वडा तहसम्म महिलाहरुको सञ्जाल बनाएर निशुल्क कानुनी सहायता प्रदान गरेँ। त्यस किसिमबाट जनतासँग भएको अन्तरघुलनले मलाई विजयमा समस्या छ भन्ने लाग्दैन। तर यो चुनाव हो। लोकतान्त्रिक प्रणालीमा चुनावलाई सौन्दर्यको रुपमा लिइन्छ। त्यसैले मंसिर ४ गते जनताले परिणाम देखाउँछन्।

तपाईं लगातार तेस्रो पटक प्रतिस्पर्धामा हुनुहुन्छ। यस बीचमा जनताका अपेक्षा पनि परिवर्तन भए होलान् नि?

संविधान सभा निर्वाचनमा प्रतिस्पर्धा गर्दा संविधान निर्माणलाई नै मैले जनतामाझ मुद्दाको रुपमा लगेको थिएँ। पार्टीले पनि संयोगले संविधान मस्यौदाकारकै जिम्मेवारी दियो। भरतमोहन अधिकारी बिरामी भइसकेकाले त्यो जिम्मेवारी मैले अझै बढी प्राप्त गरेँ। २०६४ को संविधान सभाले संविधान लेख्न नसकेको र २०७० मा आफूले निर्वाचित गरेको प्रतिनिधिले मस्यौदाकारको रुपमा संविधान लेखेर आयो भन्ने कुराले खुसियाली थियो। दोस्रो पटक संविधान कार्यान्वयनको अवधि थियो। त्यसमा पनि हामीले झन्डै २३० कानुन निर्माण गरेकोमा १७६ त मेरै नेतृत्वमा कानुन तर्जुमा भएका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

विकासको कुरामा पनि जनताले आशा गरेका हुने रहेछन्। विकासमा केही ठूला परियोजना चलेका छन्। तर पनि आम जनताको घरमसम्म विकास पुगोस् भन्ने जुन चाहना छ , त्यो अपेक्षा छँदैछ। त्यसैले मेरो तेस्रो चुनावको मुद्दा नै विकास र समृद्धि हुन्छ। मैले नेतृत्वलाई पनि भन्छु, अब मलाई कानुनको जिम्मेवारी दिएर नअल्झाउनुस्। १० वर्ष मैले संविधान र कानुनमा काम गरेँ। यो पाँच वर्ष म पूर्णरुपमा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडाको समृद्धिको अजेन्डा मात्रै मेरो हुनेछ। मैले जनतालाई त्यो कुरा भनेको छु, जनता पनि त्यसमा विश्वस्त हुनुहुन्छ भन्ने मलाई लाग्छ।

तपाईंले राष्ट्रिय रुपमा २० वटा ग्यारेन्टी प्रस्तुत गर्नुभएको छ। स्थानीय स्तरमा चाहिँ तपाईंको के मुद्दाहरु छन्? जसका कारण जनताले तपाईंलाई नै अनुमोदन गरुन्?

मूलतः भरतपुर एउटा महानगरपालिका भएर पनि रिङरोड छैन। त्यसलाई पूरा गर्ने योजनामा छौँ। ल्यान्डफिल साइट थिएन। त्यसलाई पूरा गर्दैछौँ। कोकाकोलादेखि पुल्चोकसम्मको ६ लेनको बाटो सम्पन्न हुँदैछ। काठमाडौंपछिको सबैभन्दा ठूलो सभाहल केपी ओली नै आएर शिलान्यास गर्नुभएको थियो। अब पूरा हुँदैछ। हामी भरतपुरलाई सांस्कृतिक र पर्यटकीय शहरको रुपमा विकास गर्न चाहिरहेका छौँ। कालिका नगरपालिकाको हकमा पनि रिङरोडको डीपीआर तयार छ। त्यसअनुसार केही बजेट विनियोजन भएर काम पनि भएको छ। त्यसलाई हामी पूरा गर्छौँ।

नेपालका चेपाङमध्ये २० प्रतिशत त्यसै नगरपालिकामा हुनुहुन्छ। सिन्ती झरना जस्ता ठाउँहरु छन्। त्यहाँ पनि पर्यटन विकासको सम्भावना छ। इच्छाकामना गाउँपालिकामा पनि पर्यटन विकासको सम्भावना छ। मेरो निर्वाचन क्षेत्रमा फरकफरक पर्यावरणीय ठाउँहरु छन्। हिजो सात घण्टा लाग्थ्यो गाडी चढ्ने ठाउँमा पुग्न। आज १० मिनेट लाग्छ। तर बर्खायाममा बाटो चलिरहेको छैन। बाह्रैमास चल्न सक्ने बाटो बनाउने, बिजुली, खानेपानीको कुराको व्यवस्थापन गर्नुपर्ने छ। यति गर्न सकियो भने अरु धेरै ठूलो कुरा गर्छु भन्नुपर्दैन। मूलतः स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, त्यसकै क्षमता विकास गर्ने हो। हामी आफैंले आएर १० लाख, २० लाख वितरण गर्ने होइन। स्थानीय तहको सरकारको क्षमता बढाउने र संघीय सरकारसँग जोड्ने काममा मेरो भूमिका रहन्छ।

तपाईंसँग प्रतिस्पर्धामा उभिनुभएका अन्य उम्मेदवारहरुलाई कसरी मूल्यांकन गर्नुभएको छ?

गठबन्धनले कुनै नयाँ उम्मेदवार ल्याउनुभएको छैन। पुरानै उम्मेदवार र मन्त्री भइसकेका व्यक्ति ल्याउनुभएको छ। म मन्त्री नभए पनि यस बीचमा यस निर्वाचन क्षेत्रमा कसले विकासका कार्यक्रम ल्यायो? जनता कसले चिन्छ? मेरो निर्वाचन क्षेत्रका ९० प्रतिशत जनताले म बाटोमा हिँड्दा पनि चिन्छन्। म पनि प्रत्येक वडाका सय, डेढ सय जनाको नाम फरर्र भन्न सक्छु। तर मेरा प्रतिस्पर्धीलाई कुन वडा कहाँ पर्छ भन्ने पनि थाहा छैन। त्यसैले जतिले उम्मेदवारी दिनुभएको छ। सबै मेरा प्रतिस्पर्धी हुनुहुन्छ। मंसिर ४ मा थाहा हुन्छ को हो भन्ने कुरा। तर आजको मितिमा कुरा गर्दा, आज मेरो विरुद्धमा जो उठ्नुभएको छ, उहाँहरुले आफैंले आफैंलाई भोट हाल्ने स्थिति छैन। त्यो परिस्थितिमा यहाँका जनताले उहाँहरुलाई मतदान गर्नुहुन्छ होला भन्ने लाग्दैन। आफ्नो बाटो, आफ्नो गाउँ ठाउँ बुझेको, दुःख सुखमा आउने मान्छे नरोजी अर्को मान्छे रोज्ने सम्भावना देख्दिनँ। तर सबैप्रति मेरो उच्च सम्मान र आदर छ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’ आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले आइतबार, जेठ ३१, २०८३
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्