• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्रः भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता [पूर्णपाठ]

64x64
शेरबहादुर ऐर शुक्रबार, कात्तिक १८, २०७९  १६:४७
1140x725

धनगढी– नागरिक उन्मुक्ति पार्टीले ‘भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता’ स्थापना गर्ने जनाएको छ।

भूगोल, संस्कृति र पहिचान स्थापित गर्ने सपना बोकेको विश्वको एकमात्रै आफनो पार्टी रहेको घोषणापत्रमार्फत दाबी गरिएको छ।  ‘अब अक्सफोर्ड, हावार्ड, क्याम्ब्रिज होइन, हाम्रो आफ्नै पहिचान पढाउने विश्वविद्यालय हुनुपर्दछ भन्ने उद्देश्य राख्दछौ,’ घोषणापत्रमा भनिएको छ ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा टीकापुर घटनाको राजनीतिकरण, सो घटनामा फसाइएकाहरूको रिहाइ र भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयतालगायत विषयहरू समेटिएको छ।

‘टीकापुर थारू विद्रोहका कारण हामीले राज्य चिन्यौं। मानवअधिकार चिन्यौं। सरकार चिन्यौं। सबैलाई एकएक गरेर चिन्यौं। टीकापुर घटना कुनै एक कोठरीमा वा कुनै पहाडी गुफामा घटेको घटना होइन। सत्य–असत्य सबैले देखेका छन् । तर कसैले सुनेनन्। कोट्याउँदा पनि कसैले यथार्थ बोलेनन्,’ उन्मुक्तिले आफ्नो घोषणापत्रमा लेखेको छ, ‘झुठा मुद्दामा फसाइएका हाम्रा साथीहरूलाई छुटाउने दायित्व हाम्रो काँधमा छ। आखिर टीकापुर थारू विद्रोहलाई राज्यले राजनीतिक आन्दोलन किन मान्दैन? विनाकारण निर्दोषलाई किन थुनिरहन्छ राज्यले? त्यो घटनाका कारण थारूहरूले आन्दोलन तुहाए। विनाकारण चरम यातना र बर्बर दमन सहे । त्यति अन्याय गरेर पनि चित्त बुझाएन राज्यले। थारूहरूको पहिचानसहित संघीयताको मागलाई लत्यायो राज्यले।’

त्यस्तै, हालको प्रदेशको नामकरणमा पनि उन्मुक्ति पार्टीले असन्तुष्टि जनाएको छ। ‘केही प्रदेशको भूगोलमा पनि हाम्रो गम्भीर आपत्ति छ, राज्यको भूगोल नेताले होइन, जनताले व्यवस्थापन गर्नुपर्छ। देशका केही जिल्ला नेताको स्वार्थमा थपिएको छ र अझ केही जिल्ला जनव्यवस्थापनका लागि थपिनुपर्दछ,’ घोषणापत्रमा लेखिएको छ। सो

पार्टीको घोषणापत्रमा पूर्ण अधिकारसहितको स्थानीय तथा प्रदेश सरकार हुनुपर्दछ र बनाइनुपर्ने उल्लेख छ।

उसले शुद्ध पिउने पानी, एक पालिका एक वृद्धाश्रम, ज्येष्ठ नागरिकको मासिक एकपटक स्वास्थ्य जाँच, गरिब, सुकुम्बासी, मजदुरका बालबालिकालाई निःशुल्क शिक्षा र स्वरोजगारको ग्यारेण्टी गरेको छ। यो पार्टीले घोषणापत्रमार्फत आफूलाई मिन भोट दिनुपर्ने कारणसमेत खुलाएको छ।

यस्ता छन् घोषणापत्रका प्रमुख मुद्दा: 

Ncell 2
Ncell 2

नागरिक उन्मुक्ति पार्टीकिन दिने भोट ? 

१. स्वदेशको सम्पदालाई स्वदेशीले नै सदुपयोग गर्न पाउने आवश्यक कानुन बनाउन। जस्तै, स्वदेशीले सजिलै लगानी गर्नसक्ने जल, ऊर्जा, कृषि क्षेत्रमा नागरिक लगानीको ग्यारेन्टी गर्न। 

२. राज्यको कानुनले जातीय वर्गीकरण गर्न पाइँदैन। संसद्मा सबै बर्ग र जातको अनिवार्य उपस्थिति बनाइनुपर्छ। त्यसैले निर्वाचन क्षेत्र पनि महिला, दलित, जनजाति, सीमान्तकृतका लागि आरक्षित गरिनुपर्छ। जस्तैः कर्णाली प्रदेशको कुनै एक क्षेत्र राउटेका लागि, मधेशको कुनै एक क्षेत्र मुसहरका लागि, जनसंख्या र क्षेत्रका आधारमा थारू, मधेसी, मुस्लिम, महिला, जनजातिको स्पष्ट आरक्षित क्षेत्र हुनुपर्छ। संसदमा सोही कानुन निर्माणका लागि पनि नागरिक उन्मुक्ति पार्टीलाई भोट दिनु आवश्यक छ।

हाम्रा जनप्रतिनिधिले यी कार्य गर्ने छैनन्

(क) कृषि जमिनको खण्डीकरण
(ख) सार्वजनिक सम्पत्तिको दोहन
(ग) ठेक्कापट्टाबाट लाभ
(घ) धार्मिक क्षेत्रमा लगानी
(ब) राजनीतिक विभेद

पार्टीका संरक्षक रहेका रेश्मलाल चौधरी जेलमा छन् भने उनकी पत्नी रञ्जिता श्रेष्ठ यो पार्टीको अध्यक्ष हुन्। रञ्जिता कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार समेत हुन्। ०७४ मा चौधरी यही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यस्तै, कैलालीकै क्षेत्र नं. २ र ३ मा पनि नागरिक उन्मुक्ति पार्टी बलियो जनाधारसहित प्रमुख प्रतिस्पर्धीका रुपमा अगाडि आएको छ। कैलाली, कञ्चनपुर र बर्दिया आधार क्षेत्र रहेको सो पार्टीले देशभर ४४ जिल्लामा उम्मेदवारी दिएको छ।

हेरौं पूर्णपाठ:

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्